फरीदावाद (भारत) । भारतको फरिदावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सहभोज सम्पन्न गरेको छ ।
केन्द्रीय सचिवालय सदस्य धनवीर पुनको प्रमुख आतिथ्यमा मार्च ३, २०२४ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
विसं २०८० सालको देउसीभैलो समीक्षासमेत गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुनले भारतस्थित श्रमजीवी नेपालीको घरदैलोमा नेपाली कला तथा संस्कृतिलाई पुर्याउने माध्यमको रूपमा प्रगतिशील देउसीभैलो मूल प्रवाहले सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार रमेशचन्द क्षेत्री, केन्द्रीय प्रतिनिधि रामबहादुर विक, पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य सूर्यबहादुर क्षेत्री, विद्यार्थी केन्द्रीय सचिव सरिता विसी, नगर समितिका चन्द्र अधिकारी, महिला नगर विभागकी माया विसी, बल्लवगढ एरिया समितिका तामाराम ढकाल, एनआइटी एरिया समितिका लोकराज थापा, हेवल हेम्ला एरिया समितिबाट निर्मल सोनारी, मेस व्यवस्थापनबाट मानसिंह जिसी, महिला विभागबाट सकुन्तला थापा, विमला महर, सविता थापा र गोमिता पुनले मन्तव्य दिनुभएको थियो ।
नगर समितिका अध्यक्ष बाबुराम विष्टको अध्यक्षता एवम् विष्णु विसीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागीलाई अशोक कुँवरले स्वागत गर्नुभएको थियो ।
कार्यक्रमको अन्तमा रक्तिमका कलाकारद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।


