• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

‘सबै परिस्थितिको सामना गर्न तयार छौं’


  •   शनिबार, चैत १५, २०७६ मा प्रकाशित
  • बूढानीलकण्ठ नगरपालिका ठुलो र धेरै जनसंख्या भएको नगरपालिका हो । नगर क्षेत्र अन्तर्गत काँठदेखि मुख्य शहरी क्षेत्रसमेत पर्दछ । काठमाडौं उपत्यका भित्रको घना जनसंख्या भएको नगरपालिका भएका कारण लकडाउनको अवधिमा कतिपय समस्या हुन सक्छन् । तर, ति सबै समस्यासँग जुध्न नगरपालिका तयार छ ।

    Advertisement

    लकडाउनको अवस्था लामो समयसम्म रह्यो भने खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुनसक्छ । तर, अहिले नै खाद्यान्न तथा ग्यासलगायत दैनिक उपभोग्य वस्तुको अभाव भएको हामीले महसुस गरेका छैनौं । यदी अभाव हुने अवस्था आएमा पनि त्यसका लागि हामीले अहिलेदेखि नै तयारी थालेका छौं ।

    सबै वडाहरुमा खाद्यान्नका ठुला पसलहरु के कति छन्, तिनको सूची बनाउन लागेका छौं । ति पसलहरुमा मौज्दात के कति बाँकी छ, बाहिरबाट ढुवानी कसरी भइरहेको छ, ढुवानीमा कुनै समस्या छ कि ? त्यसबारे बुझ्ने काम भइरहेको छ । यदी ढुवानीमा समस्या छ भने नगरपालिकाले कसरी सहयोग गर्न सक्छ भन्नेबारे पनि हामीले छलफल थालेका छौं ।

    यदी, नगरबासीलाई पसलसम्म पुगेर दैनिक उपभोग्य वस्तु खरिद गर्न सक्ने अवस्था भएन भने हामीले टोल टोलसम्म वा घरघरै पुर्याएर पनि सामान वितरणको व्यवस्था गर्नेछौं । तर, अहिले नै घर घरै खाद्यान्न वा ग्यास जस्ता वस्तु पुर्याउनुपर्ने आवश्यकता देखिएको छैन । पसलहरु खुलेका छन् । सामान खरिद बिक्री भइरहेको छ । केही असहजताका वावजुद मानिसहरुले आफूलाई आवश्यक पर्ने सरसामाग्री संकलन गरिरहेका छन् ।

    बूनपा–६ स्थित ‘एकल महिला सेवा केन्द्र (डब्लुएचआर)’ को छहारी भवन । जहाँ ५० शय्याको क्वारेन्टिन बनाइएको छ ।

    नगर क्षेत्रमा दैनिक ज्यालादारी गरेर खाने कतिपय मानिसहरुलाई यस्तो परिस्थितिमा बढी असहज हुन सक्छ । उनीहरुलाई नगरपालिकाले मद्दत गर्नुपर्ने पनि हुनसक्छ । सामान्यतया त्यसखाले मजदुरहरुको संख्या न्युन नै छ । तैपनि उनीहरुले केही दिनको गर्जो त घरभेटी वा साथीभाइसँग मागेर पनि टार्छन् । तर, लामो समयसम्म त्यो गर्न सम्भव हुँदैन । त्यसका लागि वडा समितिहरु वा टोल विकास संस्थासँग सम्पर्क गर्न हामीले सबैसँग आग्रह गरेका छौं । त्यहाँ सिधै सम्पर्क गर्न नसके घरभेटीमार्फत सम्पर्क गर्न सकिन्छ ।

    बूढानीलकण्ठ नगर क्षेत्रमा अहिलेसम्म कोरोनाबाट संक्रमित व्यक्ति भेटिएका छैनन् । यदी कोही संक्रमित भएको आशंका देखिएमा वा विदेशबाट आएकाहरुलाई छुट्टै राख्नका लागि हामीले नगरपालिकाको वडा नं ६ मा ‘एकल महिला सेवा केन्द्र (डब्लुएचआर)’ को छहारी भवनमा ५० शय्याको व्यवस्था मिलाएका छौं । यदी त्यो स्थान अपुग भएमा यहाँका कतिपय विद्यालयहरुलाई आग्रह गरेका छौं । केही विद्यालयहरुले आफ्ना भवन क्वारेन्टिन बनाउन दिने घोषणा पनि गरेका छन् ।
    स्वास्थ्य उपचारका लागि काठमाडौंकै नगरपालिका भएको हुनाले त्यति असहज अवस्था छैन । संक्रमित भेटिएमा तत्काल अस्पताल पुर्याउन सकिन्छ ।

    बूनपा–१० बालुवाखानीस्थित फेरिल्याण्ड इन्टरनेशनल स्कुल भवन । यो भवन क्वारेन्टिन बनाउन दिने विद्यालयले घोषणा गरेको छ ।

    लकडाउनको अवस्थामा फोहोर मैलाको व्यवस्थापन गर्न अलि असहज छ । सरसफाईका कर्मचारीहरुको पनि स्वास्थ्यप्रति संवेदनशील हुनुपर्ने कारणले हामीले उहाँहरुलाई काममा खटाउन सकेका छैनौं । त्यसकारण सबै नगरबासीहरुलाई यो अवस्थामा फोहोर मैलाको उत्सर्जन कम गर्न र घरबाहिर ननिकाल्न आग्रह गर्दछौं ।

    कोरोना भाइरसको संक्रमणबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेकै संक्रमित व्यक्तिहरुको सम्पर्कमा नजाने हो । हामीलाई को संक्रमित छ भन्ने सहजै थाह हुँदैन । त्यसकारण अनावश्यक घरबाहिर ननिस्कौं । भिडभाडमा नजाऔं । सरसफाईमा विशेष ध्यान दिऔं ।

    यो असहज परिस्थितिलाई हामी सबै मिलेर पार लगान आवश्यक छ । त्यसकारण सबै नगरबासीहरुसँग हाम्रो आग्रह छ, लकडाउनको पूर्ण पालना गरौं । केही अप्ठ्यारो अवस्था भएमा नजिकको वडा कार्यालय वा टोल विकास संस्थासँग सम्पर्क गरौं । नगरपालिका यहाँहरुको साथमा छ ।
    (बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलसँग कुराकानीमा आधारित)

    शनिबार, चैत १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.