• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

के ओली सरकार ढल्दैछ ?


  •   बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित
  • केही दिन अघि झापा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘सरकार विरुद्ध भित्र र बाहिरबाट गम्भीर षडयन्त्र भयो ।’

    Advertisement

    ओलीले त्यस लगत्तै काठमाडौं फर्किएर पनि यही कुरा दोहो-याए । उनको संकेत प्रचण्डतर्फ केन्द्रित थियो । पार्टी भित्र सरकार फेरबदलको तयारी कसरी हुँदैछ र प्रचण्डले कस्तो चलखेल गरिरहेका छन् भन्ने कुराको सामान्य संकेत ओलीले गरेका थिए । तर, पछिल्ला दिनमा अब सरकार फेरबदल गर्ने कुरा नेकपाभित्र मात्रै सिमित रहेन । त्यो पार्टीभित्र चलेको षडयन्त्र र खुट्टा तानतान अब छताछुल्ल भएको छ । यसले सरकार परिवर्तनसँगै राष्ट्रिय राजनीतिमा थप संकट पैदा हुने देखिन्छ ।

    खासगरी नेकपाका नेताहरुको आन्तरिक शक्ति संघर्ष र गुटगत स्वार्थका कारण मुलुकमा फेरि नयाँ संकट सतहमा देखिन थालेका छन् । उनीहरुबीचको शक्ति संघर्षलाई देशी विदेशी तत्वहरुले थप मलजल गरिरहेको देखिन्छ । विभिन्न स्वार्थ समूहहरुले नेकपाका नेतालाई आफ्नो स्वार्थ अनुकुल उचाल्ने र पछार्ने काम गरिहेका छन् । नेकपाको कमजोर सैद्धान्तिक धरातल र व्यक्तिगत स्वार्थ हावी हुँदा शक्तिशाली सरकार भएपनि जनमतको कदर गर्न नेकपा असमर्थ बन्दै गइरहेको छ ।

    नेकपाको नौ सदस्यीय सचिवालय भित्र पार्टी अध्यक्षसमेत रहेका केपी ओली एक्लिँदै गएको स्पष्ट भएको छ । पार्टी सचिवालयले गरेका कतिपय निर्णयहरु अध्यक्ष ओलीले अस्वीकार गर्ने घोषणा गरेका छन् । जस्तो कि राष्ट्रिय सभामा मनोनित गर्ने एक सदस्यमा प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई निरन्तरता दिन चाहेका छन् । तर, नेकपा सचिवालयले त्यो स्थानमा वामदेव गौतमलाई लैजाने निर्णय गरिसकेको छ । जुन निर्णय ओलीले अस्वीकार गरेका छन् ।

    यस्तै, वामदेवलाई प्रधानमन्त्री बनाउने गरी राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्न नेकपाको सचिवालयले एक कार्यदल गठन गरेको थियो । गोप्य राख्ने भनिएको त्यो निर्णय ओलीले नै निकटस्थहरुमार्फत सञ्चारमाध्यमलाई चुहाएका थिए । त्यसले उनीहरुको त्यो निर्णय असफल मात्रै भएन निर्णय फिर्ता दिनुपर्ने बाध्यता आइलाग्यो ।

    ओलीले पछिल्लो समय आफूमाथि घेराबन्दी भइरहेको र पार्टीका सबै निर्णय मान्न तयार नभएको सार्वजनिक भएको छ । राष्ट्रिय सभामा वामदेव गौतमलाई मनोनित गर्ने निर्णयलाई ओलीले अस्वीकार गरी डा. खतिवडालाई नै सिफारिस गर्ने स्पष्ट जनाउ दिइसकेका छन् । तर नेकपाका अन्य नेताहरु पार्टी निर्णयलाई ओलीले ‘टाउकाले टेकेर भएपनि’ मान्नुपर्ने अन्यथा प्रधानमन्त्रीबाट हट्नुपर्ने चेतावनी दिएका छन् । नेकपाभित्र यो संकट आउनुको पछाडि केही दिन अघिको ओलीबाहेकका नेताहरुको एउटा बैठकले काम गरेको छ ।

