• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

युवक संघको मेची–महाकाली खबरदारी अभियान : संस्मरण–१


  •   बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित
  • अनिलकिशोर घिमिरे

    Advertisement

    नेकपा (मसाल) ले आफ्ना सबै जनवर्गीय संगठनलाई विभिन्न विषय दिएर संघर्षको कार्यक्रम सञ्चालन गर्न निर्देशन गरेको थियो । अखिल नेपाल युवक संघले भ्रष्टाचार र राष्ट्रघाती नागरिकता ऐन संशोधन विधेयकको कार्यक्रम सञ्चालन गर्ने ठेगान ग-यो । सयौँ मोटरसाइकलसहित एउटा बसको पनि व्यवस्था थियो । माघ १५ गते महेन्द्रनगरबाट सुरु गरी माघ २९ गते काकडभित्तामा पुगेर समापन गर्ने कार्यतलिका सार्वजनिक गरी पूर्वतयारीमा लागियो ।

    नेपालको तराईका २२ जिल्ला वास्तवमै संवेदनशील प्रकारका रहेका छन् । एकातिर, दक्षिणको सिमाना भारतसँग जोडिएकाले गर्दा कैयौँपटक सीमावासीले भारतीय दादागिरी र हस्तक्षेपको सामना गर्नुपरिरहेको छ, साथै खुल्ला सिमानाका कारण चोरीडकैती, तष्करीको समस्या बेहोरिरहनुपरेको छ भने अर्कातिर, तराईमा रहेका मुट्ठीभर जमिन्दार, दलाल, ठेकेदारले तराईका भोकानांगा गरिब किसानलाई दास बनाएर वर्षौंदेखि शासन चलाइरहेका छन् ।

    तराईको पिछडापन र गरिबीलाई भजाएर खरबौँ रकम विनियोजन गर्ने तर वास्तविक रूपमा त्यहाँको विकासमा परिचालन नहुने र सधैँभरि जनताले कष्टकर जीवन बिताइरहनुपर्ने बाध्यता रहेको छ । शासकदेखि प्रशासकसम्मले संस्थागत रूपले नै नीति बनाएर नै भ्रष्टाचार गर्ने गरेका छन् । विभिन्न बहानामा नेपाल आउने र यतैको नागरिकता प्राप्त गर्ने परिपाटीले रैथाने नेपाली अल्पमतमा पर्ने र भारतीय नागरिक बहुमतमा रही मुलुक फिजीकरण हुने खतरा पैदा भइरहेको छ । सत्ता र शक्तिमा रहने दलले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि विदेशीका सामु आत्मसमर्पणवादी प्रवृत्ति अपनाएर विदेशी साम्राज्यवादी एजेन्डालाई यहाँ नीतिगत रूपमै संस्थागत गर्ने काम हुँदै गएको छ । यसकारणले नेपालको तराई क्षेत्र भू संवेदनशील अवस्थामा रहेको छ ।

    हाम्रो अभियान पनि त्यही क्षेत्रका जनतालाई जागरण पैदा गर्ने उद्देश्यबाट अभिप्रेरित रहेकाले यसको ठुलो र ऐतिहासिक महत्व रहेको छ । सङ्गठनको अध्यक्षको हैसियतले यति ठुलो कार्यक्रमको सम्पूर्ण व्यवस्थापन र यसलाई गन्तव्यमा पु-याउनुपर्ने चुनौती रहेकाले मेरो नेतृत्वमा हुने उक्त अभियान मेरो साङ्गठनिक जीवनको अझ महत्वपूर्ण पाटो रहने निश्चित थियो ।

