• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भारतबाट भित्रिएका नेपालीमा कोरोना भए अवस्था भयावह हुनसक्छः पौडेल


  •   सोमबार, चैत १०, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले चालेका कमदको स्वागत गरेको छ । सोमबार सरकारले देशब्यापी ‘लकडाउन’ गरेको प्रति राजमोले समर्थन जनाएको हो ।

    Advertisement

    त्यससँगै कोरोनाको संक्रमण फैलन नदिने सीमावर्ती क्षेत्रबाट प्रवेश गरेको हजारौं नागरिकको व्यवस्थापन गर्न पनि राजमोले माग गरेको छ ।

    सोमबार साँझ राजमोका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले एक वक्तव्य प्रकाशित गरी भारतबाट हजारौंको संख्यामा नेपाल भित्रिएका नागरिकको स्वास्थ्य परीक्षणको उचित व्यवस्था नगर्दा कोरोना संक्रमणको भयावह अवस्था आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले सीमा क्षेत्रमा अलपत्र परेका नागरिकको खानपिन र बसोबासको व्यवस्था मिलाउन पनि सरकारसँग माग गर्नुभएको छ ।

    वक्तव्यमो पूर्णपाठः
    ‘सरकारले कोरोना भाइरसमाथि नियन्त्रणका लागि जुन निर्णयहरू गरेको छ, तिनीहरूलाई हामीले स्वागत गर्दछौँ । तर ती निर्णयहरूको कार्यान्वयनको सन्दर्भमा देखापरेका केही समस्याहरूप्रति राजमोले सरकारको ध्यान आकर्षित गर्न चाहन्छ ।
    भारतसँग जोडिएका नाकाहरूमा आवागमनमाथि पूरै प्रतिबन्ध लगाएपछि पनि भारतकातर्फबाट त्यसरी प्रतिबन्ध नलगाइएको हुनाले भारतीय सीमामा आएका हजारौँ नेपालीहरूलाई गम्भीर समस्या देखापरेको छ । उनीहरूलाई खानपिन र बसोवास समेतका लागि धेरै कठिनाई भएको छ । त्यो मानवीय सुरक्षालाई कसरी हल गर्ने त्यसबारे सरकारको ध्यान जानुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।

    बाँकेको रूपडिया नाकाबाट भारतीय सीमामा अलपत्र परेका ठूलो सङ्ख्याका नेपालीहरूलाई उद्धार गरेर प्रहरीले सीमावर्ती क्षेत्रका कुनै घरमा राख्ने व्यवस्था गर्‍यो । तर त्यहाँ सुरक्षाको कुनै व्यवस्था गरिएको थिएन । त्यसपछि त्यहाँ बसेका सबै नेपालीहरू भागेर बेपत्ता भए । उनीहरू मध्ये कसैमा कोरोना भाइरसको संक्रमण भएको भए त्यसले व्यापक रूप लिने खतरा रहने छ । त्यो समस्यालाई कसरी समाधान गर्ने ? सरकार र प्रशासन समेतको त्यसपट्टि ध्यान जानुपर्ने आवश्यकता छ ।

    अन्तर्राष्ट्रिय उडानबाट नेपाल आएका मानिसहरूको काठमाडौँमा स्वास्थ्य परीक्षण वा आवश्यकतानुसार उनीहरूलाई क्वारेन्टायनमा राख्ने व्यवस्था गरिएको छ । त्यो सकारात्मक पक्ष हो । तर भारतबाट आउने हजारौँ नेपाली वा भारतीयहरूको त्यसरी स्वास्थ्य परीक्षणका लागि आवश्यक व्यवस्था र साधन समेत नभएका कारणले स्थिति गम्भीर हुने सम्भावना छ । त्यो पक्षप्रति सरकारको गम्भीर ध्यान जानुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ । अन्यथा कोरोना भाइरसले देशव्यापी रूप लिने खतरा रहने छ ।

    अहिले कोरोना भाइरसको खतरा रोक्नका लागि सरकार, राजनीतिक पार्टीहरू र जनता समेतको गम्भीर कर्तव्य भएको छ र सबैको एकतावद्धता र पारस्परिक सहयोगद्वारा हामीले त्यो खतरालाई रोक्ने प्रयत्न गर्नुपर्दछ । त्यसका लागि राष्ट्रिय जनमोर्चाले सहयोग गर्ने नीति अपनाउने छ ।’

    सोमबार, चैत १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.