नवलपरासी । देश भर चलिरहेको संगठनात्मक अभियान पश्चिम नवलपरासीमा पनि दुई टोली बनाएर सञ्चालन भैरहेको छ ।
पहिलो टोलि राजमोका जिल्ला अध्यक्ष किशन बहादुर अधिकारीको नेतृत्वमा जित बहादुर पौडेल, शेर बहादुर सुर्यवंशि, उत्तम खरेल , कुलराज गौतम, कृष्णबहादुर थापा,तिलबहादुर थापा लगायतको टोलिले सुनवल नगरपालिकाको वार्ड नं १ को सोमनाथ ,प्रगतिटोल, बनाहा, वार्ड २ को मुखियाटोल, वार्ड नं ३ को आसामवासि ,नदुवा कितिर्पुर , वार्ड नं ४ को रमुवापुर , वार्ड नं ५ को बनकट्टि , वार्ड नं ६ को तिलकाना , वार्ड नं १० को गैडाखाल लगायत स्थानमा सदस्यता वितरण, जनभेटघाटका कार्यक्रम सम्पन्न भरेका छन् ।
यता, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष रेम रानाको नेतृत्वमा राजेन्द्र अर्याल सहितको टोलि द्वारा बर्दघाट सुस्ता गाउँपालिका , प्रतापुर गाउँपालिका र बर्दघाट नगरपालिका वार्ड नं १,४,५,७,१३ र १४ स्थानहरुमा सदस्यता वितरण,प्रशिक्षण लगायतका कार्यक्रम गरिरहेको छ ।
