• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

इलाम अन्तुडाँडादेखि काठमाडौँसम्म


  •   आइतबार, साउन ०७, २०८० मा प्रकाशित
  • दीप गोले ##

    Advertisement

    कुरा २०८० जेठ २० गते शनिबारको हो । बिहान ९ बजेतिर कृष्ण सरको बाइकमा चढेर परीक्षामा सहभागी हुन वीरगञ्ज हिँडे।

    सडकमा भिड थियो । १० बजेबाट शिक्षक सेवा आयोगको प्रावि तृतीय श्रेणीको परीक्षामा सामेल हुन सबैलाई हतार थियो ।

    वीरगञ्ज एक घण्टाको परीक्षा सकाएर घर फर्केँ । बेलुका ९ बजे रौतहट जिल्लाको बागमतीबाट नाइट बस चढेर सुनसरी जिल्लाको झुम्कासम्मको यात्रा तय गरेँ । बसमा भिड थियो । बस्ने ठाउँ थिएन । मानिसहरू उभिएरै यात्रा गरिरहेका थिए । त्यसैले मैले पनि उभिएर यात्रा गरेँ । रातको समय थियो । वरिपरिको वातावरण देखिएन । ढल्केबरमा खाना खुवायो बसले । गाडी अगाडि बढ्दै थियो ।

    ठाउँ गाउँमा मान्छे झर्दै गए । बसले कोसी पुल पार गर्याे । केही समयपछि मेरो पनि झर्ने समय आउँदै थियो । बिहान ३ः३२ बजे झुम्काबजार ओर्लिएँ । गाडीबाहेक बजार सुनसान थियो । पोलमा बत्ति बलिरहेको थियो । मेरो अगाडि सहिदगेट झैँ रामधुनी प्रवेशद्वारनजिकै नहर पनि बगिरहेको थियो । फोन निकालेर राष्ट्रिय भूमि आयोगका सदस्य भैरवराज रेग्मीलाई फोन गरेँ, म झुम्कामा छु भनेर । रातकै समय थियो । उहाँले केही समय पर्खनू भन्नुभयो । मैले हुन्छ भनेर फोन काटेँ ।

    केही समयपछि मयूरी चालकले मेरो छेउमा आएर सोधे– भाइ, कहाँ जानुपर्ने हो ? कुन कलेज जानुपर्ने हो ? मलाई विद्यार्थी जस्तो देखेर होला, प्रश्न वसाइरहे उनले । मैले झोला बोकेको देखेर होला, उनी गए ।

    सडकमा गाडी बेला बेलामा गुडिरहेको थियो । विस्तारै उज्यालो छाउँदै थियो । ४ः४५ बजे भैरवजी आइपुग्नु भयो । उहाँ आउनुभएको कारमा चढेँ । त्यसपछि राजमो नेता अमृत पाण्डेको घरतर्फ लाग्यौँ । हाइवेबाट उत्तरतर्फ आठ किमि गुडेपछि उहाँको घरमा पुग्यौँ ।

    उहाँको घर पुगेर मर्निङ वाकमा हिँड्यौँ । तीन किलोमिटरजति हिँडेपछि धरान चतराको जोड्ने बाटोसम्म पुगेर फर्कियौँ ।

    १० बजे इटहरी पुगेपछि वी.पी. चोकमा युगदर्शन साप्ताहिकका व्यवस्थापक हरिकान्त शर्मासँग भेट भयो । त्यहीँ नजिकै राष्ट्रिय जनमोर्चा सुनसरी जिल्ला कार्यालयमा पुग्यौँ । ११ बजे साथीहरू जम्मा भयौँ ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय अध्यक्षसमेत रहनुभएका भैरवराज रेग्मीको विशेष उपस्थितिमा नेपालमा किसान वर्गको हकहितको बारेमा अब स्वयम् किसानले नै सोच्नुपर्ने उहाँले बताउनुभयो । किसान महासङ्घकी केन्द्रीय सदस्य सावित्रा ढकाल (रेग्मी), राजमो कोशी प्रदेश समितिका अध्यक्ष अमृत पाण्डेलगायतको सहभागितामा कोशी प्रदेशस्तरीय किसान महासङ्घ (अप्फा) का अध्यक्ष हरिलाल अधिकारी रहनुभएको सात सदस्यीय प्रदेश समिति गठन गरियो । त्यसपछि लगभग १ः३० बजेतिर धरान भेडेटारको यात्रामा निस्कियौँ ।

