• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मर्दामर्दै बाँचेका पाँच घटना

"सङ्क्षिप्त संस्मरण शृङ्खला–२० "

  •   बिहिबार, असार १४, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    मानिसको मृत्यु जीवनमा एकै पल्ट हुन्छ तर कैयौँ मान्छेहरू जीवनमा कैयौँ पल्ट मर्दामर्दै बाँचेका हुन्छन् । त्यही कुरा मेरो जीवनमा पनि कैयौँ पल्ट भएको छ ।

    —१—

    म घोराही वा भालुबाङ कताबाट आउँदै थिए ? मलाई त्यो कुराको सम्झना छैन ।

    प्युठानको देविस्थान पुग्नुभन्दा पहिले एउटा ठाडो खोला आउँछ र त्यो खोला माडीमा मिसिन्छ । त्यो बेला बर्खाको समय थियो । माडी उर्लिरहेको थियो । माडीमा मिसिने ठाडो खोला धमिलो थियो तर त्यति ठुलो थिएन । म सधैँ त्यो खोला तरेर वारपार गर्ने गर्दथेँ । त्यसकारण त्यो बेला पनि त्यो खोलालाई ठुलो नदेखेर आफ्ना कपडा छोडाएर झोलामा हाले र खोलो तर्न थालेँ ।

    म खोलामा केही अगाडि मात्र गएको थिएँ, पाल्तिरबाट एउटा मान्छेले ठुलो स्वरले कराएर भने : ‘खोलो तरेर नआऊ । खोलाले बगाउछ । केही माथि एउटा झोलुङ्गे पुल छ । त्यो पुलमा तरेर आऊ ।’

    पहिले त मैले त्यो मान्छेले भनेको कुरा बुझिनँ र म खोलातिर नै बढे तर पछि उनले झन् ठुलो स्वरले चिच्याउँदै मलाई नआउन भने । त्यसपछि म फर्केर आएँ र करिब एक घण्टाजति माथिको झोलुङ्गे पुलबाट तरेर देविस्थानमा आएँ ।

    देविस्थानमा आएपछि मलाई थाहा भयो : त्यो खोलो सानो जस्तो देखिए पनि धेरै कडा थियो । एक दिन पहिले त्यो खोलो तर्न थालेको एउटा मान्छेलाई बगाएर माडीमा लगेको रहेछ र त्यो मान्छेको पत्ता लागेको थिएन । ठाडो खोलाहरू त्यस्तै हुन्छन् र तर्न लागेको मान्छेलाई झारिहाल्छन् ।

    खोलापारिको एउटा अज्ञात मान्छेले मलाई सावधान गराएको हुनाले नै म त्यो बेला बचेँ अन्यथा त्यो बेला मलाई त्यो खोलाले बगाउँथ्यो र म माडीमा मिसिएर बेपत्ता हुन्थेँ ।

    मैले अहिले पनि त्यो अज्ञात मान्छेलाई सम्झिरहन्छु । त्यो मान्छेको मैले कहिल्यै अनुहार देखिनँ तर उनलाई चिनिनँ पनि तर त्यो मान्छेले मलाई कति ठुलो गुन लगाएको थियो ? मलाई मृत्युको मुखमा जानबाट बचाएको थियो । अहिले पनि मैले त्यो मान्छेलाई सम्झन्छु र उसप्रति मेरो मनमा कृतज्ञता भरिएर आउँछ ।

    —२—

    पञ्चायती तानाशाही कालमा मैले “उग्रवामपन्थी विचारधाराको खण्डन” लेख्दै थिएँ । त्यो बेला म कञ्चनपुरपारि भारत उत्तर प्रदेशको एउटा गाउँमा बसेको थिएँ । त्यो गाउँको नाम मलाई अहिले सम्झना छैन । त्यो गाउँमा ‘टङ्कनाथ पन्थी’ र उहाँको परिवार पनि बस्नुहुन्थ्यो । अब पन्थी ओशो सम्प्रदायको “स्वामी” बन्नुभएको छ । त्यो गाउँमा म करिब दुई महिना बसेको थिएँ र त्यही गाउँमा मैले “उग्रवामपन्थी विचारधाराको खण्डन” पुस्तक पूरा गरेको थिएँ । त्यही गाउँमा नै मेरो छोरी पूर्वा पनि जन्मिएकी थिइन् ।

    त्यो गाउँमा एउटा ठुलो ताल थियो । मैले प्रायश: त्यो तालमा गएर पौडी खेल्न सिक्ने गर्दथेँ । मैले प्रायश: छेउ छेउमा नै पौडी खेल्न सिक्ने गर्दथेँ । केही दिन पौडी खेल्न सिकेपछि मैले त्यो तालमा वारिबाट पारी नै पुग्ने विचार गरेँ र त्यसमा पसेँ तर त्यसको बिचभन्दा केही वर पुग्दा मलाई पौडी खेल्न अप्ठ्यारो हुन थाल्यो । तलाउको छेउमा दुई/तीन जना मानिस देखिन्थे तर सायद मलाई पौडी खेल्न अप्ठ्यारो भएको कुरा उनीहरूले थाहा पाउन सकेनन् र मलाई बचाउन पनि कोही आएन तैपनि जनतन केही बेरमा मैले पारितिर नगएर वारितिरको तिरमा नै फर्केर आए । त्यसरी त्यो बेला म एउठा ठुलो कालबाट बचेको थिएँ ।

