• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कोरोना संक्रमितको संख्या १० लाख नजिक, अमेरिकामा मात्रै २ लाख

"४७ हजार २ सयभन्दा बढीले ज्यान गुमाए "

  •   बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
  • काठमाडौं । जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराइनुपर्ने डब्लूएचओले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का प्रमुखले आउँदा केही दिनभित्रै विश्वमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दश लाख पुग्ने बताएका छन्।

    Advertisement

    डब्लूएचओले सावधानीका उपाय बारेको आफ्नो सुझाव परिमार्जन गर्दै अनुहार ढाक्ने मास्कहरूको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा छलफल गर्न लागेको पनि जनाएको छ।

    जोन्स हप्किन्स विश्वविद्यलायको तथ्यांक अनुसार पुष्टि भएका कोरोनाभाइरस संक्रमणको संख्या ९ लाख ३७ हजार १७० रहेको छ भने ४७ हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन्।

    कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै विश्वभरि कुल जनसङ्ख्याको आधा मानिस कुनै किसिमको नियमनको अवस्थामा रहेको बताइएको छ।

    विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुखले कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरू निकै उच्च गतिमा बढेर गत साता दोबरभन्दा बढी पुगेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

    टेड्रस एड्हानोम गेहब्रेयससले भने, ‘आउँदा केही दिनमा संक्रमण पुष्टि हुनेको संख्या विश्वमा दश लाख र मृत्यु हुनेको ५० हजार पुग्नेछ। यो विश्वको सबैजसो देश वा क्षेत्रमा पुगेको छ।’

    यसअघि डब्लूएचओले बिरामी र स्वास्थ्यकर्मीले मात्रै मास्कको प्रयोग गर्नुपर्ने सुझाव दिँदै आएको थियो ।
    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तर्राष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्।

    डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    होमल्याण्ड सेक्युरिटी मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै पत्रिकाले बढ्दो मागका बीच संघीय सरकार एवं राज्यहरूबीच सुरक्षित रहने सामग्रीमा प्रतिस्पर्धा हुने अवस्था आएको जनाइएको छ र त्यसले नाफाखोरहरू मौलाएको बताइएको छ।

    ट्रम्प प्रशासनले भने पर्याप्त सामग्रीहरू पाउन सक्ने अवस्थामा रहेको र त्यसका लागि १६ अर्ब डलर रकम छुट्याइएको दाबी गरेको छ।

    पछिल्लो २४ घण्टामा अमेरिकामा झण्डै ९ सय जनाले कोभिड–१९ को कारण ज्यान गुमाएको एउटा तथ्याङ्कमा जनाइएको छ र त्यो हालसम्मकै एकदिनमा भएको सर्वाधिक मृत्युको संख्या हो।

    कनेटिकटमा एकजना ६ हप्ताका नवजात शिशुको ज्यान गएको छ जसलाई कोभिड १९ का कारण अमेरिकामा ज्यान गुमाउने हालसम्मकै सबैभन्दा कम उमेरको व्यक्ति भनिएको छ।

    यसबीच अमेरिकामा सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको छ।

    ब्रिटेनमा सरकारमाथि बढ्दो दबाब
    ब्रिटेनमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै धेरै ५६३ जनाले ज्यान गुमाएका छन्।

    मृतकको संख्या झण्डै एक तिहाइले बढेसँगै ब्रिटिश सरकारले उच्च दबाब सामना गरिरहेको छ।

    अग्रमोर्चामा काम गर्ने स्वास्थकर्मीलाई सुरक्षा सामग्री अभाव भइरहेको, जाँचको काम तीब्र गतिमा अगाडि बढाउन ढिलो भइरहेको भन्दै लण्डनको आलोचना समेत भइरहेको छ।

    तीन हजारभन्दा बढी स्वास्थकर्मीको अहिलेसम्म जाँच गरिएको बताइए पनि त्यो कुल स्वास्थ्यकर्मीको निकै सानो अनुपात हो। बीबीसी

    बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.