• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मूल प्रवाहको अपिलः ‘समस्यामा परेका मजदुर साथीहरुलाई सबै मिलेर सहयोग गरौं’


  •   बुधबार, चैत १२, २०७६ मा प्रकाशित
  • नयाँ दिल्ली । मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले लकडाउनको अवधिमा भारतमा रहेका नेपालीहरु जो जहाँ हुनुहुन्छ, सोही ठाउँमा बस्न आग्रह गरेको छ । साथै समस्यामा परेका मजदुरहरुलाई सबै मिलेर मद्दत गर्न पनि मूल प्रवाहले अपिल गरेको छ ।

    Advertisement

    भारतमा गएराति १२ बजेदेखि २१ दिन लामो लकडाउन घोषणा भएको छ । यो अवधिमा मजदुरहरुलाई समस्या पर्न सक्ने भन्दै मूलप्रवाहले समस्यामा परेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहयोग गर्न पनि नेपाली समूदायसँग आग्रह गरेको छ ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यबहाक अध्यक्ष ठाकुर खनालद्वार मंगलबार जारी विज्ञप्तिमा भनिएको छ,

    “कोरोना भाइरसले विश्वव्यापीरुपमा निम्त्याएको महामारीबाट सुरक्षित हुनका लागि नेपाल सरकार, नयाँ दिल्ली स्थित नेपाली दूतावास, भारत सरकार तथा भारतका विभिन्न राज्य सरकारद्वारा जारी गरिएको सल्लाह तथा निर्देशनलाई सम्मान र पालना गर्दै आफू रहेको यथास्थानमा रहन अपिल गर्दछौं ।

    कोरोनाको भयबाट धेरै श्रमजिवीहरुको रोजीरोटी संकटमा परेको छ । कैयौं मजदुरहरु आफू कार्यरत शहर छोडेर आफ्नो गाउँ तर्फ फर्किरहेका छन् । तर त्यसो गर्नाले यो रोग फैलिने खतरा बढ्छ । हामी जहाँ जान्छौं, त्यहाँका मानिसहरुका लागि पनि यो रोग खतरा बन्ने छ । त्यसैले तपाई जुन ठाउँमा हुुनुहुन्छ, कृपया केही दिनका लागि सोही स्थानमा बस्नु होला । यसो गर्नाले हामीले यो बीमारीलाई फैलिनबाट रोक्न सक्नेछौं ।

    विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नको लागि भारतीय प्रधानमन्त्रीले देशभर तीन साता लामो लकडाउन घोषणा गरेका छन् । यसबाट कैयौं मजदुरहरुमा समस्या पर्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न तर स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको चक्र तोड्न कमसेकम २१ दिन लाग्ने भएको हुनाले सम्पूर्ण श्रमजिवीहरु संयम अपनाउन हामीले जोड दिन्छौं । साथै समस्याको यो घडीमा भावनात्मक सम्बन्ध राख्दै आर्थिक अभावमा समस्या परेको खण्डमा सहयोगी भावना राख्न हामी अनुरोध गर्दछौं ।

    भारतमा कैयौं मजदुरहरु डेली वेजेसमा कार्यरत पनि हुनुहुन्छ तर यो विश्व महामारीको रुपमा आएको कोरोना भाइरसबाट बच्नका लागि सामाजिक दूरी तथा एक अर्काबाट टाढा बस्नु पर्ने आवश्यकता विश्व स्वास्थ्य संघले जानाएको छ । केहि मानिसहरु यस्तो गलत धारणामा छन् कि सामाजिक दूरी केवल बिरामी मान्छेको लागि हो, तर यो सोंच गलत भएको स्वास्थ्यकर्मीहरुको धारणा छ ।

    यदि हामीले गलत सोंचाइ तथा कदम चाल्यौं भने तपाईं, हाम्रो परिवार, बालबच्चा, समाज र देशले ठूलो नोक्सान वेहोर्नु पर्ने हुन्छ, त्यो नोक्सान कति ठूलो हुनेछ भनेर अनुमान गर्न गाह्रो छ । त्यसैले यो संकटको घडीमा हामी सबै आ–आफ्नो निवास्थानमा रहन हामी विनम्र अनुरोध गर्दछौं । साथै हाम्रो सम्पूर्ण स्तरका कार्यकर्ताहरुले पनि लकडाउनको अवधिमा मजदुर साथीहरुमा पर्ने सक्ने समस्याहरुलाई समाधान गर्न जहाँ जे सम्भव हुन्छ सहयोग गर्न अपिल गर्दछौं ।
    कोरोना भाइरसबाट बच्न आवश्यक सतर्कता अपनाउन निम्न कुराहरुमा ध्यान दिनु होला ।

    (क) अत्याधिक भिडभाडमा जानबाट बच्ने, जानै पर्ने अवस्थामा बाहिर निस्किँदा मास्कको प्रयोग गर्ने ।
    (ख) वृद्ध, वालबालिका, गर्भवती महिला तथा अन्य विमारीहरुलाई विशेष रेखदेख गर्ने ।
    (ग) खोक्दा, हाछ्यु गर्दा टिस्यू पेपर वा रुमालले नाक–मुख छोप्ने ।
    (घ) साबुन पानीले पटक पटक हाथ धुने वा हेण्ड सेनेटाइजर (Hand Sanitizer) ले हाथ सफा गर्ने ।
    (ङ) नाक, मुख र आँखा छुनबाट बच्ने । साबुन पानीले वा हेण्ड सेनेटाइजर (Hand Sanitizer) ले हाथ सफा गरेपछि मात्र छुने।
    (च) टाउको दुख्ने, सिगान बग्ने वा रुघा खोंकी, ज्वरो जस्ता लक्ष्ण देखिएमा आराम गर्ने, अरुसँग घुमिल नगर्ने, असहज भए नजिकको स्वास्थ्य केन्द्र वा अस्पतालका सम्पर्क गर्ने ।
    (छ) माथि उल्लेखित लक्ष्ण देखापरेका व्यक्तिहरुसँग टाढा रहने प्रयत्न गर्ने ।
    (ज) माछा, मासु, अण्डा आदि राम्रोसँग पकाएर खाने ।
    (झ) सचेतताको लागि धैर्यतापूर्वक अरुलाई सुचित गर्ने, भय सन्त्रास फैलाउनबाट बच्ने ।
    (ञ) आवश्यक परे भारत सरकारको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको हेल्प लाइन नम्बर
    011-23978046 टोल फ्रि नम्बर 1075 मा सम्पर्क गर्नु होला ।
    (ट) नेपाली दाजु भाई तथा दिदी बहिनीहरुसँग सम्बन्धित सुचना केन्द्रीय कार्यालयमा गराउनु होला ।”

    बुधबार, चैत १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.