    २०७६ माघ १५ गते महेन्द्रनगरमा अभियानको उद्घाटन गर्न पुग्नुपर्ने थियो । माघ १४ गते बुटवलबाट १६०६ नम्बरको बस रिजर्भ गरी मसाल र तारांकित रातो झण्डा फर्फराउँदै रातो घेरासहितको हरियो ज्याकेट भिरेर हाम्रो यात्रा बुटवलबाट पश्चिमतिर हानियो । माघको आधाआधी समय, चिसो हट्ने त कुरै भएन । सिसा लगाइएको बसभित्र त चिसो सिरेटोले हान्दै थियो, अझ मोटरसाइकलमा हिड्ने कामरेडको स्थिति के भए होला ? जे होस्, एउटा सामाजिक जागरणको महान् अभियानमा हिँडेका हामी यात्रीलाई चिसोको कुनै पर्वाह थिएन । मात्र हाम्रो सोचाइ थियो, भ्रष्टाचारीको मुटुमा ढ्याङ्गो ठोक्ने, राष्ट्रघातीलाई थर्कमान पार्ने ।

    भालुवाङमा खाजा खाएर कोहलपुर पुग्दा झमक्क साँझ परिसकेको थियो । महेन्द्रनगर पुग्दा राती हुने निश्चित भयो । साथीहरूले महेन्द्रनगरबाट पालैपालो फोनको घण्टी बजाउँदै थिए । खान, बस्नका लागि सहज होस् भन्ने उनको चाहना थियो, तर बसको अगाडि हुस्सुले छेक्दै थियो । पानीका बाछिटाले झ्यालको चर खोज्दै थिए र प्रतिकिमि बसको स्पिड घट्दै गइरहेको थियो । मोटरसाइकलमा झुण्ड्याइएको रातो झण्डा निथु्रक्क परेको थियो ।

    शायद अभियान उद्घाटनको पूर्वसन्ध्या प्रतिकूलजस्तो थियो । बाइकमा रहेका साथीका निधार, छाती र घुँडामा बज्रिएका पानीका छिटाले गन्तव्य चुम्ने अभिलाषामाथि कुठाराघात गर्दै थिए । घनघोर वर्षालाई छिचाल्दै ड्राइभरले बसलाई कुदाइरहेका थिए । ‘कहिले त हिमालचुलीमा, कहिले मधेश फाँटमा’ भन्ने जीवन शर्माको उत्कृष्ट गीत घन्किरहेको थियो ।

    रक्तिमका कलाकार साथीहरू बस ड्राइभरको छेउमै बसेर निद्रा हराइरहेका थिए । बर्दिया निकुञ्जको जङ्गलमा एक्कासी बस रोकियो । एकजना अपरिचय व्यक्तिगत व्यक्तिको छियाछिया भएको मृत शरीर बाटोको एउटा किनारामा छरपस्टिएको थियो भने अर्को किनारामा मोटरसाइकल पल्टिएको थियो । रातको समय जंगलको बाटो शायद कुनै अर्को गाडीले मोटरसाइकल ठक्कर दिएर भागेको अनुमान त्यहाँ हुँदै थियो । भर्खरै घटना घटेको थियो ।

    कारण त्यसको अनुसन्धान भइरहेको र एकजना घाइते बिरामीलाई अस्पताल पु-याइएको कुरा प्रहरीले उठाउँदै थियो । हामीलाई हतार भएकाले छिटो छिटो गाडी साइड गरेर अगाडि बढ्यौँ । कैयौँ बाइकका साथीहरू त्यही जाममा भेटिएका थिए । पानीको पर्वाह नगरी उनीहरू अगाडि बढ्ने हिम्मत गरेका छन् । खाना खाने समय महेन्द्रनगर पुग्न अब ढिलो भइसकेको छ । चिसापानीतिरै खाना खानएर जाने सल्लाह भयो । बाइकमा रहेका केही साथीहरू अत्तरिया पुगेछन् । कतिपय त कोहलपुरतिर बसेछन् ।

    कतिपय साथीहरू हामीलाई पछ्याइरहेका थिए । हामी महेन्द्रनगर पुग्दा रातीको १२ बज्यो । पानी परिरहेको थियो । महेन्द्रनगर मस्त निद्रामा थियो । तर पनि प्रशान्त कमरेड जागै थिए । उनी सडकमा हामीलाई कुरिरहेका थिए । बाटो बिराएर झण्डै गड्डाचौकी पुगिएछ । फेरि फर्किएर हामी बस्ने ठाउँमा आइपुगियो । लामो यात्राले थकित भएकाले अरूभन्दा आरामतिरै ध्यान गयो ।

