• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

कोरोना नियन्त्रण गर्न चीनको वुहानले सिकाएको पाठ


  •   शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित
  • मनोज भट्ट

    Advertisement

    चीनमा कुल मिलाएर ३४ वटा प्रान्त छन् । त्यस मध्ये हुवेई पनि एउटा प्रान्त हो । हुवेई प्रान्तको राजधानी (सदरमुकाम) वुहान हो । यही वुहानबाट सन् २०१९ को डिसेम्बर महिनाको अन्ततिर कोरना भाइरसका संक्रमित बिरामी देखा परेका थिए । त्यो भाइरस विश्वव्यापि फैलिएर महामारीको रुप लिएको छ । चीनले हुवेइको वुहानबाट उत्पत्ति भएको यो रोग माथि एक हदसम्म नियन्त्रणमा लिन सफल भइसकेको छ । यद्यपि यो जिवाणुबाट फैलिने रोगमाथि विजय प्राप्त गर्न सकेको छैन ।

    यो महामारीमाथि नियन्त्रण कायम गर्ने दौरानमा चीनले महत्वपूर्ण अनुभव संगालेको छ । त्यो अनुभव कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विश्वको मानव जातिलाई महत्वपूर्ण पूँजी सावितभएको छ । चीनले संगालेको अनुभवलाई व्यवहारमा कार्यान्वयन गरेको हुनाले दक्षिण कोरिया र सिंगापूरले छोटो अवधिमा कम क्षति व्यहोरेर यो महामारी माथि नियन्त्रण कायम गर्न सफल भएका छन् ।

    तर अमेरीकाले चीनको अनुभव र विश्व स्वास्थ्य संगठनले दिएको सुझाव, चेतावनी र बारम्बार सर्तक गराउँदा पनि उपेक्षा गरेको हुनाले त्यहाँ महामारीले भयावह रुप लिएको छ । अमेरिकामा फैलि रहेको महामारी र त्यसले पु¥याएको क्षतिबाट अमेरिकी प्रशासन असन्तुलित भइरहेको छ । त्यसको परिणाम अमेरिकाले विश्व स्वास्थ्य संगठन र चीनलाई विभिन्न प्रकारका आक्षेप लगाउने गरेको छ । विश्व स्वास्थ्य संगठनलाई चीनतर्फ ढल्केको आरोप लगाउनुका साथै विभिन्न प्रकारका धम्की दिई रहेको छ । अहिले हेर्ने हो भने अमेरिका र विश्व स्वास्थ्य संगठनकाबीच एक प्रकारको सीत युद्धको अवस्था चलिरहेको छ ।

    चीनले महामारीलाई नियन्त्रण गर्न देखाएको तत्परता तथा त्यस दौरान संगालेको अनुभवको विश्व स्वास्थ्य संगठनले पनि मुक्तकण्ठले प्रसंशा गरिरहेको छ । यही अप्रिल ५ तारिखका दिन कोरोना भाइरस सम्बन्धी रिर्पोट सार्वजनिक गर्ने क्रममा विश्व स्वास्थ्य संगठनले भनेको छ कि,‘चीन यो महामारीलाई नियन्त्रण गर्ने अवधिबाट शिथील स्थितीको अवधिमा प्रवेश गरिसकेको छ । महामारीको रोकथाम र नियन्त्रणको क्षेत्रमा चीनले महत्वपूर्ण अनुभव संगालेको छ ।’

    महामारीमाथि नियन्त्रण प्राप्त गरिसके पछि ७६ दिन लामो लकडाउनबाट चीन फिर्ता भएको छ । जनजीवन सामान्य अवस्थातर्फ फर्केको छ । चीनले महामारीसँग जुध्ने क्रममा अपनाएका तीन वटा उपाय लकडाउनलाई कडाई गर्नु, ब्यापक नमुना परीक्षण, कन्टयाक्ट ट्रेसि∙ तथा उपचारलाई सँगसँगै एकीकृत ढगबाट अगाडि बढाएको थियो । जसको परिणाम चिनियाँ सरकारले अप्रिल महिनासम्म स्थितीलाई नियन्त्रणमा लिइसक्ने पूर्व घोषित प्रतिबद्धता पुरा गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि यी तीनवटै उपाय महत्वपूर्ण रहेका छन् ।

    चीनले महामारीसँग जुध्ने क्रममा थुप्रै अनुभव संगालेको छ । ति अनुभवहरुको आ–आफ्नो प्रकारको महत्व रहेकोछ । ति सबै अनुभवहरुमाथि यो संक्षिप्त लेखमा चर्चा गर्न सम्भव हुन सक्दैन । महामारीको दौरान चीनले यस रोगको महामारी क्षेत्रमा अपनाएको केन्द्रीयकरण नीतिका सम्बन्धमा मात्रै मैले चर्चा गर्न चाहेको छु । रोगको इपिसेन्टर हुवेईको वुहानमा देखा परेपछि महामारीमाथि नियन्त्रण कायम गर्न सम्पूर्ण शक्ति वुहानमा केन्द्रित गरेको थियो । हाम्रो नेपाल जस्तो स्वास्थ्य सामग्री, जनशक्ति र भौतिक पूर्वाधार अभाव र कमजोर भएको मुलुकमा यो पद्धति उपयोगि हुन सक्दछ ।

