• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

रक्तिम दक्षिण कोरियाको नयाँ कोशेली “हाडिकोटको शिर” सार्वजनिक (भिडियोसहित)


  •   शनिबार, असोज १३, २०८० मा प्रकाशित
  • काठमाडौँ । रक्तिम सांस्कृतिक अभियान दक्षिण कोरियाले नयाँ भिडियो एल्बम “हाडिकोटको शिर” सार्वजनिक गरेको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीद्वारा २०८० असोज १२ गते शुक्रबार आयोजित भर्चुअल कार्यक्रममाझ सो भिडियो सार्वजनिक गरिएको हो ।

    जनताले रक्तिमका कुरा सुन्छन् : केसी

    कार्यक्रममा प्रमुख अतिथिको आसनबाट भर्चुअल सम्बोधन गर्दै अध्यक्ष केसीले जनतामाझ रक्तिमका गीतबाट बढी प्रभाव पर्ने गरेको बताउनुभयो ।

    ‘जनतालाई नेताका कुराभन्दा रक्तिमको गीतले बढी प्रभाव पार्ने गरेको छ’ अध्यक्ष केसीले भन्नुभयो ।

    गीतसङ्गीतले जनताको मानसिकतामा कम्युनिस्ट पार्टी र सर्वहारा क्रान्तिप्रति आकर्षण फैलाउने विचार उहाँले व्यक्त गर्नुभयो ।

    सम्बोधनको क्रममा उहाँले देशको समसामयिक राजनीतिक परिस्थितिबारे रक्तिमका कलाकारहरू गम्भीर भएर सोअनुसारका रचना पस्कनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    शुभकामना मन्तव्य

    कार्यक्रममा अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंह, रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रम, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी र सउदी अरब नेपाली एकता समाजका अध्यक्ष राजकुमार धितालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा रक्तिमका सल्लाहकार थुमराज ढुङ्गाने भिडियो एलबमको समीक्षा गर्नुभएको थियो ।

    आतिथ्य

    कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद सुप्रभा थापा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव डम्मर कार्की, रक्तिमका सल्लाहकार देवी शर्मा, जापान नेपाली एकता समाजका महासचिव तेजेन्द्र क्षेत्री, सउदी अरब नेपाली एकता समाजका अर्जुनप्रसाद उपाध्याय, पत्रकारहरू दीपेन्द्र परियार, सुजनप्रेमी सुवेदीलगायतको आतिथ्य रहेको थियो ।

    दक्षिण कोरिया नेपाली एकता समाजका अध्यक्ष विष्णु पुनको सञ्चालन तथा रक्तिम विभाग कोरियाका अध्यक्ष जीवलाल शर्माको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा रक्तिम विभागका सल्लाहकार धनबहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    एलबम निर्माणमा भूमिका
    रक्तिम दक्षिण कोरियाद्वारा सार्वजनिक गरिएको प्रस्तुत चौथो सिर्जनामा स्वर जीवलाल शर्मा र रिता पुनको रहेको छ ।

    जीवलाल शर्माकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो एल्बममा शब्द धनबहादुर थापाको रहेको छ भने सङ्गीत संयोजन हेमराज आश्रमले गर्नुभएको छ । त्यस्तै, नृत्य निर्देशन पियारी थापाले गर्नुभएको छ ।

    आश्रमकै निर्देशन रहेको सो भिडियोमा रक्तिम काठमाडौँ र कास्कीका कलाकारहरूले अभियन तथा नृत्य गरेका छन् । भिडियोको छायाङ्कन कास्कीको पोखरा उपमहानगरपालिका वडा नम्बर २९ मा गरिएको जानकारी दिइएको छ ।

    यस्तो छ गीतको शब्द

    केटा : गाजा दह घुम्टे लेक हाडिकोटको शिर
    हो हाडिकोटको शिर
    माईको थान माथि कोट तल काली तिर
    हो तल काली तिर

    कल्कलाउँदो बैस उमेर सधैँ विदेशतिर
    हो सधैँ विदेश तिर
    गाजा दह घुम्टे लेक हाडिकोटको शिर
    हो हाडिकोटको शिर

    जीवनभरि पिरैको भारी
    कहाँ होला हो बिसाउने चौतारी

    केटी : कालीगङ्गा तातोपानी ढोरपाटन घुमौँला
    हो ढोरपाटन घुमौँला
    मुक्तिनाथ मुस्ताङ घुमी यार्सा टिपी खाउँला
    हो यार्सा टिपी खाउँला

    कति बस्छौ विदेशी सहर
    कहिले पुग्ला मनको रहर

    केटा : बिहानीको मिर्मिरेमा स्वर्ण हिमाल टल्क्यो
    हो स्वर्ण हिमाल टल्क्यो
    हृदयको पानाभरि देशको मुहार झल्क्यो
    हो देशको मुहार झल्क्यो

    के सुनाऊँ र विदेशको कहानी
    परदेशैमा बित्ने भो जवानी

    केटी : ऋणको भारी पिरको भारी ठाडो छैन शिर
    हो ठाडो छैन शिर
    भक्कानिँदै रुँदै हिँड्छु मेलापात भिर
    हो मेलापात भिर

    हुन्न अब परदेशमा बसेर
    फर्क छिट्टै कम्मर कसेर

    केटा : उड्न थाल्यो कालो बादल निलो आकाशमाथि
    हो निलो आकाशमाथि
    केटी : सचेत बनौँ शोषित–पीडित गरिब किसान साथी
    हो गरिब किसान साथी

    दुवै : साग सिस्नो खाए पनि आफ्नै राष्ट्र जाती
    हो आफ्नै राष्ट्र जाती
    उड्न थाल्यो …….

    दुवै : फर्क छिट्टै परदेशका दाजुभाइ
    यो देशको मुहार फेर्नलाई

    शनिबार, असोज १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.