    माघ १५ गते बिहान ओछ्यान छोडेर बाहिर निस्कँदा झरी रोकिएको थिएन । अझ केही दिन पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ फेसबुकका भित्तामा असरल्ल देख्न पाइन्थ्यो । खरबदारी अभिानको उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको थियो । तर मौसमको गडबडीले सबैलाई चिन्तित बनायो । महेन्द्रनगरको मुख्य चोकमा हजारौँ जनसमुदायमाझ उद्घाटन गर्नेगरी सबै व्यवस्था गरिएको थियो । दिउसोसम्म वर्षा रोकिने आशा गरिए पनि त्यो सम्भव भएन ।

    हामीले ढिलो गर्दा सबै कार्यक्रमको तालिकामा असर पर्ने भएकाले स्थानीय नगरपालिकाको हल व्यवस्था गरी अभियानको उद्घाटन गरियो । युवक संघको झण्डा र राष्ट्रिय झण्डा अभियान टोली प्रमुखलाई हस्तान्तरण गरी राजमोका केन्द्रीय सदस्य मनोज भट्टले अभियानको उद्घाटन गर्नुभयो । कैयौँ जनवर्गीय संघठनका नेताले अभियान सफलताको शुभकामना दिनुभयो । उद्घाटन कार्यक्रमको समापनपछि सबै मोटरसाइकलमा झण्डा राखेर राष्ट्रियता र जनहितका कैयौँ गगनभेदी नारा लगाउँदै हाम्रो यात्रा अत्तरियातिर अगाडि बढ्यो । हरियो ज्याकेटमा लेखिएको ‘भ्रष्टाचारको अन्त्य गर’ भन्ने नाराले सबैको ध्यानाकर्षण गरेको थियो ।

    मान्छेहरू यस्तो -याली देखेर अचम्म मान्दै थिए । किनकि पार्टीहरू चुनावी मौसममा यस्तै गरी गाडीमा झण्डा हल्लाउँदै भोट माग्दै आउने गर्दछन् । तर चुनावबाहेकको समयमा यस प्रकारको कार्यक्रम कमैले मात्र गर्छन् । त्यसमध्ये हाम्रो पार्टी र यसका जनवर्गीय संगठनले बेलामौकामा यस प्रकारका अभियान गर्ने गरिएको छ । अत्तरिया पुग्दा साँझ पर्न लागेको थियो। अत्तरिया चोकमा पर्चा वितरणसहित एउटा कोणसभा गरी मयुर होटलतिर रातीको बसाइ गरियो ।

    माघ १६ गते बिहानै चिया खाएर यात्रा तय गरियो । अत्तरियाको अर्को चोकमा सभा गरी लम्कीतिर लागियो । कैलाली, कञ्चनपुरका कैयौँ साथीहरू हामीलाई चिसापानीसम्म छोड्न अगाडि लाग्नुभयो । बिचबिचमा फूलमालाले स्वागत गर्न साथीहरू चोकचोकमा जम्मा भएका थिए । कसैले राष्ट्रिय झण्डा हामीलाई हस्तान्तरण गरी हौसला प्रदान गर्दैथिए । साँच्चै यो दृष्यले हामीलाई राष्ट्रियताको पक्षमा अझ कटिबद्ध हुन प्रेरित गर्दथ्यो । सामाजिक अभियानमा सशक्त रूपमा लाग्न उत्साह प्रदान गर्दथ्यो ।

    लम्कीमा टिकापुरतिर साथीहरू आएर चियाखाजासहित स्वागत गर्न आतुर थिए । दिउसोको ११ बजे सदैव खाना खाने समय आज भने नास्ता बन्दै थियो । खाना त बाँसगढीमा तयार थियो, जहाँ करिब २ बजे पुगिन्थ्यो । जे होस्, अभियानमा सबै कुरा भनेजस्तो हुँदैन । तर पनि हामी लम्कीमा खाजा खाएर सानो सभा गरी अगाडि बढ्यौँ । जनताको तहबाट हाम्रो अभियानलाई व्यापक समर्थन र ऐक्यबद्धता प्राप्त हुँदै गयो । सामाजिक सञ्जालमा पनि व्यापक हुँदै गएपछि अभियान जति अगाडि बढ्यो, उति उल्लासमय हुँदै गयो ।