    के थियो बैठक ?
    हालै नेकपाका सचिवालय सदस्यहरुमध्ये प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले छुट्टै बैठक बसी सरकार एक पछि अर्को गर्दै असफल हुँदै गएको र सरकारको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउने तयारी उनीहरुबीच भएको छ ।

    त्यसो गर्दा प्रचण्डले पार्टीको अध्यक्ष भएर चलाउने र माधव नेपाल प्रधानमन्त्री हुने उनीहरुबीच सहमति भएको बताइन्छ । सरकार असफल र अलोकप्रिय बन्दै गएको, ओलीका विश्वासपात्र गोकुल बास्कोटा नै ७० करोड कमिशन प्रकरणमा फँसेको आदी जस्ता कारण देखाएर सरकार अपदस्थ गर्ने नेताहरुबीचको तयारी रहेको बुझिएको छ ।

    नेकपाका पछिल्ला निर्णयहरु पनि त्यतैतर्फ केन्द्रित हुँदै गएका छन् । सरकारले पार्टी चलाउने नभइ पार्टीले सरकार चलाउने भन्दै नेकपामा ओलीको प्रतिकुल हुनेगरी एक पछि अर्को निर्णय हुँदै गएका छन् भने सचिवालयमा ओली एक्लिँदै गएका छन् । यसले प्रचण्ड, झलनाथ, माधव र वामदेवबीच भएको भनिएको ‘गोप्य सहमति’ लाई प्रमाणित गर्छ ।

    प्रचण्डको महत्वाकांक्षामा वामदेवको प्रयोग
    नेकपा भित्र संकट गहिरिँदै जानुमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उच्च महत्वाकांक्षाले काम गरेको देखिन्छ । प्रचण्ड गत २५÷२६ वर्षदेखि तत्कालिन एकताकेन्द्र हुँदै माओवादीको एकाधिकार पार्टी प्रमुख रहँदै आए । करिब तीन वर्ष अघि तत्कालिन एमालेसँग पार्टी एकता पछि उनी दोस्रो नम्बरका अध्यक्ष छन् र कार्यकारी अधिकार उनीसँग थिएन । केही महिना अघि ओलीसँगको पूर्व सहमती अनुरुप उनले प्रधानमन्त्रीको ‘वार्गेनिङ’ गरेपछि त्यसवापत पार्टीको कार्यकारी अध्यक्ष हुने अवसर पाएका थिए । त्यस यता उनको सक्रियता अधिक बढेको छ ।

    प्रचण्डको सक्रियतालाई अर्का महत्वाकांक्षी नेता वामदेव गौतमले सघाउ गरेका छन् । लामो समयसम्म सभामुख पद रिक्त रहेको अवस्थामा प्रचण्डले आफू निकट नेतालाई सभामुख बनाउन नेताहरुबीच ‘लेनदेन’ गरेको बताइन्छ । यस सन्दर्भमा प्रचण्ड र गौतमबीच अग्नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाउने सहमतिसँगै गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने र राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने सहमति भएको बताइन्छ । पछिल्लो गतिविधि त्यसै अनुरुप केन्द्रित छ ।

    डा. खतिवडालाई हटाउने व्यापारीको षडयन्त्र
    अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको कार्यकाल करिब सकिएको छ । तर, प्रधानमन्त्री ओलीले उनलाई पुनः मनोनयन गरेर अर्थमन्त्रीमा निरन्तरता दिन चाहेका छन् । यो कुरा ओलीले केही दिन अघिको सचिवालय बैठकमा सुनाएका थिए । यसबारे त्यहाँ केही निर्णय भएन र कसैले पनि आपत्ति जनाएन ।

