• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

लकडाउन चैत्र २५ गतेसम्म

"क्वारेन्टाइनबाट भाग्ने, विदेशबाट आएर पनि क्वारेन्टाइनमा नबस्ने, सम्पर्कमा आउन अटेरी गर्ने विरुद्ध सङ्क्रामक रोग ऐनबमोजिम कारबाही गरिने "

  •   आइतबार, चैत १६, २०७६ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँ । सरकारले लकडाउन आगामी चैत्र २५ गते दिउसो १२ बजेसम्म विस्तार गरेको छ । यसघि घोषणा गरिएको लकडाउनको अवधि चैत्र १८ गते बिहान ६ बजेसम्मका लागि थियो ।

    Advertisement

    २०७६ चैत्र १६ गते आइतबार दिउँसो बसेको कोभिड–१९ नियन्त्रण उच्चस्तरीय समन्वयन समितिले लकडाउनको अवधि लम्ब्याउनुपर्ने सिफारिस गरेपछि बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले चैत्र २५ गतेसम्म देशभर लकडाउन गर्ने निर्णय गरेको हो ।

    समन्वयन समितिको बैठकमा लकडाउनको अवधि बढाउने विषयमा सबै मन्त्री सहमत भए पनि कति थप्ने भन्ने विषयमा मन्त्रिपरिषद्ले नै निर्णय गर्ने निष्कर्षमा पुगेको थियो । भारतमा वैशाख ३ गतेसम्म लकडाउन घोषणा गरिएको अवस्थामा नेपालमा पनि त्यति नै अवधि थप्नुपर्ने मत आएको बताइउको छ । नेपालमा हालसम्म पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये एक जना निको भएर घर गइसकेका छन् भने चार जनाको उपचार भइरहेको छ ।

    कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धको समय बढाएर २०७७ वैशाख ३ गतेसम्म पु-याएको छ । यसअघि सरकारले चैत ९ देखि १८ गतेसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

    तोकिएको मापदण्डअनुरूप क्वारेन्टाइन निर्माण गरी व्यवस्थित ढङ्गले सञ्चालन गर्ने र सङ्क्रमित व्यक्ति आएर सूचना नदिने, क्वारेन्टाइनबाट भाग्ने, लुकेर बस्नेजति सम्पर्कमा आउन अनुरोध गरे पनि नआउनेलाई सङ्क्रमण रोग ऐनबमोजिम कैद सजाय गर्न गृहप्रशासनलाई निर्देशन दिएको छ । क्वारेन्टाइनमा बसेकाहरू भाग्ने, विदेशबाट आएर पनि क्वारेन्टाइनमा नबस्ने, सम्पर्कमा आउन सरकारले गरेको अनुरोध अटेरी गरी समूहमा घुमफिर गर्ने क्रम बढेपछि सरकार त्यस्ता व्यक्ति विरुद्ध कडा ढङ्गले प्रस्तुत हुने भएको हो ।

    भारतीय सुरक्षाकर्मीबाट नेपालतर्फ पठाइएका तर नेपाल प्रवेश नपाएर दशगजामा अलपत्र परेका नेपालीलाई परिचय पत्रको आधारमा पहिचान गरी नजिकको स्थानीय तहमा अनिवार्य क्वारेन्टाइनमा बस्ने गरी नेपाल प्रवेश गर्न दिने निर्णय पनि भएको छ । विदेशमा रहेका विद्यार्थीलाई भने तत्कालका लागि जहाँ जे जस्तो अवस्थामा छ, उही अवस्थामा रहने र आवश्यक पर्ने खर्च अभिभावकबाट नेपाल राष्ट्र बैङ्कले पठाउने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ । उनीहरूलाई स्थिति स्थिति सामान्य भएपछि मात्रै नेपाल फर्कन सक्ने गरी व्यवस्था मिलाइने भएको छ ।

    त्यसैगरी, चीनबाट ल्याइएका औषधि, पिपिईलगायतका सामग्री तत्काल प्रदेशमा पठाउने निर्णय पनि बैठकले गरेको छ । नेपालबाट गएको वाडइबडी विमानबाट ल्याइएका पाँच थान पोर्टेबल पिसिआर मेसिनमध्येबाट प्रदेश नं. २ मा एक थान, प्रदेश नं. ५ मा एक थान, सुर्खेतमा रहनेगरी कर्णाली प्रदेशमा एक थान र सुदूरपश्चिम प्रदेशमा एक थान पठाउने निर्णय पनि बैठकले गरेको छ । बाँकी एक थान काठमाडाँैमा राखेर अवस्था र आवश्यकता हेरेर थप निर्णय गरिने भएको छ । हरेक प्रदेशमा प्रतिप्रदेश एक हजार थान पिपिईलगायतका सम्पूर्ण सामग्री पठाइने भएको छ ।

    आइतबार, चैत १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.