• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

प्युठानको मल्लरानीमा सञ्चालनमा आयो ‘जिपलाइन’


  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित
  • प्युठान । प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ । पर्यटकीयस्थलको प्रवद्र्धन र पर्यटक आकर्षण गर्न ‘जिपलाइन’ निर्माण गरिएको हो।

    Advertisement

    जिल्लाको सदरमुकाम खलङ्गा सङ्घीयतापछि सुस्ताउँदै गइरहेको थियो । खलङ्गासहित मल्लरानी क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासीले अम्ब्रेलास्थल गरी प्रचार, मल्लरानीमा खाना महोत्सव गर्दै आएकामा अब साहसिक पर्यटकीय पूर्वाधार ‘जिपलाइन’ मल्लरानी टुरिजम इन्भेष्टमेन्ट प्रालिले रु एक करोड लागतमा निर्माण गरेको अध्यक्ष इमानसिंह भारतीले जानकारी दिए।

    मल्लरानी गाउँपालिका–४ का धाइरेचौर सामुदायिक वन र पालेवन सामुदायिक वन क्षेत्रमा जिपलाइन निर्माण गरिएको छ । वनले पर्यापर्यटन विकास कार्यक्रम सञ्चालनको कार्ययोजनाअन्तर्गत जिपलाइन निर्माण गरेको छभने समन्वय प्रालिले गरेको नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षसमेत रहेका भारतीले बताए।

    ‘जिपलाइन’को चलान विन्दुबाट अवतरण विन्दुसम्मको दूरी ६ सय ५० मिटरको छ। भारतीले भने, ‘जिपलाइनको निर्माणले मल्लरानी क्षेत्रमा पर्यटनको आगमन वृद्धिको विश्वास छ।’ जिपलाइनमा दैनिक दुई सयजना बढीले खेल्न सकिनेछ। जिपलाइनको औपचारिक उद्घाटनको तयारी भइरहेको छ।

    पछिल्लो समय मल्लरानी पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । पर्यावरणीय आनन्द प्राप्त गर्ने मल्लरानी सुन्दर पर्यटकीय गन्तव्य हो । प्यूठानको सदरमुकाम खलङ्गाबाट दुई किमी नजिक रहेको मल्लरानीबाट धवलागिरि, माछापुच्छे«लगायतका थुप्रै हिमाल देख्न सकिन्छ।

    यहाँबाट बिजुलीकोटसँगै सदरमुकाम खलङ्गा, बाग्दुला, बिजुवार, जुम्री, माझकोट, खैरा, कसेरी, सानीलेख, मुनडाँडालगायत दर्जनौँ स्थान र छिमेकी जिल्ला अर्घाखाँचीका केही स्थानसमेत अवलोकन गर्न सकिन्छ।

    मल्लरानीमा गाउँपालिकाले चिल्डेन पार्क, वनभोजस्थल निर्माण थालेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न मल्लरानीबाट यसअघि प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । त्यसले भने निरन्तरता पाउन सकेन । नयाँ वर्ष, फागुपूर्णिमा, लालीगुराँस फुल्ने समय र बिदाका दिनमा आन्तरिक पर्यटक बढी घुम्न आउने गरेको स्थानीयवासी बताउँछन्। रासस

    आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँ घट्यो सुनको मूल्य
    एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
    सुनचाँदीको मूल्य वृद्धि
    नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.