• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

रसुवा बाढी : १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

रसुवा बाढी : कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन

भोटेकोशी विपदमा छलफल गर्न सर्वदलीय बैठक सुरु

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

चिरपट प्रहारबाट धनकुटामा ७० वर्षीय बाबुको मृत्यु, छोरा पक्राउ

तीज गीत : छोरी–चेलीको सुरक्षा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

देशभर मनसुनी वायुको प्रभाव कायमै : पूर्वानुमान महाशाखा

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ३. तीज गीत : देश पोलेर

  • ४. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ५. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ६. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ७. तिज गीत: उठ सारा चेली

  • ८. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ९. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • १०. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

साम्राज्यवादी खतराबारे मसाल मात्रै स्पष्ट छ : शर्मा (फोटासहित)


  •   शनिबार, फागुन १२, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्माले नेकपा (मसाल) मात्रै साम्राज्यवादी खतराको बारेमा स्पष्ट भएको दाबी गर्नुभएको छ ।

    Advertisement

    साम्राज्यवादी युद्धविरोधी दिवसको अवसरमा २०८० फागुन १२ गते तदनुसार फेब्रुअरी २४, २०२४ का दिन राजमो केन्द्रीय कार्यालय कपनमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘साम्राज्यवादी खतराका कुरा गर्दा अरू राजनीतिक पार्टीहरू खिसिट्युरी गर्छन्’ उहाँले भन्नुभयो– ‘खालि नेकपा (मसाल) मात्रै साम्राज्यवादी खतराबारे स्पष्ट छ ।’

    उहाँले राजमोले साम्राज्यवादी खतराको विषयमा नेपाली जनताको ध्यानकर्षण गराउनका लागि चितवन उपचुनाव लडेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘तपाईंहरू सबैलाई थाहा छ, राष्ट्रिय जनमोर्चाले चितवन उपचुनाव साम्राज्यवादी खतराको विरोध गर्नकै लागि लडेको थियो । त्यहाँको चुनावको एकसूत्रीय एजेन्डा अमेरिकी साम्राज्यवादको विरोध थियो ।’

    उहाँले नेकपा (मसाल) र राजमोले साम्राज्यवादी स्वार्थका कारण तेस्रो विश्वयुद्ध हुन सक्ने सम्भावना व्यक्त गरेको स्मरण गराउनुभयो ।

    ‘हामीले भन्दै आइरहेका छौँ, साम्राज्यवादी स्वार्थका कारण तेस्रो विश्वयुद्ध हुन सक्छ’ उहाँले भन्नुभयो– ‘अबको तेस्रो युद्ध भयानक हुने छ । आणविक मात्रै होइन, जैविक युद्ध समेत हुने भएकाले मानव समुदाय नै खतम हुन सक्छ ।’

    उहाँले साम्राज्यवादीको युद्धको कारण मानव जीवन र भौतिक जगत् नै समाप्त हुने भएकाले त्यसको विरोधमा विश्वभरिका शान्तिप्रेमी एकजुट हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै नेकपा (मसाल) ३ नम्बर ब्युरोका प्रवक्ता समीर सिंहले अहिले अमेरिकी साम्राज्यवादले युद्धको नेतृत्व गरिरहेको बताउनुभयो ।

    उहाँले युक्रेन र प्यालेस्टाइन युद्ध साम्राज्यवादी स्वार्थकै कारण भएको बताउनुभयो ।

    ‘जनताको क्रान्तिकारी आन्दोलनले मात्रै साम्राज्यवादी युद्धलाई रोक्न सक्दछ’ उहाँले भन्नुभयो– ‘त्यसकारण हामीले साम्राज्यवाद विरोधी आन्दोलन उठान गर्ने प्रयास गर्नुपर्दछ ।’

    प्रवक्ता सिंहले साम्राज्यवाद जनताको जनजीवनमा प्रवेश गरेर चौतर्फी हस्तक्षेप गरिरहेकाले त्यसको विरुद्ध जुध्नु विश्वव्यापी आवश्यकता भएको बताउनुभयो ।

    अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकाले साम्राज्यवाद भनेको नै युद्ध भएको बताउनुभयो ।

    ‘साम्राज्यवाद रहेसम्म संसारको कतै न कतै कुनै न कुनै देशमा युद्ध भइरहन्छ’ उहाँले भन्नुभयो– ‘साम्राज्यवादको अन्त भएर समाजवादको स्थापना नभएसम्म संसारबाट युद्ध अन्त हुने छैन ।’

    अधिवक्ता रोकाले युक्रेन र प्यालेस्टाइन युद्धमा ठुलो सङ्ख्यामा नरसंहार भएको बताउँदै साम्राज्यवादीहरूले कुनै पनि कानुन नमान्ने गरेको स्मरण गराउनुभयो ।

    अन्तर्राष्ट्रिय अदालतको पछिल्लो फैसलाको सन्दर्भ दिँदै उहाँले साम्राज्यवादी युद्ध रोक्ने पक्षमा नरहेको दाबी गर्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, जातीय समता समाजका महासचिव भक्त विक, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार रमेश पौडेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य प्रेम मोक्तान, युगदर्शनका सम्पादक विद्यानाथ अधिकारी र अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार ढुण्डिराज चुँदालीको आतिथ्य रहेको थियो ।

    कार्यक्रममा प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर र अखिल नेपाल महिला सङ्घकी कोषाध्यक्ष ऋतु केसीले पनि मन्तव्य राख्नुभएको थियो ।

    नेकपा (मसाल) काठमाडौँ जिल्ला समितिद्वारा आयोजित उक्त कार्यक्रमको अध्यक्षता जिल्ला प्रवक्ता जगत्प्रसाद रेग्मीले र सञ्चालन अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का महासचिव अधिवक्ता लक्ष्मणदेव पाण्डेले गर्नुभएको थियो ।

    आयोजकका अनुसार क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) ले फेब्रुअरी २४ लाई विश्वव्यापी रूपमा साम्राज्यवाद युद्ध विरोधी दिवसको रूपमा मनाउने ठेगान भएअनुसार सो कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

          

    शनिबार, फागुन १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन
    रसुवा बाढी : १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता
    रसुवा बाढी : कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन
    भोटेकोशी विपदमा छलफल गर्न सर्वदलीय बैठक सुरु
    भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन
    चिरपट प्रहारबाट धनकुटामा ७० वर्षीय बाबुको मृत्यु, छोरा पक्राउ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ३.
      तीज गीत : देश पोलेर

    • ४.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ५.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ६.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    भर्खरै

    • १.
      रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

    • २.
      रसुवा बाढी : १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

    • ३.
      रसुवा बाढी : कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन

    • ४.
      भोटेकोशी विपदमा छलफल गर्न सर्वदलीय बैठक सुरु

    • ५.
      भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

    • ६.
      चिरपट प्रहारबाट धनकुटामा ७० वर्षीय बाबुको मृत्यु, छोरा पक्राउ

    • ७.
      तीज गीत : छोरी–चेलीको सुरक्षा

    • ८.
      आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.