    घरान सहरको त्यो दृश्य आमाको काखमा बसिरहेको जस्तो देखिन्थ्यो । वरिपरि डाँडा पाखाले घेरिएको सुन्दर सहर थियो त्यो । ब्रिटिस लाहुरेको पसिनाले निर्माण भएको सहर हो रे त्यो । पूर्वी पहाडी जिल्लाका प्रवेश गर्ने नागबेली बाटो निकै आकर्षक थियो । भेडेटारको फेदमा वर्कसपको पसल कुरेर बसिरहेका रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य विशाल राईसँग प्रत्यक्ष भेट गरी केही कुरा गरियो । उहाँको दृष्टिकोण नेकपा (मसाल) प्रति अति नै सराहनीय पायौँ । जीवन रहुन्जेल पार्टी छोड्न नसक्ने कुरा उहाँले स्पष्ट रूपमा राख्नुभयो ।

    भेडेटारमा प्राकृतिक दृश्यपानका लागि भ्युटावर थियो । त्यसैमाथि चुनौती दिँदै कृत्रिम भ्युटावर निर्माणमा जुटिरहेका थिए भेडेटारबासी । भेडेटार सुनसरी र धनकुटा जिल्लाको सङ्गम रहेछ । निकै मिठो हावा चलिरहेको थियो । पारि डाँडामा राजारानी मन्दिर हामीतिरै हेरेर बसिरहेको जस्तो देखिन्थ्यो । त्यहाँ निकै पर्यटकको आगमन थियो । त्यो तातो गर्मी छल्नका लागि पनि उनीहरू भेडेटार पुगिरहेका थिए। त्यस आसपासका दृश्य मोबाइलसँगै मानसपटलमा पनि कैद गरी फर्कियौ । त्यस दिन हामी मोरङ जिल्लाको बेलबारीमा बास बस्यौँ ।

    जेठ २२ गते सुनसरीको तरहरा कृषि अनुसन्धान निर्देशनालयमा छ किसान सङ्गठनको संयुक्त सङ्घर्ष समितिको भेला तथा प्रशिक्षण सम्पन्न भयो ।

    कार्यक्रमको सञ्चालक छिरिङ लामा हुनुहुन्थ्यो भने अध्यक्षता रामदुलाल महतोले गर्नुभएको थियो । कार्यक्रममा अतिथिहरू भैरवराज रेग्मी र सावित्रा रेग्मीले नेपालमा किसान सङ्गठनभित्र महिला नेतृत्वको आवश्यकता औल्याउनुभएको थियो । कृषि अनुसन्धान निर्देशनालयका निर्देशका वरिष्ठ वैज्ञानिक केशवप्रसाद श्रेष्ठले कृषिको वर्तमान अवस्थाको बारेमा प्रोजेक्टरको माध्यमबाट प्रस्तुति राख्नुभएको थियो । विभिन्न किसान सङ्गठनका अतिथिकोे मन्तव्य सकिएपछि हामी त्यहाँबाट इलामको फिक्कल जाने निर्णय भयो ।

    हामी सुनसरी तरहराबाट इलामतर्फको यात्रामा अगाडि बढ्यौँ । झापाका विभिन्न सहर, वनजङ्गल हेर्दै चारआलीबाट उत्तरतिर अगाडि बढियो । दायाबाया घरसँगै चियाका बोटले निकै मन लोभ्याइरहेकोे थियो । नागबेली उकालो बाटो र गोधूलि साँझले अझ मनलाई कता कता लगिरहेको थियो । भिरपाखा हुँदै गाडी अगाडि बढिरहेको थियो ।

    इलामको यात्रा हाम्रा लागि पहिलो नै थियो । केही समयपछि फिक्कल पुगियो । हाम्रो स्वागत गर्दै विश्वहोटेल बसिरहेको थियो । त्यहीं बास बस्यौँ ।