    बाँसगढीमा खाना खाँदा दिउसो २ बजेको थियो । खाना खाएर बाँसगढीमा सभा गरियो । बाँकेतिरका साथीहरू झण्डासहित मोटरसाइकलमा स्वागत गर्न आएका थिए । युवक संघको ठुलो झण्डा लिएर हाम्रो अभियान टोलीलाई हस्तान्तरण गर्दै गर्दाको दृष्य साँच्चिकै आकर्षक थियो । त्यही ठुलो झण्डाको नेतृत्व अगाडि लगाएर हामी कोहलपुरतिर लाग्यौँ । चोकचोक, बजारमा पर्चा छर्दैै, नारा लगाउँदै, भ्रष्टाचार विरुद्धमा जागरण पैदा गर्दै हामी कोहलपुरमा पुग्दा कर्णाली प्रदेशको टोलीले स्वागत ग-यो ।

    कोहलपपुरमा सभाको तयारी थियो । पूर्व सांसद हरि आचार्य सम्बोधनका लागि तयारीमा हुनुहुन्थ्यो । ज्वाला इलेक्ट्रिकल्सका पर्शुराम लामिछानेले नयाँ साउन्ड बक्स लिएर चोकमा घन्काइरहेका थिए । कोहलपुरको सभा सकिएपछि साउन्ड बक्स अभियान टोलीलाई हस्तान्तरण गर्नुभयो । अघिल्लो दिन कैलालीको टोलीले अभियानलाई कम्बल सहयोग गरेको थियो । यसरी ठाउँठाउँमा हामीलाई सहयोग र सद्भाव आउने क्रम चलिरह्यो । यसले अभियानलाई थप उर्जा प्रदान ग-यो । बिचबिचमा स्थानीय निकाय र अन्य कार्यालयबाट प्राप्त सहयोग, इन्धन, बजारबाट पाइने आर्थिक सहयोगले हाम्रो अभियानको व्यवस्थापनको काम सहज बनिरहेको थियो । साँझ नेपालगञ्ज पुगियो । अँध्यारो हुने तर्खरमा नेपालगञ्ज थियो । हतार हतार कार्यक्रम सम्पन्न गरियो । मेची–महाकाली लजमा खान, बस्नको व्यवस्था थियो । केही समय अभियानको समीक्षा ग-यौँ । समीक्षाले आगामी योजना बनाउन सहयोग पु-यायो र कतिपय कमी–कमजोरीलाई सच्याउन मद्दत पु-यायो ।

    माघ १७ गते बिहान चप्परगौडीमा नास्ता लिएर तुल्सीपुरतिर लागियो । अमेलियाबाट उकालो निस्कँदा धुलाम्य बाटो रहेछ । बाटो निर्माणको काम भइरहेको भञ्ज्याङसम्म धुलो थियो । बबई पुग्दा दाङका साथीहरू राष्ट्रिय झण्डा, फूलमाला, अबिरसहित स्वागतका लागि आतुर थिए । बबईबाट थपिएका मोटरसाइकलमा झण्डा बाँधेर अगाडि बढ्दा हाम्रो अभियानको रौनक नै बेग्लै बन्यो । तुलसीपुर बजारमा पुग्दा सयौँ जनताले हाम्रो जुलुश हेरिरहेका थिए र अभियानप्रति ऐक्यबद्धता प्रकट गरिरहेका थिए ।

    हामीलाई स्थानीय साथीहरूले सिधै स्थानीय थारू समुदायले सञ्चालन गरेको होमस्टेमा लगेर बिहानको खानाको बन्दोबस्त गर्नुभयो । होमस्टे सञ्चालक टोलीले अभियानलाई भव्य स्वागत ग-यो र सानो कार्यक्रम त्यहाँ पनि प्रस्तुत ग-यौँ । दिउसो तुलसीपुरको विपीचोकमा भव्य सभा सम्पन्न भयो । स्थानीय हाम्रो पहुँच रेडियोमा कार्यक्रमको बारेमा कुराकानी पनि भयो । टोलीले घोराही–१० नारायणपुरमा कार्यक्रम गरी घोराहीको तुल्सीपपुर चोकमा समेत कार्यक्रम सम्पन्न ग-यो ।

