काठमाडौं । भारतको आगरास्थित यमुना नदीले आइतबार बिहान खतराको स्तर पार गरेको छ। ४५ वर्षपछि यमुनाको पानी ताजमहलको पर्खालमा पुगेको छ।
Advertisement
आइतबार उत्तर प्रदेशका अधिकांश जिल्लामा वर्षा भएको थियो। जसकारण नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ। आगराको दक्षिणी किनारमा एटमदौलाको यमुना किनारमा रहेको चेम्बरमा एकदेखि डेढ फिटसम्म पानी भरिएको छ।
ताजमहलको छेउमा यमुनाको किनारमा बनेको बगैँचा बाढीले बगाएको थियो।
यसअघि सन् १९७८ को बाढीमा यमुनाको पानी ताजमहलको तहखानेसम्म पुगेको थियो। सीमावर्ती गाउँ डुबेको छ । प्रशासनले रेड अलर्ट जारी गरेको छ।
भारतको मौसम पूर्वानुमान महाशाखाको पछिल्लो पूर्वानुमानमा राज्यका सबै जिल्लामा भारी वर्षा हुने चेतावनी दिइएको छ।
उत्तर भारतमा अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण जनधनको ब्यापक क्षति भएको छ ।