• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

का. मोहनविक्रम सिंहको “का. जलजला” उपन्यासको सन्दर्भमा संक्षिप्त टिप्पणी


  •   आइतबार, साउन २८, २०८० मा प्रकाशित
  • मनोज भट्ट, काठमाडौँ ।

    Advertisement

    लामो समयदेखि पाठकहरूले का. मोहनविक्रम सिंहको जलजला उपन्यासको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् यद्यपि प्रतिक्षाको घडी अझै लम्बिने छ । यही २०८० साउन २३ गते आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले राजनीतिक व्यस्तताका कारण यो वर्ष उपन्यास प्रकाशन हुन नसक्ने सार्वजनिक गर्नुभएको छ ।

    यो वर्ष प्रकाशन हुन नसके पनि यो खुसीको विषय हो कि उपन्यासलेखन कार्य पूरा भइसकेको पनि जानकारी गराउनुभएको छ । तयार भएको उपन्यासलाई एक चोटि पढेपछि मात्र प्रकाशनमा दिने योजना रहेको देखिन्छ ।

    यो उपन्यासको योजना, फिल्ड भिजिट, अध्ययन तथा तयारीमा का. मोहनविक्रमलाई वर्षौंवर्ष लागेको छ । आकारका हिसाबले उपन्यास १३–१४ सय पृष्ठको हुने तथा यसले ज्ञानका विभिन्न क्षेत्र समेटेको, मुख्य पात्र एउटै भए पनि थुप्रै पात्रको चरित्र चित्रण भएकाले नेपालको उपन्यास जगत्मा सम्भवत: यो नौलो अभ्यास हुने छ । नेपाली साहित्यमा अहिलेसम्म महा उपन्यास लेखिएको छैन । सायद जलजला त्यसको अभाव पूर्ति गर्न सफल हुने छ ।

    यस लेखमा मेरो उद्देश्य “कामरेड जलजला” को विषयमा अहिलेसम्म का. एमबीले सार्वजनिक गर्नुभएको जानकारीमा प्रवेश गर्नु नभएर लेखकले कुनै रचना तयार गर्दा लाग्ने समयका विषयमा मात्र आफूलाई सीमित राख्नु रहेको छ ।

    विश्वको साहित्य इतिहासमा कुनै लेखकलाई उच्च स्तरको कालजयी रचना; जस्तै : उपन्यास, शोधग्रन्थ, अनुसन्धानमाथि आधारित कुनै पुस्तक, विश्वकोश, शब्दकोश, महाकाव्य तयार पार्न लामो समय लाग्ने गरेको प्रशस्त उदाहरण पाइन्छन् यद्यपि कतिपय उत्कृष्ट रचना छोटो समयमा पनि तयार भएर पाठकमाझ पुग्ने पनि गरेका छन् । यसका विविध पक्ष हुन्छन् । कतिपय रचना लेख्दालेख्दै विभिन्न कारणले पूरा हुन नसकेर अधुरो रहेका उदाहरण पनि पाइन्छन ।

    विश्वप्रसिद्ध उपन्यास ‘युद्ध र शान्ति’ लाई तयार पार्ने क्रमा लियो टल्सटायलाई उपन्याससम्बन्धी सोचाइ बनाउन पाँच वर्ष लेख्न र प्रकाशन गर्न सात वर्ष गरी १२ वर्षको समय लागेको थियो । फारसीका महाकवि फिरदौशीले ६० हजार श्लोक भएको विश्वविख्यात महाकाव्य ‘शाहनामा’ तयार पार्न ३५ वर्ष लगाएका थिए । विश्वप्रसिद्ध अङ्ग्रेजी शब्दकोश ‘वेब्सटर्स डिक्सनरी’ तयार पार्न त्यसका लेखक नोह वेब्स्टरलाई ३६ वर्ष लागेको थियो ।

    नेपालको सन्दर्भमा पारिजातको जीवनमाथि आधारित पुस्तकका लेखक गोविन्द गिरी ‘प्रेरणा’ लाई पारिजातबारे अध्ययन गर्न १६ वर्ष र लेख्नमा चार वर्ष गरि २० वर्ष लागेको थियो ।

    यता, महाकवि लक्ष्मिप्रसाद देवकोटाले ३०० पृष्ठभन्दा केही बढी आकारको ‘सुलोचना’ महाकाव्य तयार पार्न जम्मा १० दिन अझ त्यसमा पनि ६० घण्टा लागेको थियो । ‘कुञ्जिनी’ शीर्षकको खण्डकाव्य त लक्ष्मिप्रसाद देवकोटाले एक रातमा तयार पारेका थिए ।

    कतिपय लेखकले धेरै समय र परिश्रम लगाएर तयार पार्न खोजिएका रचनाहरू पूरा हुन नसकेर अपूर्ण रहने गरेका पनि थुप्रै उदाहरण पाइन्छन । उदाहरणका लागि लक्ष्मिप्रसाद देवकोटाको ‘चम्पा’ शीर्षकको उपन्यास पूरा हुन पाएन । त्यस्तै, लियो टल्सटायको ‘डिसेम्बरवादीहरू’ शीर्षकको उपन्यास तीन अध्यायमा लेख्ने उहाँको योजना थियो । पछि त्यो विकसित भएर तीन उपन्यासको योजना बन्यो । टल्सटायले पहिलोमा रुसमा जारका विरुद्ध भएको डिसेम्बर विद्रोहको पृष्ठभूमि, दोश्रोमा विद्रोह र तेश्रोमा साइबेरिया निर्वासन र निर्वासनबाट फर्केपछिको जीवनका बारेमा उपन्यास लेख्ने योजना थियो । पहिलो कालको कथा विश्वप्रसिद्ध उपन्यास ‘युद्ध र शान्ति’ तयार भयो तर योजनाअनुसार दोश्रो र तेश्रो पुस्तक पूरा हुन सकेन । पछि अपूर्ण उपन्यासको तीनओटा अध्यायका तीनओटा खेस्रा पुस्तकको रूपमा प्रकाशित भएको थियो ।

    त्यसैले लेखकलाई रचना तयार पार्न लाग्ने समयका लागि धेरै फ्याक्टरले काम गरिरहेको देखिन्छ ।

    आइतबार, साउन २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.