    नेपालमा औपचारीक रुपमा कोरोना भाइरस रोगको प्रथम चरण पार गरी दोस्रो चरणमा प्रवेस गरी सकेको छ । नेपालमा देखा परेको कोरोना भाइरस संक्रमित मध्ये सबै भन्दा बढी सुदूरपश्चिममा देखिएका छन् । संक्रमित व्यक्तिबाट उसको आफन्तमा समेत यो रोग देखा परेको छ । कैलाली, कञ्चनपुर, डोटी, अछाम, जुम्ला र बाग्लुङ जिल्लालाई सरकारले कोरोना भाइरसको उच्च जोखिममा रहेका जिल्लाहरुको रुपमा पहिचान गरेको छ ।

    योसँग जोडिएको अर्को महत्वपूर्ण तथा गम्भीर पक्ष भनेको सुदूरपश्चिममा लकडाउनको अवधिमा झण्डै एक लाख पचास हजार नेपाली भारतबाट प्रवेश गरेका छन् । सिमानाकामा अलपत्र परेर भारतले उपलब्ध गराएको आश्रयस्थलमा बसेका नेपालीहरुको रोगको संक्रमणको अवस्थालाई झन् बढाई दिएको छ । त्यहाँ भएका नेपालीहरुलाई नेपालमा ल्याएर स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्ने आवश्यकता छ । लक डाउनका बावजुद भारतबाट अबैधरुपमा नेपाल आउने क्रम जारीनै छ ।

    नेपालसँग सीमा जोडिएको भारतको उत्तरप्रदेशका १५ वटा जिल्ला कोरोना भाइरसको उच्च जोखिममा देखिएको हुनाले भारतमा लक डाउनको अवधि बढाईनु पर्दछ भनि उत्तर प्रदेशका मुख्यमन्त्रीले माग गरेका छन् । यद्यपि भारतका विभिन्न ठाउँमा कोरोना भाइरसको प्रकोप तिब्र ढंगबाट बढी रहेको छ । संक्रमित रोगी र त्यसबाट मर्नेको संख्यामा निकै बृद्धि भैरहेको छ । भारत कोरोना भाइरस रोगको संक्रमणको तेस्रो चरणमा प्रवेश गरि सकेको छ । नेपाल भारतबीच खुला सीमाना छ । भारतमा लाखौं नेपालीहरु कार्यरत छन्, जसको कारण पनि सुदूरपश्चिम क्षेत्रमा निकै गम्भीर अवस्था उत्पन्न हुने खतरा रहेको छ ।

    भारतबाट आएका झण्डै डेढ लाख नेपालीहरु मध्येको ठुलो संख्या स्वास्थ्य परीक्षणको लागि सम्पर्कमा नआएको स्थिती छ । सुदूरपश्चिममा १२ हजार ४ सय १२ क्वारेन्टिन बेडको व्यवस्था उपलब्ध रहेको तथ्यांकमा देखिन्छ । अहिलेसम्म क्वारेन्टिनमा बस्नेको संख्या झण्डै २३०० मात्र देखिन्छ । सरकारी तथ्यांकलाई ध्यान दिँदा सुदूरपश्चिम क्षेत्रमा कोरोना भाइरसको संक्रमणले विस्फोटक अवस्था ल्याउने खतरा बढेर गएको देखिन्छ । एकातर्फ विभिन्न कारणले कोरोना भाइरसले विस्फोटक रुप लिने खतरा अर्को तर्फ स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामग्रीको अभाव र भौतिक पूर्वाधारको कमजोर अवस्था रहेको छ । यो स्थितीमा सुदूरपश्चिम उच्च जोखिममा रहेको जोसुकैले अनुमान लगाउन सक्दछ ।

    सन् २०१६ को सरकारी तथ्यांकअनुसार नेपालमा डाक्टरहरुको संख्या १६ हजार ४ सय ३२ मात्र रहेको थियो । यो संख्यालाई आधार बनाउँदा एक डाक्टरको अनुपातमा १७ सय ३४ जनता पर्दछन । नेपालमा प्रतिवर्ष २ हजारको संख्यामा डाक्टरहरु उत्पादन हुने गरेको तथ्यांक देखिन्छ । त्यस अनुसार पनि सन् २०२० को सुरुवाती अवस्थामा आईपुग्दा ३ वर्षको अवधिमा लगभग ६ हजार डक्टरको संख्या थपिएको अनुमान गर्नु पर्ने हुन्छ ।

    यसरी नेपालमा चिकित्सकको संख्या २२÷२३ हजारको आसपास मात्रै हुन आउँछ । नेपालमा जम्मा २२ वटा केन्द्रीय तथा ७५वटा जिल्ला अस्पताल, ७ सय ११ वटा स्वास्थ्य चौकी, ३१७६ वटा उप स्वास्थ्य चौकीमात्र छन् । हाम्रो स्वास्थ्य सम्बन्धी भौतिक पूर्वाधारको अवस्था यही हो । निजी स्वास्थ्य संस्था तथा शिक्षण अस्पतालहरुलाई यो तथ्यांकमा समावेश गरिएको छैन ।

