• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्युठानमा गिरफ्तार हुँदाहुँदै उम्केका दुईओटा घटना

"सङ्क्षिप्त संस्मरण शृङ्खला–२१ "

  •   बुधबार, असार २०, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    भूमिगत कालमा म कैयौँ पल्ट गिरफ्तार हुँदाहुँदै उम्केको छु । त्यस प्रकारका केही घटनाको मैले यहाँ उल्लेख गर्दै छु । त्यस सिलसिलामा मैले यस अङ्कमा खालि प्युठानसित सम्बन्धित घटनाको चर्चा गर्नेसम्ममा सीमित रहने छु ।

    प्युठानमा पहिले प्रतिमान चन्द बडाहाकिम हुनुहुन्थ्यो । उहाँलाई कम्युनिस्ट भएको आरोप लगाएर उहाँको विरुद्ध केन्द्रमा कैयौँ उजुरी परेको थियो । त्यस प्रकारको आरोपमा केही सत्यता अवश्य पनि थियो ।

    प्रथमत: उहाँसित हाम्रो पारिवारिक नाता पर्दथ्यो । उहाँसित बुबा खिमविक्रमको धेरै पहिलेदेखि नै घनिष्टता थियो । प्युठानको रातामाटामा हाम्रो तीन महिने शिविर चल्दा उहाँले त्यसका विरुद्ध कुनै कारबाही गर्नुभएको थिएन । २०१० सालमा नारिकोटमा भएको किसान आन्दोलनको बेलामा हामीले जालीफटाहा विरुद्ध कैयौँ कारबाही गरेका थियौँ । त्यसबारे उजुरी पर्दा पनि प्रतिमानले कुनै कारबाही गर्नुभएको थिएन । त्यसकारण उहाँको विरुद्ध कम्युनिस्टसँग मिलेको भनेर आरोप लगाउनुको पछाडि केही न केही सत्यता अवश्य थियो । त्यस प्रकारको उजुरी परेपछि सरकारले उहाँलाई प्युठानको बडाहाकिमबाट हटाएर काठमाडौँ–७ मा पठाएर प्युठानमा नयाँ बडाहाकिम पठायो ।

    प्युठानमा आउनेबित्तिकै नयाँ बडाहाकिमले जिल्लाव्यापी रूपमा भ्रष्टाचारको नाममा दमन अभियान नै चलाए । त्यसका विरुद्ध हाम्रो पार्टी र नेपाली काङ्ग्रेसले संयुक्त भएर आन्दोलन सुरु गर्ने निर्णय गरियो । त्यसका लागि ओखरकोटको मच्छीमा हाम्रो पार्टी र नेपाली काङ्ग्रेसको एउटा संयुक्त भेला सम्पन्न भयो । त्यो भेलाले एउटा संयुक्त सङ्घर्ष समिति गठन गर्‍यो । भेलाले पिता खिमविक्रमलाई सभापति, नेकाका सभापति अनिरुद्र शर्मालाई उपसभापति र मलाई सेक्रेटरी चुनेको थियो ।

    मच्छीको भेलापछि जिल्ला प्रशासनले बुबा र मेरो विरुद्ध वारेन्ट काटेको थियो ।

    सरकारले वारेन्ट काटेको भए पनि म प्युठान जिल्लामा प्रायश: हिँडिरहन्थेँ । म दिउँसो पनि हिँड्ने गर्दथेँ । धेरैजसो एक्लै पनि हिँड्ने गर्दथेँ । बुबा धेरैजसो कौछेको घरैमा बस्नुहुन्थ्यो तर उहाँको डरले पुलिसहरू कहिल्यै पनि घरमा जाने हिम्मत गर्दैनथे ।

    एक दिन म बेलुकीपख आफ्नो गाउँबाट अर्गलीको बाटो हुँदै बागदुलातिर जाँदै थिएँ । म अर्गली काटेर चिसाबाङको खेतको बाटो हुँदै कुटेचौरतिर जाँदै थिएँ । त्यही बेला बन्दुक बोकेर आएका दसबाह्र जना पुलिसको एउटा हुलसित मेरो जम्काभेट भयो । उनीहरूलाई देखेपछि म तर्सिएँ तर अब भाग्ने उपाय थिएन । म यताउता लागेको भए पनि उनीहरूले मलाई सजिलै समात्न सक्दथे । त्यसैले मैले केही नभए जस्तो गरेर पुलिसको छेउबाट नै दायाबाया नहेरिकन बाटो काटेर गएँ । त्यो बेला मैले सोचेको थिएँ : उनीहरूले मलाई अवश्य पनि पक्रने छन् तर उनीहरूले मलाई केही गरेनन् र म सरासर अगाडि गएँ ।

