• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

उधारो माछा बेच्नेकाे कथा सुनाउँदै केसीको व्यंग्य : प्रधानमन्त्रीमा के देखेर ९९ प्रतिशतले समर्थन गर्नुभयो (भिडिओ) ?


  •   बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले वर्तमान पुष्पकमल दाहाल सरकारलाई समर्थन गर्न नसकिने बताउनुभएको छ ।

    Advertisement

    २०८० फागुन ३० गते बुधबार प्रतिनिधि सभामा विश्वासमत प्राप्त गर्नेसम्बन्धी बैठकमा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    अध्यक्ष केसीले मन्तव्यको क्रममा काङ्ग्रेस, एमाले, माओवादी केन्द्र सबैलाई आफूले चिनेको बताउनुभयो ।

    गत वर्ष पुस १० गते एमालेको समर्थनमा बहालवाला प्रधानमन्त्रीलाई राजमोबाहेक सबैले समर्थन गरेको प्रसङ्ग जोड्दै अध्यक्ष केसीले राजमोले यस खालको गैरसैद्धान्तिक राजनीतिक नगर्ने आसय व्यक्त गर्नुभयो ।

    संसदवादी राजनीतिको विकृतिबारे चर्चा गर्दै उहाँले वर्तमान सरकाले विकृति, विसङ्गतिलाई प्रश्रय दिने भाव व्यक्त गर्नुभयो ।

    यस्तो छ, अध्यक्ष केसीद्वारा संसद्मा प्रस्तुत मन्तव्यको सम्पादित अंश :

    आज यो सरकारले विश्वासको मत मागेको छ । यो समेत गरेर तीनपटक हुन्छ विश्वासको मत मागेको ।

    पोहोर साल पुस १० गते काङ्ग्रेस र वर्तमान प्रधानमन्त्रीमाझ को प्रधा मन्त्री हुने भन्ने ठुलो डिसकस भएको थियो । मैले भनेको थिएँ– तपाईंहरू दुई जनामध्ये जो बालकोट गए पनि राष्ट्रिय जनमोर्चाले तपाईंहरूलाई भोट दिन्न ।

    यो संसदीय व्यवस्था त के भयो भनेर भन्दाखेरी जसरी पनि जति खर्च गरेर हुन्छ, चुनावमा जितेर आउनुपर्ने । यहाँ आइसकेपछि जसरी भए पनि सरकारमा सामेल हुनुपर्ने । सरकारमा सामेल भएर टेबुल माथिबाट भए पनि, टेबुल तलबाट जहाँबाट भए पनि चुनावमा खर्च गरेको पैसा असुल गर्नुपर्‍यो नि त । यसकारणले सरकारमा जानुपर्ने, समर्थन दिनुपर्ने, सरकारमा जान नपाए भट्टेसराप गर्ने । यो प्रवृत्ति छ । यो संसदीय व्यवस्थाको नकारात्मक पक्ष हो । यसको हामी सबै सिकार भएका छौँ ।

    एउटा गाउँमा दुई जना मान्छे रहेछन् । एक जना अलि गरिब मान्छे रहेछ । अर्को एक जना अलि घरमा खान पुग्ने मान्छे रहेछन् ।

    ती दुई जना भएर माछा मार्न गएछन् । दुवालो दुईटैले थुने । माछा दुईटैले मारे । माछा एकै ठाउँ राखे । माछा खासै धेरै मरेन ।

    नमरेपछि अर्काे अलि कमजोर मान्छेले के भन्यो भने तपाईंलाई पनि छाक नपुग्ने, मलाई पनि छाक नपुग्ने । यो माछा मलाई बेच्नुहोस् ।

    त्यसपछि अलि हुनेखाने मान्छेले अर्काे गरिब मान्छेलाई एक मोहोरमा त्यो माछा बेच्यो तर कहिल्यै पनि बेच्ने मान्छले पैसा दिँदै दिन्न ।

    माछा बेच्नेले के भन्दो रहेछ भने तिमी कति बेइमानी हौ । त्यति दु:ख गरेर मैले माछा मारे, तिमीले उधारो लग्यौ । पैसा त दिँदै दिन्नौँ भन्दो रहेछ माछा बेच्नेले । माछा लगेर खानेले के भन्दो रहेछ भने म जस्तो गरिबलाई ऋणमा पारेर जहाँ पनि पैसा माग्ने ? मेरो कति बेइज्जत भएको छ भन्दो रहेछ जवाफमा

