काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमति थप तीन बिरामी फेला परेका छन् । नयाँ फेला परेका संक्रमितमा कैलालीका दुई र कञ्चनपुरका एक जना रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
Advertisement
भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय अर्का एक पुरूषमा संक्रमण भेटिएको हो ।
यस्तै, यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषकी भाउजु ३४ वर्षीया महिला पनि संक्रमित भएकी छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।