    जेठ २३ गते बिहानै ३ बजे इलामको सूर्योदय हेर्न श्रीअन्तुडा“डातिर हस्याङफस्याङ गर्दै पुग्यौँ । सबै जना भ्युटावरमा चढेर फोटो खिच्न थालियो । केही समयपछि पूर्व क्षितिजले उज्यालो छोड्दै थियो । हामी सबै श्रीअन्तु डाँडाबाट सूर्य उदाएको हेर्न आतुर थियौँ तर त्यस दिन बादलले छोपेर खासै सूर्य उदाएको हेर्न नपाउँदा सबैको मन खल्लो बन्यो । फेरि पनि हाम्रो त्यतिकै कहाँ चित्त बुझ्दथ्यो र ? सबैको हात हातमा मोबाइल थियो । त्यसैले खिचेर भए पनि फर्कियौं ।

    श्रीअन्तुडाँडाको एउटा विशेषता भक्का, जुन चामलको पिठोलाई सानो कचौरामा राखेर पानीको बाफमा सेकाएर खाने गरिँदो रहेछ, सबै जनाले खायौँ ।

    सबै जना हिँडेर फेरि ओरालो झर्याैँ। हाङदरबार वरिपरि होटलसँगै पोखरी रहेछ । त्यसपछि फिक्कल फर्कियौं । कन्याम पुग्यौँ । धेरै पर्यटक आउँदारहेछन् त्यहाँ । त्यो सुन्दर हरियाली चियाबगानको सुन्दरतालाई चुम्न नेपालीदेखि विदेशी पर्यटकसम्म थिए त्यहाँ । कोही घोडामा फोटो खिच्न ताती लागेका थिए ।

    १२ बजेबाट कार्यक्रम सुरु भयो । कार्यक्रमको विषय थियो : “चिया उत्पादन, बजार र प्रमाणीकरणबारे नीतिगत छलफल कार्यक्रम” ।

    त्यस कार्यक्रमको आयोजक राष्ट्रिय किसान सञ्जाल नेपाल र राष्ट्रिय कार्यन्वयन समिति थिए । कार्यक्रमको सञ्चालिका हुनुहुन्थ्यो, दयालक्ष्मी श्रेष्ठ । कार्यक्रमको अध्यक्षता धनश्याम थापाले गर्नुभयो । अतिथितिहरूमा भैरवराज रेग्मी, बालराम बासकोटा, नहेन्द्र खड्का, लोकनारायण सुवेदी आदि हुनुहुन्थ्यो । राष्ट्रिय किसान सञ्जालका महासचिव रबिन राईले चियाकिसानका समस्याबारे विषयवस्तु उठान गरी प्रोजेक्टरमार्फत् स्पष्ट पार्नुभएको थियो ।

    चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु भट्टराईले नेपाल सरकारको तर्फबाट चिया तथा कफी उत्पादक किसानको हकहितका लागि केही प्रयास भएको जानकारी दिनुभयो । उहाँका अनुसार त्यो चियाबगान विदेशी कम्पनीले ठेक्का लिनु र सरकारलाई बुझाउनुपर्ने रकम नबुझाउनु नेपाली चिया उत्पादक किसानलाई प्रोत्साहनभन्दा पनि विस्थापित गराउने उद्देश्यका साथ उठाइएको कदम थियो । चिया मजदुर सुकुम्वासी जस्तै थिए । दिनभर चिया टिप्दा दिनको हाजिर पनि नबस्ने भएकाले चिया मजदुर काम छोडेको कुरा त्यहाँ चिया किसान नेता हर्क तामाङले उठाउनुभयो ।

    अतिथि भैरवराज रेग्मीले त्यहाँ किसानको मुद्दालाई राष्ट्रिय मुद्दा बनाएर किसान आन्दोलनको बिजारोपण गरी देशका समग्र किसानका माग पूरा गर्नुपर्नेमा जोड दिनुभयो । अन्तमा छ किसान सङ्गठनको मूल एजेन्डा र नेतृत्वमा आन्दोलन अपरिहार्य रहेको भन्ने निष्कर्ष निकालियो । त्यो दिन बेलुका ६ बजेतिर फिक्कललाई बिदा गर्दै हामी झापा दमकमा बास बस्यौँ ।

