• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कोरोना नपड्किएको एम्बुसः स्वास्थ्यमन्त्री ढकाल


  •   शुक्रबार, फागुन २३, २०७६ मा प्रकाशित
  • काठमाडौं । प्रतिनिधि सभामा कोरोना भाइरस सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । सांसद गगन थापाले शुक्रबार सो प्रस्ताव दर्ता गर्नुभएको हो । प्रस्ताव माथि ३९ जना सांसदहरुले भाग लिएका थिए भने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।

    Advertisement

    जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै मन्त्री ढकालले कोरोना भाइरस हाम्रै घर भित्र वा छेउछाउमा हुन सक्ने भन्दै सकर्तता अपनाउन आग्रह पनि गर्नुभयो । एक जना डाक्टरको भनाई उदृत गर्दै मन्त्री ढकालले भन्नुभयो, ‘कोरोना भाइरस कस्तो हो भने यो नपड्किएको एम्बुस जस्तो । हाम्रै घर भित्र पनि हुनसक्छ। हाम्रो छेउछाउमा पनि हुन सक्छ । नपड्किँदासम्म केही होइन जस्तो ।’

    उहाँले संक्रमण फैलन नदिन सरकारले पर्याप्त तयारी गरेको बताउनुभयो । विगतमा संकट परेपछि मात्रै सबै जना एक ठाउँमा उभिने परम्परा विपरित अहिले संकट आइपर्ने सम्भावना अगावै सबै दल एक ठाउँमा आउने वातावरण बनेको उहाँको भनाई थियो ।

    सांसदहरु कसले के भने?
    प्रस्तावमाथि आफ्नो धारणा राख्दै सांसद देव प्रसाद तिमिल्सिना सदनमा हात धुनुपर्छ भनेर भाषण दिने तर संसदबाहिर नै पानी नभएको बताउनुभयो । ‘यहि सदनमा हात धुनुपर्छ भनेर भाषण धेरै माननियहरुले गरे तर संसदबाहिर पानी छैन यहि हो रोकथाम ? खुला सीमाना छ । विभिन्न देशका नागरिक भारत हुँदै नेपाल भित्रिएको छ भन्ने छ त्यसको लेखाजोखा सरकारसँग छ , भाषण मात्रै गरेर हुन्छ ?’, उहाँले भन्नुभयो, ‘‘चीनले १० दिनमा १ हजार बेडको अस्पताल बनायो भन्ने तर नेपालमा भएको औषधि पनि लुकाएर बस्दा सरकार मुकदर्शक भएर बसेको छ । यस्ता कुराहरु संवेदनशील भएर हेर्नुप¥यो ।’’

    उहाँले चिकित्सकहरुलाई आत्मबल दिएर काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । बिमा सुविधा देखि लिएर अन्य सेवा सुविधा समेत बढाउनुपर्ने माग गर्दै उहाँले यस्ता भयावहको अवस्थासँग जुध्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
    उपप्रधानमन्त्रीको संयोजकत्वमा सरकारले समिति बनाएपनि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल उपप्रधान तथा रक्षामन्त्री संसदमा अनुपस्थित भएको प्रति उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

    सांसद रामकुमारी झाँक्रीले कोरोना भाइरसको वास्तविकता भन्दा बढी अफवाह फैलिएका कारण कालोबजारी मौलाएको बताउनुभयो । कालोबजारी बढेका कारण मान्छेहरु निरास हुने र मानविय संमवेदनाका धेरे पक्षहरु निर्मम र कठोर हिसाबले समाजमा देखिने अवस्था रहेकाले सरकारको उपस्थिति बलियो हुनुपर्ने बताउनुभयो ।

    कोरोनाका विषयमा सरकारको आधिकारिक धारणा आउनुपर्ने माग उहाँले गर्नुभयो । ‘एकातिर आत्तिनुपर्दैन भन्ने अर्कोतिर काम पनि नगर्ने । नेपालमा फैलियो भने यसको जोखिमबाट बच्न धेरै गाह्रो छ’, उहाँले भन्नुभयो ।