    दाङको बिजौरीमा पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले ड्रागन फ्रुटको खेती गरेका रहेछन् । करिब ६६ कट्ठा जग्गा लिगमा लिएर गरिएको उक्त खेतीले धेरै चर्चा पनि पाएको छ । मन्त्री भएका बेला चीन भ्रमणमा जाँदा देखिएकाले आफू त्यसबाट प्रभावित भई उक्त खेती सुरु गरिएको उनले बताए । केही समय उनैसँग ड्रागन फ्रुटको खेती र अरू ठाउँमा सम्भाव्यताबारे मन्थन गर्ने अवसर पनि पाइयो । थोरै पैसाको लगानीमा गर्न सकिने उक्त खेतीले कैयौँ बेरोजगार युवालाई आकर्षण पैदा गर्न सक्छ ।

    नेपालमा थुप्रै अवसर हुँदाहुँदै पनि त्यसको सम्भावना खोजी नगरी देखासिकीकै भरमा विदेश ओइरिने प्रवृत्ति नेपाली युवाको छ । लखौँ नेपाली युवालाई स्वदेशमै कैयौँ सम्भावनाको खोजी गरी व्यवस्थापन गर्न सकिने हाम्रो निष्कर्ष छ । पूर्वमन्त्रीको उक्त खेतीले धेरै युवालाई प्रेरित गर्न सक्छ । साँझ छिप्पिनै लाग्यो । घोराहीको सिड्नीसाइ धर्मशालामा बसाइँको व्यवस्थापन थियो । साँझ संयोगले जनगायक जीवन शर्मा भेटिए । उनीसँग भेटिएपछि केही समय साङ्गीतिक रूपमा आनन्द आउँछ । भोलिपल्ट उनी प्युठानमा जनसंगीतका स्वर ओकल्न पुग्दै थिए । हामी भने कार्यक्रम गर्दै गर्दै दाङकै भालुवाङ पुग्नु थियो । खाना खाएपछि केही समय समीक्षा गरियो । संगठनका पूर्व अध्यक्ष काँशीनाथ पोख्रेलले केही सल्लाह, सुझावसमेत दिनुभयो ।

    माघ १८ गते बिहान घोराहीमा पत्रकार भेटघाट गरी टोली लमहीतिर लाग्यो । लमहीतिरको साथीहरू बिचबाटोतिर हामीलाई स्वागत गर्न आइपुगेका थिए । उनीहरूसँगै जोडिएर हामी लमही हुँदै गढवा लाग्यौँ । राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली पनि गढवामा भेट हुनुभयो । पार्टी संगठनका थुप्रै साथी त्यहाँ भेटिए । भ्रष्टाचारले गर्दा देश आक्रान्त भएको, विकास पछाडि परेको कुरा दाङका जनतालाई थाहा नै छ । लमहीबाट गढवा जाँदा राप्तीमा बनेको पुलमा करोडौँ भ्रष्टाचार भएको भनी तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्का जेल परेको त्यहाँका जनताले भोगेकै विषय हो ।

    हामीले त्यहीँ पुलमाथिबाट ‘भ्रष्टाचारीहरू होशियार’ भन्दै पुनः लमहीमा आएर सभा र जनभेटघाट कार्यक्रम सम्पन्न ग¥यौँ । संघीयताको आवरणमा जातीय हिसाबले दाङमा पनि द्वन्द्व मच्याउन थालिएको थियो । खासगरी थारू समुदायको बाहुल्यता रहेको दाङमा थरुहट राज्यको माग गर्दै विदेशी दातृ संस्थाको पैसा खन्याउने काम पनि भयो । थारूलाई अधिकार दिने नाममा मनोवैज्ञानिक रूपमा प्रभावमा पारी विभिन्न जुलुश र सभामा परिचालन गर्ने काम पनि भयो ।