    जेठ २४ गते मोरङ उर्लाबारी आएर विवश राईसँग भेटघाटमा भयो । त्यस दिन इलामकै चुलाचुली गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कार्यक्रम थियो । त्यस कार्यक्रममा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रश्मिता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यमा ज्येष्ठ नागरिक मनकुमारी राईलाई सम्मान गरियो । त्यो दिन २३ जनालाई लालपुर्जा वितरण गरिएको थियो ।
    सोही दिन झापाको कनकाई नगरपालिका कार्यालयमा ५० जना भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरियो । सो कार्यक्रममा भैरवराज रेज्मी, नहेन्द्र खड्का आदि अतिथि हुनुहुन्थ्यो । त्यस दिन हामी झापाको सुरुङ्गामा बास बस्यौँ ।

    जेठ २५ गते बिहान मोरङ बेलबारीमा फेरि युगदर्शन साप्ताहिकका व्यवस्थापक हरिकान्त शर्मालाई छोड्यौँ । सुनसरीमा अमृत पाण्डेलाई बिदा गरी हामी सप्तकोशीको पुल पार गर्दै धनुषाको ढल्केबरबाट जनकपुरतर्फ अगाडि बढ्यौँ ।

    जनकपुरको रामनन्द चोकमा सहिदगेट उभिरहेको थियो । त्यसलाई नियाँल्दै ३ः३० बजे राष्ट्रिय भूमि आयोग महोत्तरीको जलेश्वर कार्यालयमा पुग्यौँ । गर्मी निकै थियो । बजारमा भिड थियो । राष्ट्रिय भूमि आयोगको जिल्ला अध्यक्ष ज्ञानबहादुर गोलेसँग भेटघाट भयो ।

    त्यहाँ महोत्तरीको कामको प्रगति र अप्ठ्यारा जस्ता कुरामाथि छलफल भयो । भैरवराज रेग्मीले आयोगको कानुनी किताब हस्तान्तरण गर्नुभयो । त्यस दिन बर्दिबास नगरपालिका चेरुमाई स्थानमा बास बस्यौँ ।

    जेष्ठ २६ गते लालबन्दी, हरिओन, नयाँरोड बागमती नदी पार गर्दै रौतहटका भूमि आयोगका अध्यक्ष लक्ष्मण रेग्मीसँग भेटघाट गरी छलफल गरियो । असारभित्र चन्द्रपुर नगरपालिकामा लालपुर्जा बाँड्ने योजना राखियो त्यहाँ । त्यसपछि निजगढ, पथलैया हेटौडा हुँदै चितवनका आएर बास बस्यौँ ।

    जेठ २७ गते चितवन हुँदै तनहुँको देवघाट दर्शन गर्न त्यसतर्क प्रस्थान गर्याै। कालीगण्डकी र त्रिशुलीको किनारमा लास जलिरहेका थिए । कति आफन्त शोकमा डुबेका थिए । मेरो आमापछिको ठुलो बुबा देवघाटमै जलाएको कुरा मैले सुनेको थिएँ । त्यहाँ पुगेर स्मरण भयो । मेरो मनका अनेकौँ शब्द त्रिशुलीको भेलमै कुर्लिरह्यो । भित्रभित्रै भावुक बनेँ किनकि उहाँले मलाई असाध्यै प्रेम, सल्लाह, सुझाव दिनुहुन्थ्यो । त्यहाँबाट हामी त्रिशुलीको किनारैकिनार हुँदै त्यो पाखापखेरा हेर्दै मदन भण्डारी र जीवराज आश्रितको सालिकलाई नियाल्दै अघि बढ्यौँ । त्रिशुली नदीलाई मोबाइलको लेन्सले कैद गरी चर्को गर्मीको बाबजुद हामी नागढुङ्गा उकालो लाग्यौँ । त्यहाँ बन्दै गरेको सुरुङमार्ग नियाल्दै काठमाडौँको बुढानीलकण्ठ हुँदै कोठामा पुगियो ।

    जेठ २८ गते बिहान १०ः१० राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा पुगियो । युगदर्शन साप्ताहिकका कार्यकारी सम्पादक दाजु प्रकाश थापामगर र अन्य साथीहरूसँग पनि भेट भयो । म पुस्कालयमा बसेर मोहनविक्रम सिंहको बारेमा किताब हेर्न थालेँ । त्यो पुस्तक नेकपा (मसाल) का प्रवक्ता तथा प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले लेख्नुभएको रहेछ ।

