खिमराज चालिसे, चंडीगढ़ ।
मूलप्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढले लकडाउनका कारण अलपत्र परेका मजदुरहरुलाई घर घरमै पुगेर राहत वितरण सुरु गरेको छ । समस्यामा परेका मजदुरहरुलाई मूलप्रवाह सुदुरपश्चिमोत्तर क्षेत्रको चंडीगढ़ नगर समितिले विभिन्न स्थानमा पुगी राहात सामग्री वितरण गरेको हो ।
त्यसक्रममा मूलप्रवाह सुदूरपश्चिमोत्तर महिला क्षेत्रीय सचिव जुना चालिसेको पहलमा स्थानीय पार्षदबाट करिव २० परिवारलाई राहात सामाग्री उपलब्ध गराइएको छ । चालिसेले व्यक्तिगत रुपमा केही परिवारलाई राहत वितरण गर्नुभएको छ भने नगर समिति सदस्य प्रेम गुरुङ र जीवा गरुङले ६ परिवारलाई सेक्टर २८ मा राहात सामाग्री वितरण गर्नुभएको छ ।
यसै गरि इन्डस्ट्रियल एरियाका सक्रिय सदस्य रुद्र अधिकारीले ४० पाकेट खाना र केही सामाग्री उपलब्ध गराउनु भयको थियो।
यस्तै मूलप्रवाका केन्द्रीय सदस्य दिनेश खड़का, नगर समितिका वालाराम न्यौपाने, थमन थापा लगाएतका नेता कार्यकर्ताहरुबाट पनि विभिन्न संघसंस्थाहरु मार्फत सहयोग गराउने काम भइरहेको छ । समाजका इन्डस्ट्रियल एरिया सदस्य डासीराम अर्यालको पहलमा स्थानीयलाई राहात वितरण केन्द्रमा पठाउने काममा निरन्तर सक्रियता जारी छ ।
कोरोना महामारीको त्रासपूर्ण वातावरणमा नगर समितिका सवै साथीहरुले विपतमा पर्नेहरुलाई व्यक्तिगत तथा सामाजिक दुवै प्रकारको सहयोगको लागी तयार रहेका नगर अध्यक्ष माबहादुर केसीले वताउनु भयो ।
मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले भारतव्यापी रुपमा समस्यामा परेका नेपालीहरुलाई एकल वा सामूहिक रुपमा सहयोग गर्ने तथा प्रशासनिक रुपमा पनि उद्दार र राहतको पहल गरिरहेका छन् ।