    तर सङ्घीयता वास्तविक रूपमा राज्यको पहुँचबाट टाढा रहेका र पिछडिएका थारू समुदायको हितका लागि आउँदै आएको थिएन । मुट्ठीभर व्यक्तिको फाइदा र विदेशी शक्तिकेन्द्रको स्वार्थमा परेर कैयौँ निर्दोष थारू समुदायका व्यक्तिसमेत मारिए । बुझ्दै गएपछि अब त्यो प्रकारको जातिवादी हौवा कमजोर हुन थालेको छ । संघीयताको खारेजीको मागसमेत उठाइरहेका छौँ । लमहीमा खाना खाएर नर्तीमा कार्यक्रम गर्दै भाुलवाङतर्फ यात्रा अगाडि बढ्यो । नर्तीमा स्थानीयवासीले राष्ट्रिय झण्डा दिएर हामीलाई राष्ट्रियताको आन्दोलनमा अझ लाग्न प्रेरित गरेका थिए । भालुवाङवासीले सयौँको संख्यामा उपस्थित भएर फूलमाला र अबिरले स्वागत गरे । भव्य सांस्कृतिक सभा सम्पन्न भयो । राजमोका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले हाम्रो अभियानलाई शुभकामना दिएर थप उर्जा दिनुभयो । साँझ स्थानीय साथीको घरघरमा अभियान टोली बाँडिएर बस्यौँ ।

    माघ १९ गते बिहान भालुवाङमा खाजा खाई कपिलवस्तुतिर टोली हिँड्यो । राप्तीको किनार भएर होला, चिसो सिरेटोले कान बजिरहेको थियो । चिसोले कठ्याङ्ग्रिएका हातले बाइकको ह्यान्डिल समातेर साथीहरू अगाडि बढ्न कस्सिएकै थिए । कालाकाटेका साथीहरूको अनुरोध स्वीकार गरी सानो कार्यक्रम दिइयो । कपिलवस्तुको शिवपुरमा बिहानको खाना तयार गरी साथीहरू हामीलाई स्वागत गर्न आतुर थिए । चिसोले रन्थनिएको शरीरलाई माछाको झोलले केही सन्तुलनमा ल्यायो ।

    शिवपुरमा खाना खाएपछि चन्द्रौटा र गोरिसिंगेमा कार्यक्रम गरियो । कपिलवस्तुको सदरमुकाम तौलिहवामा पुग्नुपर्ने थियो । मधेशी समुदायको बाहुल्यता रहेको र भारतको सीमा नजिकै पर्ने शहर भएकाले हाम्रो एजेन्डालाई त्यहाँ लैजानुपर्ने थियो । खासगरी सीमापारिबाट नेपालतिर आएर नेपाली नागरिकता लिने काम कपिलवस्तुमा प्रशस्त छ । अहिले संसदमा पेश भएको नागरिकता संशोधन विधेयकले अझ सहज रूपमा विदेशीलाई नेपाली नागरिकता प्रदान गर्ने बाटो खोल्ने छ ।

    त्यस विषयमा खबरदारी गर्न हामी जिल्ला प्रशासन कार्यालय तौलिहवाको गेटमै पुग्यौँ । दक्षिणतिरबाट नियोजित रूपमा नेपाली नागरिकता प्राप्त गरेका र नागरिकता पाउन बाँकी रहेकाबाहेक अन्य आदिवासी तराईवासी नेपालीले वास्तवमै सीमाक्षेत्रमा पिल्लरको काम गरेका छन् र सक्दो रूपमा नेपाली राष्ट्रियता र सार्वभौमिकताको रक्षा गरेका छन् । तर अब ती रैथाने नेपाली अल्पमतमा पर्ने र भारतीय बहुमतमा भई नेपाली राष्ट्रियतामािथ धावा बोल्ने स्थिति आइरहेको संकेत त्यहाँ पाइन्थ्यो ।