    त्यस पुस्तकबाट कम्युनिस्ट पार्टीमा लाग्ने व्यक्तिहरूलाई साँच्चै प्रेरणा मिल्ने छ । त्यसबाट आफ्नो सम्पूर्ण जीवन व्यक्तिगत जीवनभन्दा माथि उठेर देश र जनताको भविष्यका निम्ति बाटो देखाउने कर्मठ, जुझारु सङ्घर्षशील जीवन नै वास्तविक जीवन हो भन्ने कुरा सिक्ने छन् । आज नेपालमा कम्युनिस्ट पार्टीभित्र विचलनको बाटो अवलम्बन गरी देश र जनतामाथि भ्रम सिर्जना गर्नेको ठुलो हुल छ ।

    तिनीहरूलाई जनताले चिन्न नसक्दा देश अग्रगामी परिवर्तनभन्दा पनि पश्चगामी बाटोमा हिँड्न खोजेको पाइन्छ ।

    जेठ ३१ गते म कपन हुँदै महाराजगन्ज चोकसम्म हिँडेर भैरवराज रेग्मीसँगै कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान कार्यालयमा पुगेँ ।

    त्यस दिन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको लोकसङ्गीत विभागद्वारा “लोकसङ्गीत : हिजो र आज” विषयक सङ्गोष्ठी–२०८० चलिरहेको रहेछ । उक्त कार्यक्रममा वरिष्ठ लोकगायक प्रेमराजा महतको अध्यक्षता रहेछ । थुप्रै लोकगायक–गायिकाको सहभागिता थियो । त्यहीँ शम्भु राईसँग भेट भयो ।

    उहाँसँग मैले सोधे– “कुलपति कहाँ हुनुहुन्छ ?”

    उहाँले जवाफ दिनुभयो– “एक छिनपछि आउनुहुन्छ । केही समय बस्नुस् न ।”

    म पर्खेर बसेँ । दिउसोको १ बज्यो । म झुक्किएर अर्को कुलपतिको पर्खाइमा बसेछु । डा. कौशिला रिसाल म्याडमलाई फोन गरेँ ।

    प्रज्ञा–प्रतिष्ठानको सोधपुछ कक्षमा सोध्नु भन्नुभयो । त्यहाँ सोधेँ । भित्र जान भन्नुभयो । ढोका बाहिर बोर्डमा हेर्दै कुलपतिको कार्यकक्षमा पुगेँ ।

    त्यहाँ राधा म्यामसँग भेट भयो । उहाँले मेरो कविताको पाण्डुलिपि हेर्नुभयो । उहाँले कम्प्युछर अपरेटर रवीन्द्र तिमिल्सिनासँग भेट गराउनुभयो । उहाँले मेरो कविताको प्रिन्ट हेर्नुभयो । मेरो नाम र लेखकीय भूमिका चाहियो भनेर इमेल ठेगाना लेखेर दिनुभयो ।

    त्यसपछि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति डा. भूपाल राईसँग भेट भयो । उहाँले सोध्नुभयो– कहाँबाट के कामले आउनुभएको ? मैले कविता सङ्ग्रह निकाल्ने तयारीमा छु । त्यसैको लागि हजुरको प्रतिष्ठानको शुभकामना मन्तव्य लिन आएको भनेर जवाफ दिएँ ।

    उहाँले घर सोध्नुभयो । म जन्मेको सिन्धुली जिल्लाको मरिण गाउँपालिका तर अहिले रौतहट जिल्लामा छु भनेपछि सिन्धुलीको बारेमा राम्रो कुरा गरेर भेटघाट टुङ्गियो । बिदा मागेर म आफ्नो बाटो लागेँ ।

    जेठ ३२ गते राजमो कार्यालयमा साहित्यकार रामप्रकाश पुरीसँग भेट भयो । उहाँले मेरो कविता सङ्ग्रहको प्रिन्ट कपी हेर्नु भयो । म भूमिका लेखिदिन्छु भन्नुभयो । त्यसै दिन नेपाल प्रज्ञा–प्रतिष्ठानबाट शुभकामना मन्तव्य आइपुग्यो । त्यसको केही दिनपछि रामप्रकाश पुरीको भूमिका पनि आइपुगेको छ । अब मेरो अगाडि छिटोभन्दा छिटो कविता सङ्ग्रह प्रकाशित गर्ने अभिभारा आएको छ ।

    आइतबार, साउन ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.