    स्वास्थ्यमा मात्रै नभएर यसले नेपालका अर्थतन्त्रमा पनि प्रभाव पार्न सक्ने तर्फ उहाँले सबैको ध्यानाकर्षण गराउनुभयो । नेपालका आयोजनाहरुका समयमै पुरा नहुने चिन्ता एकातिर हुँदा भारत र चीनबाट आउने कामदारहरुको क्वारेन्टाइन गर्न पनि सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । कालोबजारी नियन्त्रण गर्ने, विमानस्थलमा मात्रै नभएर ढुवानीका साधानहरुमा पनि क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने र सीमा नाकाहरुमा पनि चेकजाँचको व्यवस्था गरी हेल्थ डेस्कको व्यवस्था गर्नुपर्ने माग उहाँले गर्नुभयो ।

    सांसद मीन विश्वकर्माले कोरोना भाइरसको संक्रमणले स्वास्थ्य मात्रै नभई ठूलो आर्थिक संकट पनि ल्याउने संभावना देखिएकाले मेडिकल किट मात्रै वितरण गरेर नहुने भएकाले औद्योगिक क्षेत्रलाई पनि सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले सन्त्रास फैलाउने नभई सचेतना फैलाउने गरि एकद्धार प्रणालीबाट सुचना सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘संसदभवन भित्रै पानी र साबुनको व्यवस्था छैन । हामीले गाउपालिकामा स्कुलमा, सामुदायिक स्कुलहरुमा कसरी उपलब्ध गराउन सक्छौ रु सरकार अत्यन्तै युद्धस्तरमा जाओस् र स्वास्थ्य क्षेत्रमा मात्रै होइन । आर्थिक क्षेत्रलाई पनि यस्ले गम्भीर असर पार्ने भएको हुनाले यसमा सरकारको गम्भीर ध्यान जाओस् ।’

    सांसद लक्ष्मणलाल कर्णले कोरोना भाइरसको संक्रमण नियन्त्रणका बारेमा संसदलाई यथार्थ जानकारी गराउन सरकारलाई आग्रह गर्नुभयो । कोरोना अन्य फ्लु जस्तै भएको र कोरोना भाइरसको कारण मृत्यु हुनेको दर ज्यादै न्यून रहेको भन्दै जनतालाई त्रास नभई सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । भयानक रोग होइन भन्ने कुराको प्रचार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले भन्नुभयो, “सोसल मिडियामा नभएको अवस्थामा यति प्रचार पनि थिएन । अहिले सोसल मिडिया करोडौमा गईरहेको रहेछ ।

    कसैले रक्सी खाए ठिक हुन्छ भन्छ । कसैले प्याज खाए ठिक हुन्छ भन्छ । कसैले लसुन खाए ठिक हुन्छ भन्छ । मन्त्री ज्यु के खाए ठिक हुन्छ तपाईले बताईदिए सारा सोसल मिडिया समाप्त हुन्थ्यो । रक्सी खाएर कहीँ रोग ठिक हुन्छ । माछा मासु स्वस्थ्य खायो भने के मान्छेलाई समात्छ ?अस्वस्थताले रोग फैलने हो । त्यसकारण, संसदमा माछा, मासु नखानु, रक्सी नखानु भन्ने पनि सुने ।” उहाँले स्वास्थ्यमा आवश्यक सर्तकता अपनाउन आग्रह सहितको सचेतना फैलाउनुको साथै आर्थिक अवस्थामा पनि असर नपार्ने गरि पनि आवश्यक व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

    पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका सांसद सरतसिंह भण्डारीले कोरोना भाइरसका विषयमा आएका फरक फरक अभिव्यक्तिहरुले ‘कन्फ्युज’ बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदमा जे जति कोरोना भाइरसको बारेमा कुराहरु आए । त्यसले म कन्फ्युज भए । कसको कुरा सुन्ने ? हामी कुनै विशेषज्ञ होइनौँ । अहिले सहि सूचना दिने प्रविधिको आवश्यकता छ । राज्यले कुनै ठाउँबाट आधिकारीक सूचना दियो भने बल्ल कन्फ्युजन हट्छ । गाउँपालिका नगरपालिका सबैले सूचना जारी गरेका छन् ।