    गत पुसमा सबै बालकोट पुगेको हैन ? ९९ सय प्रतिशतले समर्थन गरेको हैन ? वर्तमान प्रधानमन्त्रीलाई के देख्नुभएको थियो र समर्थन गर्नुभयो तपाईंहरूले ल भन्नुस् । राष्ट्रिय जनमोर्चाले समर्थन गरेन नि ।

    तपाईंहरूले भन्दा राष्ट्रिय जनमोर्चाले वर्तमान प्रधानमन्त्रीसँग लामो सङ्गत गरेको छ । चिन्दछौँ हामीले उहाँलाई । फेरि बालकोटबाट फर्केपछि फेरि समर्थन गर्‍यौँ नि त । त्यसो हुनाले संसद्मा भएको आफ्नो ६४ प्रतिशत मत छओटा प्रदेशमा आफ्नो सरकार, त्यसलाई बालकोटले के गर्‍ये ? छातीमा हात राखेर भन्नुहोस् त साथीहरू, त्यो ठिक थियो ? भत्काउन हुन्थ्यो ? गठबन्धन बन्नुको कारण के हो ? त्यसकारण यो गठबन्धन भत्काउनैपर्ने जोड के हो भने यसमा त काङ्ग्रेस छ नि ।

    सम्भव थियो २०४६ सालमा काङ्ग्रेस नमिसिएको भए पञ्चायत फाल्न ? मैले काङ्ग्रेसको तारिफ गरेको हैन । काङ्ग्रेससित म पनि भुक्तभोगी छु । यस्तो सिद्धान्तको कुरा गर्नुहुन्छ तपाईंले । गर्नुभएन यो एक वर्षभित्र नागरिकता दुईटा भएको मान्छे, पासपोर्ट दुईटा भएको मान्छेलाई तपाईंहरू वर्तमान प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री भएर उपप्रधानमन्त्री र गृहमन्त्री दुईटा बनाएको हैन ?

    जसलाई अहिले गृहमन्त्री बनाउनु भएको छ, उहाँले सहरकारीको करोडौँ रुपिया ठगी गरेको कुरा आएको छ कि छैन ? तपाईंहरू कस्तालाई योग्य मान्नुहुन्छ ? त्यो उधारो माछा खानेले भनेको कुरा मलाई अहिले घत लागिरहेको छ । तपाईंहरू त गतिला हो र ? म जस्तो गरिब टाँट पल्टेको मान्छेलाई किन बेच्ने नि उधारो माछा भने जस्तो तपाईंहरूले के देखेर ९९ प्रतिशतले भोट हाल्नु भयो पोहोर ?

    तपाईंहरूलाई के लागेको थियो भने यहाँ समर्थन गरेपछि मन्त्री पाइन्छ । मन्त्री पाएपछि चुनावको खर्च सावाब्याजसहित उठाउन पाइन्छ । त्यो के गरेर हुन्छ, सुन चोरेर, भ्रष्टाचार गरेर, गर्नुनगर्नु गरेर असुल गर्नुछ । चुनावको खर्च उठाएर फेरि २०८४ लाई खर्च जोहो गर्नुपर्‍यो नि ! त्यही उद्देश्य हो तपाईंहरूको । राजनीति त्यस्तो हो र ?

    त्यसो हुनाले कुरै फालियोस्, तपाईंहामी रिसाउनुपरेन । तपाईंहामीप्रति अहिले जनताले कसरी घृणा गर्दछन् ? त्यसै हो र राजनीतिलाई सबैभन्दा असल नीति भन्ने ? तर राजनीतिलाई कसैले सुन चोर्ने, कसैले सहकारी चोर्ने, कसैले मिटरब्याजी ठग्ने बनाइयो । नेताहरू संरक्षक नभएर त्यो मिटरब्याजीले त्यो बदमासी गरेका छन् र ? सहकारीमा स्वयम् राजनीति गर्ने मान्छे जिम्मेवार नभएर त्यो जनताको अर्बौं रुपिया हिनामिना भएको छ । हामी जोडिएका छैनौँ भन्न पो भएन ।

    पोहोर साल ९९ प्रतिशतले समर्थन गर्दा त मैले, हाम्रो पार्टीले समर्थन गरेको थिएन भने आज समर्थन गर्ने कुरा आउन्न । मैले नेपाली काङ्ग्रेसलाई पनि खेलाएको छु । अहिले हाम्रो समस्या भनेको के हो त भन्दाखेरी यो लुछाचुँडी, यस्तो क्रियाकलापबाट लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि अत्यन्तै खतरा छ ।

    बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.