• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सीमामा आवागमन नियन्त्रण र स्वास्थ्य परीक्षण प्रभावकारी बनाउन राजमोको माग


  •   आइतबार, चैत ०९, २०७६ मा प्रकाशित
  • गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गर्नेको भीड, नेपाल भित्रने सबैको ज्वरो परीक्षण हुन सकेको छैन

    Advertisement

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतबाट विभिन्न नाका हुँदै नेपाल भित्रिनेको स्वास्थ्य परीक्षण प्रभावकारी नभएको र त्यसले कोरोना संक्रमण फैलन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । राजमोले सिमानाकामा कडा नियन्त्रण गर्न र देशभित्र पनि बिरामी देखिएका व्यक्तिहरुको प्रभावकारी उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।

    राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले कञ्चनपुरको गड्डाचौकी लगायतका नाकाबाट हजारौं जना नेपाल प्रवेश गरिरहेको व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्न र नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हम्मे परिरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै यसले देशमा कोरोनाको संक्रमण फैलनेसक्ने आशंका गर्नुभएको छ ।

    यस्तो छ, वक्तव्य
    ‘कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न सरकारले गरिरहेका निर्णयहरू वा व्यवस्थाप्रति राष्ट्रिय जनमोर्चाको ध्यान गएको छ । तर व्यवहारमा ती निर्णयहरू लागू हुनेबारे धेरै समस्या वा अनियमितता प्रति पनि हाम्रो ध्यान गएको छ । खास गरेर भारतबाट आउने मानिसहरूलाई विभिन्न नाकाहरूमा स्वास्थ्य परीक्षणको जुन व्यवस्था गरिएको छ, त्यो पूरै लागू हुन सकेको छैन । उदाहरणका लागि कञ्चनपुरको गड्डा चौकीमा नेपालतर्फ आउने हजारौँ मानिसहरूको भिडमा नियन्त्रण गर्न प्रहरी र सुरक्षाबल समेत असमर्थ भएको थियो । त्यसपछि हजारौँ मानिसहरूले बिना कुनै स्वास्थ्य परीक्षण नेपालमा प्रवेश गरेका थिए । सरकारले भारतमा आवात जावतका लागि खुलाएका नाकाहरू बाहेक अन्यत्रबाट पनि ठूलो सङ्ख्यामा अनियन्त्रित प्रकारले नेपालमा आउने क्रम चलिरहेको छ । त्यसबाट पनि नेपालमा कोरोना भाइरसको खतरा झन् बढ्दै गएको देखिन्छ । त्यसकारण हामीले भारतबाट नेपालमा आउने नाकाहरूमा नियन्त्रण र पर्याप्त स्वास्थ्य परीक्षणका लागि सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    अहिले कोरोना भाइरसको शंका देखिएका विरामीहरूको उपचारका लागि उपत्यका वा बाहिर पनि कैयौँ अस्पतालहरूको व्यवस्था गरिएको भनिएको छ । तर व्यवहारमा त्यहाँ बिरामीहरूलाई भर्ना गर्नका लागि पर्याप्य ध्यान दिने गरिएको छैन । त्यहाँ भर्नाको लागि गएका वा विभिन्न जिल्लाहरूबाट पठाइएका बिरामीहरूलाई भर्ना गर्न अस्पतालहरू तयार नभएका कैयौँ समाचारहरू ठाउँठाउँबाट आइरहेका छन् । त्यसप्रकारको शङ्का भएका बिरामीहरूको राम्ररी परीक्षण नगर्दा वा अस्पतालमा भर्ना नगर्दा कोरोना भाइरस अरू फैलिने र त्यसले भयानक रूप लिने आशंका रहने छ ।

    उपरोक्त कुराहरूमाथि ध्यान दिंदै भारतीय सीमाहरूमा मानिसहरूको आगमन र देशभित्र कोरोना भाइरसको शंका देखिएका बिरामीहरूको तत्काल स्वास्थ्य परीक्षण र अस्पतालमा भर्ना गरेर उपचार प्रति समेत विशेष ध्यान दिन हामीले सरकार र सम्बन्धित निकायहरूको ध्यान आकर्षित गर्न चाहन्छौँ ।’

    आइतबार, चैत ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.