    मधेशवादी दलले मधेशको पिछडापन, गरिबीलाई अन्त्य गर्ने होइन कि स्थापित गराउन लागिरहेका देखिन्छन् । हाम्रो कार्यक्रमको विषयवस्तु देखेर तौलिहवावासी जनता खुशी भएर र हामीलाई अगाडि बढ्न हौसला दिए । साँझपख गोवारीमा कार्यक्रम गरी ५ नम्बर सेरोफेरोमा बास बस्ने चाँजोपाजो मिलाइयो । पार्टीका साथीको घरमा बस्दा पारिवारिक भेटघाट र सम्बन्ध तथा चिनजान भई संगठनप्रतिको माया अझ बढ्ने गर्दछ ।

    माघ २० गते बिहान पनि सम्बन्धित ठाउँमै खाना खाई गजेहडा कार्यक्रम गर्न निस्कियो । त्यसपछि ४ नम्बर, पिपरामा सभा गर्दै रुपन्देहीतिर लाग्यौँ । रुपन्देहीको कञ्चन गाउँपालिकाको गर्गरे र हरैयामा कार्यक्रम गरी हरैयामै बास बसियो । कपिलवस्तुका साथीहरू त्यहीँबाट फर्किए ।
    माघ २१ गते रुपन्देहीका साथीहरू मुर्गिया हामीलाई स्वागत गर्न आइपुगेका थिए । बिहान हरैयामा नै चियाखाजा खाएर सालझण्डी सानो कार्यक्रम र जनभेटघाट गरी मुर्गिया पुगियो ।

    मुर्गियामा सभाको कार्यक्रम गरी बनकट्टा खाना खाई पुनः नयाँगाउँ, बेलबास कार्यक्रम गरी बुटवलतिर हिँडियो । बुटवल ५ नम्बर प्रदेशको अस्थायी राजधानी हो । काठमाडौँलाई मात गर्नेगरी सडक जाम सुरु भइसकेको छ । त्यसो त सङ्घीय सङ्रचनाअन्तर्गत यो प्रदेशले आफ्नो नाम र स्थायी राजधानी ठेगानसमेत गरिसकेको छैन । यसले सङ्घीयताको असफलताको सङ्केत गर्दछ, जो हामीले सुरुदेखि भनिरहेका छौँ । रुपन्देही पनि कैयौँ क्षेत्र भारतीय भूभागसँग जोडिएको जिल्ला हो । बेलहिया नाका भएर धेरै राजस्व उठ्नेमध्येको भन्सारसमेत त्यहीँ पर्दछ । यो भ्रष्टाचारको अखाडा हो ।

    उक्त कार्यालयमा सरुवा हुनका लागि कर्मचारीले मोटो रकम खुवाउने गर्दछन् । अन्य तष्करी र कालाबजारी गर्ने बिचौलियाको पनि कमी छैन यहाँ । नजिकैको मर्चवार क्षेत्रमा भारतले सीमावर्ती ठाउँमा एकतर्फी रूपमा रसियावाल खुर्दलोटन तटबन्ध बनाएर वर्षायाममा नेपाली भूभागलाई डुबानमा पार्दछ भने भारतमा ८५ भन्दा बढी गाउँलाई बाढीबाट जोगाउँछ । अर्कातिर, खुल्ला सिमानाका कारण कैयौँ भारतीय नागरिक नेपाल आई के–कस्तो कार्य गरिरहेका छन् भन्ने कुराको रेकर्ड राज्यसँग छैन ।

    यसले भारतीय हस्तक्षेपलाई बढाउन मद्दत गरिरहेको छ । हामीले बुटवलको चौराहा र ट्राफिकचोकमा बृहत् सभा गरी भारतीय हस्तक्षेप र भ्रष्टाचारको खबरदारी ग-यौँ । बेलुकी बसाइँ पनि राजमोको क्षेत्रीय कार्यालय बुटवलमै भयो । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले युवकको अभियानलाई अभिनन्दन गर्दै वक्तव्य जारी गर्नुभयो । यसले अझ अभियानमा उर्जा थप्यो र पूर्वतर्फ बढ्दै गरेको अभियान झन् सशक्त बन्दै गयो । (क्रमशः)

    बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.