• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ९. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

  • १०. चाडपर्वले नेपाली मौलिकताको रक्षा गर्छ : नेपाली

राहुल गान्धीको सांसद सदस्यता पुन: बहाली


  •   सोमबार, साउन २२, २०८० मा प्रकाशित
  • नयाँदिल्ली । मोदी उपनामको टिप्पणी गरेको मुद्दामा गुजरात उच्च अदालतबाट दोषी ठहरिएका राहुल गान्धीको सदस्यतालाई लोकसभा सचिवालयले सोमबार पुनस्बहाली गरेको छ ।

    Advertisement

    भारतको सर्वोच्च अदालतले गत हप्ता (सन् २०२३ अगस्ट ४) मा गरेको एक फैसलाले गान्धीको पुनरावेदनमाथि उहाँ विरुद्धको सजाय र वायनाडबाट निर्वाचित सांसद सदस्य निलम्बनको निर्णय रोक्न आदेश सुनाएको थियो ।

    सर्वोच्चको फैसलाको आधारमा लोकसभा सचिवालयले सोमबार गान्धीको वायनाडबाट लोकसभाका लागि भएको प्रतिनिधित्वलाई पुन: बहाली गरेको हो ।

    “२४ मार्च, २०२३ को अधिसूचना नं २१/४(३)/२०२३/टीओ (बी) को निरन्तरतामा, भारतको सर्वोच्च अदालतले सन् २०२३ अगस्ट ४ मा विशेष अपिल अनुमति (सिआरएल) नम्बर ८६४४/२०२३ मा एक आदेश पारित गरेको छ, जसले केरलाको वायनाड संसदीय निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने लोकसभा सदस्य राहुल गान्धीको दोषसिद्धिमा रोक लगाएको छ” लोकसभा सचिवालयद्वारा जारी एक आधिकारिक अधिसूचनामा भनिएको छ ।

    “भारतको सर्वोच्च अदालतको अगस्ट ४ को आदेशलाई ध्यानमा राख्दै राहुल गान्धीको अयोग्यताको लागि, १४ मार्च २०२३ को राजपत्र अधिसूचना नम्बर २१/४ (३)/२०२३/टीओ (बी) द्वारा अधिसूचित गरिएको भारतको संविधानको धारा १०२ (१) (ई) को प्रावधानको साथ जन प्रतिनिधित्व अधिनियमको १९५१, धारा ८ बमोजिम थप न्यायिक निर्णयको अधीनमा रहेर काम गर्ने व्यवस्था रोकिएकोे छ ।”

    सर्वोच्च अदालतले शुक्रबार एक अन्तरिम आदेश जारी गर्दै मोदी उपनाम टिप्पणीलाई लिएर आपराधिक मानहानिको मुद्दामा गान्धीको सजायमा रोक लगाएको थियो ।

    गुजरात उच्च अदालतको आदेशलाई चुनौती दिने काङ्ग्रेस नेताको अपिलमा सर्वोच्च अदालतले जुलाईमा गुजरात सरकार र उजुरीकर्तालाई सूचना जारी गरेको थियो ।

    उक्त अदालतले यसअघि आफ्नो आदेशमा राहुललाई मोदी उपनामको टिप्पणीका कारण सुरत अदालतले दुई वर्षको जेल सजाय सुनाएको आपराधिक मानहानिको मुद्दामा उहाँको सजाय रोक्न अस्वीकार गरेको थियो ।

    यस मुद्दामा दोषी ठहर भएपछि गान्धीलाई मार्च २४ मा केरलाको वायनाडबाट सांसदपदका लागि अयोग्य घोषित गरिएको थियो । (रासस/एएनआई)

    सोमबार, साउन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन
    बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ
    व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने
    नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी
    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.