काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको अध्यक्षमा दुर्गाबहादुर केसी चयन हुनुभएको छ । शनिबार सम्पन्न भिडियो कन्फ्ररेन्स भेलाले केसीको अध्यक्षतामा १९ सदस्यीय समिति चयन गरेको हो ।
भेलाले उपाध्यक्षमा तोयानाथ कँडेल (बेल्जियम), महासचिवमा लुमाकान्त पुन (कतार), सचिवमा देबनारायण पोख्रेल (बहराइन), र कोषाध्यक्षमा सप्तमान बुढाथोकी (हङकङ) लाई चयन गरेको छ । यसैगरि सदस्यहरुमा ठाकुर खनाल (भारत), विदुर शर्मा (दक्षिण कोरिया), हिमाल थापा (युरोप), कृष्ण केसी (युएई), राजकुमार धिताल (साउदी अरब), खुम रायमाझी (कुवेत), गोविन्द विष्ट (मलेसिया), डम्मर कार्की (दक्षिण कोरिया), छविलाल बस्नेत (ओमन), सालिकराम सापकोटा (जापान), दिपक परियार (अमेरिका), गोपाल सापकोटा (जापान), जय विक (युएई) र हेमन्त वाइवा (कतार) रहनुभएको छ ।
भेलाले पाँच सदस्यीय सल्लाहकारको पनि चयन गरेको छ जसमा धनविर पुन (भारत), देवेन्द्र थापा (साइप्रस), विष्णु पुन (दक्षिण कोरिया), दुर्गा शर्मा (स्पेन) र हेमलाल गौतम (जापान) रहनुभएको छ ।
भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले गर्नुभएको थियो । भेलामा विश्वभरिबाट विभिन्न देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अध्यक्षमा निर्वाचित केसी मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्षसमेत हुनुहुन्छ ।