अहमदावाद (भारत) । गुजराजतको मैसाणामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुगेको छ ।
मूल प्रवाहका केन्द्रीय सदस्य गोविन्द थापा र पश्चिम भारत क्षेत्रीय समितिका सदस्य टेकबहादुर वर्माको उपस्थितिमा मार्च २१, २०२४ का दिन उक्त समिति गठन गरिएको हो ।
समिति गठनपूर्व आयोजित भेलामा केन्द्रीय सदस्य थापाले मूल प्रवाहको आवश्यकता र सङ्गठनको महŒवको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
भेलाको अध्यक्षता तेजनारायण महतराले र सञ्चालन चक्रबहादुर महतराले गर्नुभएको थियो ।
अध्यक्षमा महतरा
भेलाले तेजनारायण महतरा अध्यक्ष रहनुभएको १३ सदस्यीय नगर समिति निर्माण गरेको छ ।
समितिको उपाध्यक्षमा चक्रबहादुर शाही, सचिवमा राजाराम खत्री, सहसचिवमा राहुल कार्की र कोषाध्यक्षमा भरत केसी रहनुभएको छ ।
त्यस्तै सदस्यहरूमा रमेश कार्की, लक्ष्मण न्यौपाने बुडा, आशिस शाह, बखत्बहादुर थापा, ध्रुव पौडेल, गुञ्जन शाही, बखतुबहादुर राना र उत्तम थापा रहनुभएको थियो ।
नयाँ समितिलाई क्षेत्रीय सदस्य वर्माले बधाई तथा शुभकामना दिनुभएको थियो ।