    यस्तो गम्भिर विषयमा संघीय सरकारले सबैसँग सहकार्य गर्दै एउटा आधिकारीक सूचना जारी गर्नुप-यो । अत्यन्तै गम्भिरको विषय हो सबै जना गम्भिर बनौँ ।’ अहिलेको अवस्थामा जनचेतनाका कार्यक्रम गाउँगाउँमा पु-याउन स्वास्थ्यकर्मीहरुलाई उचित तालिम दिएर अगाडी बढ्न उहाँले स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्नुभयो । जनचेतना अभियान सञ्चालनका लागि ५० औं हजार मान्छेहरु रहेको उल्लेख गर्दै उहाँले सबैभन्दा पहिले स्वयमं बच्ने उपाय सिकाएर घरघरमा सूचना प्रवाह गर्ने वातावरण मिलाउनुपर्ने उहाँले बताउनुभयो ।

    यो समस्या स्वास्थ्य मन्त्रालयको मात्रै नभएर यसको असर बहुपक्षीय रुपमा डरलाग्दो भएको उहाँले बताउनुभयो । संवेदशील विषयमा छलफल हुँदा सरकारका सबैमन्त्रीहरु सहभागि हुनुपर्नेमा सम्बन्धित मन्त्री नै संसदमा अनुपस्थित रहेको प्रति उहाँले चिन्त व्यक्त गर्नुभयो । सबै मन्त्रालयहरुले आफ्नो मातहतका निकायहरुसँग छलफल गरी यसको असर ती असरबाट बच्ने उपायहरुको बारेमा अहिलेबाट नै अभ्यास गर्नुपर्ने उहाँले बताउनुभयो ।

    सांसद प्रदीप गिरीले पर्यावरण र कोरोना भाइरसका विरुद्ध संसदभित्र र बाहिरबाट एकजुट भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । पर्यावरण र यस्ता रोगहरुको विरुद्ध व्यक्तिगत दम्ब र महत्वकांक्षा त्यागेर सामुहिक निर्णय गर्ने बानी नबसाल्दासम्म कोरोना भाइरस बारबार आउने र यो झन खतरनाक हुने बताउनुभयो ।

    सबै दलहरुको विचार, वर्ग संघर्ष आफ्नो ठाउँमा राखेर वर्ग संघर्षभन्दा माथि उठी पर्यावरण र कोरोना भाइरसका विरुद्ध एकजुट भएर विरुद्ध यो ठूलो अवशर भएको बताउनुभयो । कोरोना भाइरसका विषयमा अनावश्यक आतंक फैलिएकाले यसबाट मुक्ति दिलाउनु पहिलो कर्तव्य भएको बताउनुभयो । इबोला र स्वाइफ्फु जस्ता महामारीहरु यसअघि पनि भोगेको उल्लेख गर्दै उहाँले कोरोना महामारीको आतंक मनबाट निकाल्नुपर्ने बताउनुभयो ।

    नेकपाका प्रमुख सचेतक समेत रहनुभएका सांसद देव प्रसाद गुरुङले अहिलेसम्मको अवस्थामा कोरोनाको संक्रमण नदेखिएपनि पूर्व सतर्कताको अवस्थामा सबै दलहरु एकजुट भएर अगाडी बढ्नुको विकल्प नभएको बताउनुभयो । चीनले कोरोना भाइरसका विरुद्ध लड्नका लागि गरेको प्रयासलाई आत्मसाथ गर्दै कुनै पनि महामारीका विरुद्ध कसरी सिंगो राष्ट्रलाई एकतावद्ध गरेर अगाडी बढ्न सकिन्छ भन्ने कुरा सिक्नुपर्ने उहाँले बताउनुभयो । उहाँले सीमा क्षेत्र र विमानस्थलमा उच्च सतर्कता अपनाउँदै आन्तरिक रुपमा पनि सजक हुनुपर्न बताउनुभयो ।  प्रतिनिधि सभाको अर्को बैठक यही फागुन २९ गते बस्ने गरी स्थगित भएको छ ।

    शुक्रबार, फागुन २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.