    मलाई अहिलेसम्म पनि आश्चर्य लागिरहेको छ, त्यो बेला उनीहरूले मलाई किन पक्रेनन् ? रातामाटामा पुलिस ब्यारेकको नजिकै हामीले तीन महिनासम्म शिविर चलाएका थियौँ । त्यसकारण उनीहरूले मलाई नचिन्ने कुरै थिएन । सायद मैले पनि उनीहरूमध्ये कैयौँ जनालाई चिनेको थिएँ हुँला तर त्यो बेला मैले कसैको मुखमा नहेरिकन सरासर गएको थिएँ । त्यसैले मैले पनि कसैलाई चिनिनँ । अहिले मैले सोच्दछु, सायद दुईओटा कारणले उनले मलाई पक्रेका थिएनन् । एउटा, उनीहरूको अफिसर प्युठानमा सायद नयाँ आएका थिए र उनले मलाई चिन्दैनथे । त्यसैले म उनको नजिकैबाट गएको भए पनि मलाई पक्रने आदेश दिन सकेनन् । अर्को कुरा, आफ्नो अफिसरले केही नभनेको हुनाले अरू पुलिसले पनि मलाई पक्रन खोजेका थिएनन् । त्यसबाहेक कतिपय पुलिसले हामीप्रति सहानुभूतिसमेत राख्ने भएको हुनाले पनि तुरुन्तै पक्रिने काम नगरेको हुन सक्दछ । त्यो बेलाका ती दुई घटनाबाहेक अरू कुनै कारणले काम गरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।

    त्यो बेला मेरो खल्तीमा पेस्तोल पनि थियो । यताउता हिँड्दा मैले सुरक्षाका लागि पेस्तोल लिएर हिँड्ने गर्दथेँ तर त्यति धेरै पुलिसको माझमा मेरो एउटा पेस्तोलले कुनै पनि काम गर्न सक्दैनथ्यो । मलाई पक्रिँदा मेरो साथमा पेस्तोल भेटिएपछि ममाथि झन् ठुलो मुद्दा लाग्न सक्दथ्यो । जे होस्, त्यो बेला म गिरफ्तार भइनँ ।

    म बाटोमा पछाडि फर्केर नहेरिकन सरासर अगाडि गएँ । मैले पछाडि फर्केर हेर्दा पुलिसहरूलाई शङ्का लाग्न सक्दथ्यो तर मलाई के शङ्का थियो भने पुलिसहरूलाई मेरोबारेमा थाहा भएपछि उनीहरू पक्कै पनि पक्रन आउन सक्नेछन् ।

    त्यही बेला विपरीत दिशाबाट अर्गलीतिर जान आएका एक जना मान्छेसँग भेट भयो । मैले सोधेपछि पुलिसहरू फर्केर आउन थालेको कुरा थाहा भयो । उनीहरूमध्ये केही दगुर्दै आइरहेका थिए । त्यो कुरा सुनेपछि मलाई यो कुरा बुझ्न गार्‍हो परेन कि उनीहरू मलाई नै पक्रिन आइरहेका थिए तर अझै पनि उनीहरू मभन्दा केही टाढा नै थिए । त्यसैले म बढी आत्तिनुपर्ने आवश्यकता थिएन ।

    त्यति बेला म खेत काटेर झम्नेठाँटीनजिकको एउटा ठाडो खोलाको खोल्सामा झरेको थिएँ । त्यहाँबाट सरासर अगाडि बाटैबाटो जानुको सट्टा म दायातिर लागेँ । झिमरुक तरेर खोलापारिको एउटा अर्को खोल्सामा पसेँ । त्यसैले पुलिसहरूले मलाई देख्न सकेनन् ।

    खोल्सैखोल्सा केही माथि पुगेपछि मैले खेतमा निस्केर एउटा रुखको आडबाट पारिका पुलिसहरूलाई हेर्न थालेँ ।

    मलाई नभेट्याएपछि उनीहरूले म गाउँतिर लागेको अनुमान गरेका थिए होलान् । त्यसैले उनीहरू गाउँका प्रत्येक घरमा मलाई खोजतलास गर्दै हिँडिरहेका देखिन्थे ।

    अब साँझ परिसकेको थियो । यो समयमा फर्केर पहिलाकै बाटो जानु वा कुटेचौरतिर लाग्नु खतराभन्दा खाली थिएन । त्यसैले म माथिको जङ्गलतिर लागेँ तर त्यहाँ कुनै बाटो थिएन । म त्यो जङ्गलमा नै तीनचार घण्टासम्म यताउता घुमिरहेँ । त्यसरी घुम्दाघुम्दै रातको करिब १२ बजिसकेको थियो । अब भोक र निद्राले पनि मलाई धेरै नै सताउन लागिसकेको थियो । कुनै कुनै बेला म जङ्गलमा नै पल्टेर निदाउने कोसिस गर्दथेँ तर धेरै बेर सुत्न पनि सक्दिनथेँ किनभने त्यहाँ जङ्गली जनावर वा सर्पको डर हुन सक्दथ्यो तर संयोगले त्यो बेला त्यहाँ त्यस्तो समस्या देखा परेन ।