    समग्र मुलुक स्वास्थ्य अवस्थात यस्तो छ भने झन् सुदूरपश्चिमको स्वास्थ्य जनशक्ति तथा भौतिक पूर्वाधारको अवस्था कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ । केही दिनयता राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमले यो विषयलाई निकै जोडतोडका साथ उठाइ रहेका छन् । सुदूरपश्मिमा सरकारी र निजी गरि २५ बेड आईसीयू र १० बेडमात्र भेन्टीलेटर उपलब्ध हुनुले पनि यहांँको अत्यन्तै कमजोर भौतिक पूर्वाधारको अवस्थालाई देखाउँछ ।

    अहिलेसम्म नेपालमा कोरना भाइरसको संक्रमणको अवस्थालाई हेर्दा राजधानी सुरक्षित नै रहेको देखिन्छ । मुख्यतया सुदूरपश्चिम नै बढी संबेदनशील अवस्थामा प्रवेश गरेको छ । यस्तो गम्भीर स्थितीमा वुहानको अनुभव नेपालका लागि उपयोगी तथा महत्वपूर्ण हुन सक्दछ ।

    पहिलो पटक वुहानमा २३ जनवरी तदनुरुप ९ माघका दिन लकडाउनको घोषणा भएको थियो । माघ १४ गते मध्यरातसम्म चीनका २९ वटा प्रान्तबाट ६ हजार डाक्टर वुहानमा केन्द्रित गरियो । यो संख्या अपुग भएपछि चीन भरिबाट ४० हजार डक्टर झिकाएर वुहानमा केन्द्रित गरियो । वुहानको र बाहिरबाट ल्याएको जनशक्तिलाई परिचालन गरेर १० दिनभित्र १ हजार बेड क्षमता भएको होसनसान नाम गरेको अस्थायी अस्पताल तथा १३ सय शैय्याको लेईसनसान नाम गरेको अस्थायी अस्पताल १३ दिनमा निर्माण गरियो ।

    यसरी हेर्ने हो भने चीनले आफ्नो शक्ति, साधन स्रोत परिचालन गरेर वुहानमा देखा परेको कोरना भाइरसको महामारीलाई ठाउँको ठाउँ निमीट्यान्न पार्ने काम गर्यो । जसको परिणाम वुहानबाट बाहिर कोरना भाइरसको महामारी फैलिन पाएन र चाँडै नियन्त्रणमा आयो स्वयम् चीनका प्रधानमन्त्री नै वुहानको कोरोना भाइरसको मुख्य समन्वय कर्ताको पदीय जिम्मेवारीमा रहेर सम्बन्धित क्षेत्रमै खटिएका थिए ।

    सुदूरपश्चिम निक्कै गम्भीर अवस्था पुगेको छ । एकातर्फ कोरना भाइरसको संक्रमणको फैलावटको प्रचुर सम्भावना विद्यमान रहेको अवस्था अर्कोतर्फ स्वास्थ्य सामग्री र जनशक्तिको अभाव भौतिक पूर्वाधारको कमजोर अवस्था रहेको छ । यदि यो सवालमा समयमा नै ध्यान नपुर्याउने हो भने कोरना भाइरसको संक्रमण देशभरीनैै फैलिएर महामारीको रुप लिन सक्दछ । जसरी चीनले आफ्नो सम्पूर्ण शक्ति वुहानमा केन्द्रित गरेर कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिएको थियो ।

    ठीक त्यसै प्रकारले हामीले पनि सुदूरपश्चिममा देशका अन्य ठाउँको स्वास्थ्य जनशक्ति, स्रोत सामग्रीलाई केही बढी मात्रामा केन्द्रित गरी परिचालन गर्नु पर्ने आवश्यकता देखिएको छ । वुहानकै अवस्थामा सुदूरपश्चिम नपुगे पनि दक्ष जनशक्ति, विषेशज्ञ डक्टर र आवस्यक साधन स्रोत बाहिरबाट ल्याएर युद्धस्तरमा भाइरसको रोकथाम र नियन्त्रणमा लाग्नुकोे विकल्प छैन ।

    चैत्र १५ गते देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले, ‘आउँदो थप दुई साता हाम्रा लागि चुनौतीपूर्ण हुने’ बताएका छन् । त्यो अवस्थामा सामाजिक दुरी कायम गर्नुलाई महत्वपूर्ण उपायका रुपमा सुझाएका छन् । त्यसका लागि लक डाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गरौं । स्वास्थ्य परीक्षण तथा कन्ट्याकट ट्रेसिङलाई ब्यापक पारौं । नेपालको अन्यत्र भएको स्वास्थ्य जनशक्तिलाई सुदूरपश्चिममा तत्काल केही मात्रामा भएपनि केन्द्रित गरौं ।

    शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.