    तर, अर्थमन्त्रीबाट युवराज खतिवडा हट्दैछन् भनेर ढुक्क बसेका ठुला व्यापारी घराना त्यतिबेला आत्तिए, जब खतिवडा नै अर्थमन्त्रीमा निरन्तर रहने अवस्था आयो । पछिल्लो समय डा. खतिवडाले राजश्वमा कडाई गरेका छन् । भ्याट छलीलगायतका प्रकरणमा उनले कठोर कारबाही सुरु गरेका छन् । आर्थिक अवस्था सुदृढ बनाउन उनको योगदान राम्रो रहेको मानिन्छ । तर, त्यसबाट व्यापारीहरु असन्तुष्ट बन्दै गएका छन् ।
    स्रोतले बताए अनुसार व्यापारीक घरानाका बिनोद चौधरीलगायत केही व्यापारीको योजनामा प्रचण्ड र शेरबहादुर देउवाबीच गोप्य भेटवार्ता भएको थियो । त्यो भेटवार्तामा अर्थमन्त्रीबाट युवराजलाई हटाउने सहमति बन्यो । त्यसै अनुसार नेकपा सचिवालय बैठकमा प्रस्ताव आयो र त्यो विषय निर्णय नै भयो ।

    तीन गुट, दुई नेता जता मिले त्यतै पल्ला भारी
    नेकपामा मूलतः तीन गुट छन् र अन्य थुप्रै उपगुटहरु छन् । खासगरी ओली, प्रचण्ड र माधव नेपालले सञ्चालन गरेका यी तीन गुटमा दुई नेता जता मिले त्यतै पल्ला भारी हुने गर्दछ ।

    पार्टी एकता हुँदा ओली र प्रचण्ड एक ठाउँमा थिए । त्यसले माधव नेपाल एक्लिएको भन्दै बारम्बार सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै आएका थिए । तर, पछिल्लो समयमा ओलीलाई कमजोर बनाएर आफू शक्तिमा आउन प्रचण्डले माधव नेपालसँग हात मिलाएका छन् । यसबाट ओली एक्लिएका छन् । प्रचण्ड–माधव गुटलाई झलनाथ र वामदेवले सघाएका छन्, जहाँ उनीहरुको पनि आफ्नो स्वार्थ गाँसिएको छ ।
    अन्तमा,
    नेकपा भित्रको यो भाँडभैलोले सरकार परिवर्तनको संकेत मिल्दछ । ‘बालुवाको घर’ जस्तै बाहिरबाट विशाल तर भित्रभित्रै खोक्रो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि कतिबेला गल्र्याम्म ढल्छ भन्ने आशंका कायमै छ । नेताहरुबीचको आपसी मनमुटाव, गुटगत स्वार्थ र व्यक्तिगत महात्वाकांक्षाले पार्टीसँगै देशलाई पनि क्षति पु-याइरहेका छ ।

    नेकपाका स्वार्थी नेताहरुलाई विभिन्न देशी विदेशी तत्वहरुले उपयोग गर्ने प्रयास गरिरहेका छन् । नेकपाको पार्टी एकता भएको लामो समय भएको छैन । उनीहरुबीचको एकता कुनै सैद्धान्तिक छलफल बिना नै चुनावलाई लक्षित गरेर भएको थियो । हँसिया हतौडाको झण्डा बोकेर चुनावमा गएका दुई दलले करिब दुई तिहाई बहुमत पाए र सरकार पनि बनाए । लगत्तै पार्टी एकता पनि भयो । तर, जनताको जनमत कदर गर्ने सैद्धान्तिक ल्याकत उनीहरुसँग थिएन । जसको परिणाम राष्ट्रले भोगिरहेको छ ।

    पाँच वर्षको लागि भनेर जनताले दिएको करिब दुई तिहाई जनमतको नेकपाले खिल्ली उडाएको छ । पार्टी भित्रैको अन्तरद्वन्द्वले फेरि सरकार ढल्ने वातावरण तयार भएको छ ।

    बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.