    अब धेरै बेर त्यसरी जङ्गलमा बस्नु उचित नठानेर म जङ्गलैजङ्गल तलतिर झर्न थालेँ । करिब २ बजे राति म लुङको दोभाईमा देविबहादुर केसीको घर पुगेँ । उहाँ हाम्रो नातेदार हुनुहुन्थ्यो । म पुग्नेबित्तिकै उहाँका जहानले मलाई खाना पकाएर खान दिनुभयो । त्यो राती म त्यहीँ सुतेँ ।

    अर्को दिन बिहान खाना खाएर म पाङबाङको झोलुङ्गे पुल तरेर दम्तीको बाटो हुँदै गेजबाङ पुगेँ । त्यहाँ श्यामबहादुर, लङ्कबहादुर र रामचन्द्रहरूसित बसेर आन्दोलनसम्बन्धी केही सल्लाह गरेँ । साँझ परेपछि बागदुलातिर लागेँ ।

    गेजबाङबाट बागदुला जाने मूल बाटो खेतैखेत जान्थ्यो तर साथीहरूले मलाई त्यो बाटो नगएर दायातिरको छेउको बाटो जाने सल्लाह दिनुभयो । त्यो बाटोमा अहिले मोटरबाटो चल्दछ तर त्यो बेला सानो गोरेटो मात्र थियो ।

    त्यो बाटो बागदुला हुँदै पुर्णेखोला पुगेर म अनिरुद्र शर्माको घरमा बसेँ । म त्यहाँ पुगेको करिब एक घण्टाजति भएको थियो, त्यही बेला पुर्णेखोलाका एक जना साथी दगुर्दै अनिरुद्रको घरमा आइपुग्नुभयो । उहाँले पुलिसहरू मलाई पक्रिन यतै आउन थालेको बताउनुभयो ।

    अनिरुद्र शर्मा पनि सङ्घर्ष समितिको उपसभापति हुनुहुन्थ्यो तर उहाँको नाममा वारेन्ट काटिएको थिएन । त्यो बेला सरकारले नयाँ बडाहाकिमलाई सायद कम्युनिस्टहरूलाई मात्रै दमन गर्ने निर्देशन दिएको थियो । त्यसैले उहाँको नाममा कुनै वारेन्ट काटिएको थिएन । म भने आन्दोलनको कार्यक्रमबारे सल्लाह गर्न उहाँको घरमा गएको थिएँ ।

    मेरा लागि खाना पाक्दै थियो, यो सूचना पाएपछि अब खाना खाने समय बाँकी थिएन । मलाई समाचार दिन आउने साथी र म तुरुन्तै बाहिर निस्कियौँ । त्यही बेला केही परको बाटोमा पुलिसहरू आएको आवाज आयो ।

    मैले सँगै आएको साथीलाई टर्च बाल्दै काल्लाहरूतिर फुङ्गाल्दै तलतिर जान भनेँ । त्यसो गरेपछि पुलिसहरू म तलतिर भागेको सोचेर उतैतिर दौडिँदै छन् भनेर मैले सोचेको थिएँ ।

    त्यो बेला मध्यरात थियो । म एउटा कुनामा आड लागेर लुकेँ । सँगैको साथीले मैले भने जस्तै गर्नुभयो । पुलिसहरू टर्च बालेर डौडिँदै गएका ती साथीका पछाडि दौडिँदै गए । केही तल पुगेपछि हाम्रा साथीले टर्चलाइट निभाउनुभयो र एकातिर लाग्नुभयो ।

    म अनिरुद्रको घरबाट निस्केर जङ्गलतिर लागेँ र केही माथि उहाँका भाइ भीमार्जुन शर्माको घरमा गएर बसेँ । अर्को दिन पनि बागदुला वा पुर्णेखोलातिर जानु खतरा हुन्थ्यो । त्यसैले म दिनभरि भीमार्जुनको घरभन्दा केही माथिको जङ्गलमा बसेँ । भीमार्जुनको परिवारले मेरा लागि खानापानी र दिउँसो नास्ता पनि ल्याइदिनुभयो ।

    त्यो घटनाको केही दिनपछि जुलुस लगेर बागदुलामा राति बास बसेको बेलामा पुलिस र सेनाले घेरा हालेर हामी छ जनालाई गिरफ्तार गरेको थियो । त्यो बेला हामी उम्कन पनि सक्दथ्यौँ । बुबा खिमविक्रमलाई हामीले त्यहाँबाट भागेर जान भन्यौँ तर खगुलाल गुरुङ, नन्दलाल गुरुङ, रूपबहादुर पाण्डे, सिद्धिमान र म तथा नेपाली काङ्ग्रेसका हेमराज पण्डितसमेतले गिरफ्तारी दिएका थियौँ भन्नेसमेतको चर्चा मैले यसभन्दा पहिलेको एउटा संस्मरणमा गरिसकेको छु ।

    बुधबार, असार २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.