    —३—

    बर्खाको समय थियो । म बसमा चढेर देहरादुनबाट लखनऊ आउँदै थिए । बाटामा एउटा ठुलो नदी पर्दथ्यो । त्यसमा बाढी आएको थियो । त्यो नदीको बिचमा एउटा सिमेन्टको पुल थियो । बाढीको पानी त्यो पुलको केही माथिसम्म पनि आएको थियो । त्यसैले त्यहाँ सबै बसहरू वारिका वारि र पारिका पारि नै रोकिएका थिए ।

    हाम्रो बसको ड्राइभर एक जना पञ्जाबी सरदार थिए । उनले त्यो पुलमा बस चलाउन थाले । त्यहाँका सबै मान्छेहरूले उनलाई त्यो बाढी आएको बेलामा त्यसरी पुलमा नपस्न भने तर उनले मानेनन् र बस पुलतिर बढाए । केही पर जानेबित्तिकै बाढी अरू बढेर आयो र गाडी हल्लिन थाल्यो । बसका सबै मान्छे कराउन थाले । सबैलाई यो लागेको थियो, बाढीले अब बसलाई बगाउँछ । मलाई पनि लागेर आयो, अब बाढीले बसलाई बगाउँछ र बाँच्ने कुनै उपाय छैन ।

    त्यही बेला नदीले एउटा ठुलो वृक्षलाई बगाउँदै ल्यायो । त्यो वृक्ष पुलको नजिकै आएर रोकियो । त्यो रुखका कारणले बाढीमा बढेर आएको पानी दायाबायातिर रोकियो र त्यही ठाउँमा ड्राइभरले बस रोके । यो स्पष्ट थियो, त्यो रुख त्यहाँ नआएको भए बाढीले बसलाई बगाएर लैजान्थ्यो । त्यो रुखका कारणले बस बच्यो । त्यो बस करिब एक घण्टासम्म त्यही रोकियो । त्यसपछि बाढी कम हुँदै गयो र हाम्रो बस पुल तरेर वाल्तिर आयो ।

    त्यो नदीका दुबैतिरका मान्छेहरूले आत्तिएर त्यो बसलाई हेरिरहेका थिए । बस किनारमा पुगेपछि त्यहाँका सबै मान्छेहरू धेरै खुसी भए र सबैले हात हल्लाएर बसका प्यासेन्जरलाई स्वागत गरे ।

    राति हामी लखनउ पुग्यौँ ।

    —४—

    म कपिलवस्तुको, त्यो बेलाको तौलिहवा जिल्लाको शिवपुरमा राति छन्दबहादुर कहाँ बास बसेँ र अर्काे दिन बिहान खाना आएर प्युठानतिर लागेँ । त्यो बेला मलाई वारेन्ट भएको हुनाले मूलबाटो भएर प्युठान जान मिल्दैनथ्यो । त्यसैले म प्युठान दोबाटोबाट दायातिर लागेँ र केही घण्टा नदीको किनारैकिनार हिँडेर साँझ चाबेगाउँमा पुगे । त्यहाँ केही बेर बसँे र म तलतिर झरेर त्यहाँको एउटा भट्टीमा बास बसेँ ।

    अर्काे दिन बिहान म त्यहाँको एउटा खोलाको तिरैतिर माथितिर असुरकोट जानका लागि हिँडे । त्यो बेला निकै गर्मी थियो । केही माथि मैले एउटा रह देखेँ । त्यसैले मैले त्यसमा नुहाउने विचार गरेर कपडा छोडाएर त्यो रहमा पसेँ तर त्यसमा भुमरी रहेछ । त्यसले मलाई आफूतिर तान्यो र घुमाउन थाल्यो । मैले त्यहाँबाट बाहिर निस्कने कोसिस गर्दथेँ तर भुमरीले मलाई त्यही घुमाइराख्दथ्यो । केही बेरपछि कसो कसो गरेर त्यो भुमरीले मलाई बाहिर फालिदियो । त्यसपछि म बाहिर निस्केँ र त्यहीँ बेहोस भएर पल्टे । त्यहाँ म कति बेर पल्टेँ ? थाहा भएन । मेरो जिउ एकदम कमजोर भएको थियो र हिँड्न पनि गार्‍हो लागिरहेको थियो तैपनि म सुस्त सुस्त गर्दै बाटो लागे र केही माथिको एउटा गाउँमा गएर दिउसै बास बसे । अर्काे दिन ढाकाबाङको अमलाचौरमा कुलानन्द बञ्जाडेको घरमा पुगेँ ।

    —५—

    म बेल्जियमबाट प्लेनद्वारा काठमाडौँ आउँदै थिएँ । बेल्जियमबाट उडेको केही दिनपछि प्लेन हल्लिन थाल्यो । कहिले दाया कहिले बाया गर्न थाल्यो । सबै यात्री आत्तिन थाले ।

    केही बेरपछि प्लेन घड्याम्म गर्दै तलतिर झर्‍यो । सबै यात्रुहरू ठुलो स्वरले चिच्याउन थाले । मैले प्लेनहरू त्यसरी खसेका र दुर्घटना भएका कैयौँ समाचार पढेको थिएँ । त्यो बेला मैले सोचेँ, अब जीवनको अन्त हुन्छ र बाँच्ने कुनै उपाय छैन ।

    केही छिनपछि पाइलटको स्वर प्लेनमा गुञ्जियो : ‘All things are under control’ (सबै कुरा नियन्त्रणमा छन्) । त्यो स्वर सुन्नेबित्तिकै प्लेनभित्र प्रसन्नताको ठुलो स्वर गुन्जियो ।

    केही घण्टापछि प्लेन दोहा वा दुबई कहाँ हो ? अहिले मलाई याद छैन, आएर उत्रियो । अर्काे दिन म काठमाडौँ आइपुगेँ ।

    बिहिबार, असार १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.