• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कोरोना विरुद्ध साझा एकता कायम गर्न अपिल

"अखिल नेपाल जनजाति सम्मेलनद्वारा प्रेस वक्तव्य प्रसारित "

  •   शनिबार, चैत १५, २०७६ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनले कोरोना भाइरसको सङ्क्रमण विरुद्ध साझा एकता कायम गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । कोरोना महामारी विचारको आधारमा पक्षविपक्ष, मत–मतान्तर र बाझाबाझको विषय नभएको बताउँदै सम्मेलनले साझा एकतामा जोड दिएको हो ।

    Advertisement

    जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीको हस्ताक्षरमा २०७६ चैत्र १५ गते जारी प्रेस वक्तव्यमा सो आवश्यकतामाथि जोड दिइएको छ । “यो बिपत्को घडीमा आपसी एकता, सद्भाव, उच्च अनुशासन कायम गर्न सबैसित हार्दिक अपिल गर्दछ” वक्तव्यमा अगाडि भनिएको छ–

    “कोभिड–१९ (कोरोना भाइरस) बाट सिङ्गो विश्व अहिले सङ्कटग्रस्त छ । चीनको वुहान प्रान्तबाट सुरु भएको यो सङ्क्रामक रोग अहिलेसम्म संसारको अधिकांश देशमा फैलिइसकेको छ । कैयौँ देशले रोगलाई फैलिन नदिन र नियन्त्रण गर्न लकडाउनको विधि अपनाएका छन् । लकडाउन प्रभावकारी हुन नसकेपछि कतिपय ठाउँमा कफ्र्यु लगाउनुपरेको छ । यस रोगबाट आजसम्म २७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । छ लाखभन्दा बढी मानिस यस रोगबाट सङ्क्रमित भएका छन् र डेढ लाखजति मानिस उपचारपछि घर फर्किएका छन् । रोक्न प्रयत्न गर्दागर्दै पनि खडेरीमा डढेलो लागे झैँ कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ ।

    आजसम्मको रेकर्डअनुसार बेलायतमा बस्दै आएका एकजना भूतपूर्व गोर्खा सैनिकको लन्डनमा र पाँचथर जिल्लाबाट अमेरिका गएका अर्का व्यक्तिको अमेरिकामै गरी जम्मा दुई जना नेपालीको प्रवासमा यस रोगबाट मृत्यु भएको छ । नेपालभित्र अझैसम्म कसैको मृत्यु भएको छैन । तर विदेशबाट आएका चार जनामा सङ्क्रण भेटिएको छ । नेपालमै पनि सङ्क्रमितको सङ्ख्या कति पुग्ने हो ? अहिले नै भन्न सक्ने अवस्था छैन । विभिन्न राजनीतिक तथा सामाजिक विषयमा पक्षविपक्ष, मत–मतान्तर हुन्छ । तर यो पक्षविपक्षमा बाँडिने र मत बाझाबाझ गर्ने विषय हैन । सरकार र नागरिक, पक्षविपक्ष राजनीतिक शक्ति, समग्रमा जनताको एकताबाट नै यो सङ्कटको सामना गर्न सम्भव हुने छ । यस प्रेस वक्तव्यमार्फत् हाम्रो सङ्गठन अखिल नेपाल जनजाति सम्मेलन यो साझा सङ्कटसित जुध्न सबैमा एकता कायम गर्न हार्दिक अनुरोध गर्दछ ।

    नेपाल सरकारले चैत्रको पहिलो हप्ताबाटै शिक्षण संस्था बन्द गराएको थियो । चैत्र ९ गतेबाट अत्यावश्यक केही बाहेकका कार्यालय बन्द गरेको छ । सरकारले चैत्र ७ गते नै वक्तव्यमार्फत् चैत्र १० देखि २१ गतेसम्म लामो दुरीका गाडी बन्द गर्ने घोषणा गरेको थियो । सरकारले परिस्थितिको संवेदनशीलतालाई ध्यान दिँदै चैत्र ११ गतेदेखि १८ गतेसम्म नेपालभर लकडाउनको घोषणा गरेको छ । भारत, दक्षिण अफ्रिकालगायत देशले तीन हप्ताका लागि लकडाउन घोषणा गरेका छन् । नेपालले पनि लकडाउनको अवधि बढाउनुपर्ने हुन सक्छ ।

    अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाइ उडान बन्द गरिएको छ । सीमानाका बन्द गरिएको छ । तर चीनमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण हुँदै गएकाले उत्तरी नाका रसुवागढी र तातोपानी खोल्ने बताइएको छ । सरकारले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन, समूहमा नहिँड्न, घोषित लकडाउनलाई स्वीकार गर्न,। सकभर एकअर्कामा भेटघाट नगर्न, भेटघाट नै गर्नुपरे पनि निश्चित दुरी कायम गर्न, बेलाबेलामा साबुनपानीले हात धुन, कोरोना भाइरसका लक्षण देखिएमा सम्बन्धित निकायमा सम्पर्क गर्न आह्वान गरेको छ । जारी नियम, सूचना, आह्वान हामी, हाम्रा सन्नति, नातागोता, समग्रमा हामी सबैको हितका लागि हो भन्ने ठानेर उच्च अनुशासनमा बस्नुपर्ने भएको छ । हाम्रो सङ्गठन त्यसका निम्ति सबैसित हार्दिक अनुरोध गर्दछ ।

    कोरोना भाइरसको सङ्कट बढ्दै जाँदा कालोबजारीका समस्या पनि बढ्दै छ । अहिले नै कालोबजारीको समस्या देखिने गरेका छन् । कृत्रिम अभाव सृजना गरेर मूल्यवृद्धि गर्ने समस्या बढ्दै जान सक्छ । सरकारले कालोबजारी रोक्न, कठोर कदम चाल्न पनि तयार होस् भन्ने हाम्रो जोडदार आग्रह छ ।

    बजारमा मुख्य रूपले खाद्यपदार्थ, इन्धनजस्ता दैनिक प्रयोजनका सामग्रीको अभाव हुन नदिन सरकारले विशेष ध्यान देओस् भन्ने हाम्रो आग्रह छ । ज्यालादारी मजदुरीबाट जीवन निर्वाह गर्ने मजदुर र सर्वसाधारण जनतालाई दैनिकी चलाउन गाह«ो पर्ने भएकाले ती वर्गको बारेमा अविलम्ब सुविधाको कार्यक्रम लागु गरियोस् । सरकारले सात वटै प्रदेशमा कोरोना भाइरसको परीक्षण केन्द्र खडा गर्ने बताए पनि अझैसम्म त्यसो हुन सकिरहेको छैन । त्यो कार्य अविलम्ब पूरा गरियोस् । विदेशबाट आएका मानिसले रोग लिएर आएका हुन सक्छन् । प्रशासन, स्थानीय सङ्घ÷संस्था र स्थानीय जनताले विशेष ध्यान पु¥याउन जरुरी छ । यदि आफ्नो टोल छिमेकमा सङ्क्रामक रोग लागेको ठाउँबाट आएको व्यक्ति भए यसलाई अनिवार्य रूपमा निश्चित अवधि क्वारेन्टाइनमा राख्ने र स्वास्थ्यप्रति सर्तकता अपनाउने गर्नुपर्दछ ।

    कोरोना भाइरस सङ्क्रमण सम्बन्धमा चीन र अमेरिकाबाट बेग्लाबेग्लै शिक्षा लिन सकिन्छ । यो सङ्क्रमण चीनबाट सुरु भएको र यसले भयावह रूप लिइसकेको भए पनि उसले त्यहाँका जनतालाई उच्च अनुशासनमा राख्न सकेको र जनतालाई दैनिक उपभोग्य सामग्रीको अभाव पनि हुन नदिएकाले त्यसलाई नियन्त्रण गर्दै जान सफल भएको छ । तर अमेरिकाले सतर्कता नअपनाउँदा स्थिति झन् भयावह बन्दै गएको छ । इटली, स्पेन, इरानमा पनि सुरुमै सतर्कता अपनाउन सकेको भए त्यति ठुलो क्षति बेहोर्नुपर्ने थिएन ।

    साम्राज्यवादी देशले एकले अर्कोलाई कमजोर पार्न जैविक हतियारका रूपमा यो भाइरस प्रयोग गर्दा विश्व मानव जगतले यो पीडा भोग्नुपरेको छ भन्ने विचार पनि व्यक्त गरेको पाइन्छ । कतै एकले अर्कोलाई दोषारोपण गरेको पनि पाइन्छ । अमेरिकी साम्राज्यवादले भियतनाम युद्धमा जैविक हतियार प्रयोग गरेको थियो । साम्राज्यवादीहरू प्रकृति र मानवताका विरोधी हुन् । उनीहरू आफना निकृष्ट स्वार्थका निम्ति जे पनि गर्न तयार हुन्छन् । यस पटक यो भाइरसको घटनाबारे गहिरो छानबिन बिना अहिले नै केही भन्नु सम्भव छैन । यदि यो सत्य हो भने विश्व मानव समाजले साम्राज्यवादी अपराधको निन्दा गर्नुपर्दछ ।

    अखिल नेपाल जनजाति सम्मेलन एउटा जिम्मेवार सङ्गठन हो । अहिले कोरोना भाइरस प्रकोपका कारण सङ्गठन यो बिपत्को घडीमा आपसी एकता, सद्भाव, उच्च अनुशासन कायम गर्न सबैसित हार्दिक अपिल गर्दछ ।”

    शनिबार, चैत १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.