• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

पहाडका घुम्तीमा दुर्घटना न्यूनीकरण गर्न सकिने उपकरण प्रदर्शन


  •   मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल । विद्यार्थीले नयां प्रविधिको विकास गरी इन्जिनियरिङ क्षेत्रका नयांनयां प्रविधि व्यवहारिक रुपमा प्रदर्शन गरेका छन् । देशलाई आवश्य पर्ने तर विदेशबाट निर्यात गर्नुपर्ने प्रविधिको आविष्कार सबैले देख्ने गरी सोममबार र मंगलबार प्रदर्शन गरियो ।

    Advertisement

    रुपन्देहीको तिलोत्तमा नगरपालिका भलवारीस्थित लुम्बिनी ईन्जिनियरिङ कलेजमा अध्ययननरत विद्यार्थीका आविष्कारलाई कलेजले प्रर्दशन गरेको हो । लेक एक्स्पो नाम दिएर कलेले आफ्ना विद्यार्थीका प्रतिभालाई देश विदेशमा चिनाउने गरी प्रर्दशन गरी प्रचार प्रसार गरेको छ ।

    इन्जिनियरिङ कक्षाका विद्यार्थीका आविष्कारहरु कलेजले प्रदर्शन गर्दै आएको छ । यस वर्षपनि कलेजले एक्स्पो आयोजना गरी विद्यार्थीले निर्माण गरेका विभिन्न ५० वटा प्रोजेक्ट प्रदर्शन गरिएको थियो ।

    विद्यार्थीका सबै प्रोजेक्ट सवैको रोजाईमा परेका छन् । विद्यार्थीले सोही कलेजमा अध्ययन गरेर आविष्कार गरेका प्रोजेक्टहरुको प्रदेश पांचका समासजक विकास मन्त्री सुदर्शन बराल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी र प्रदेश सांसद दधिराम न्यौपानेले अवलोक गर्नुभएको छ ।

    पूर्व राज्यमन्त्री तथा नेपाली कांगे्रस रुपन्देही सभापति अब्दुल रज्जाकसहित कांगे्रसका नेताहरुले पनि अवलोकन गर्नुभयो । पहाडका घुम्तीहरुमा हुने दुर्घटना न्यूनीकरण गर्न सकिने रोड दुर्घटना प्रिमेन्सन, स्टम इन ट्रनिङ (संकेत दिने यन्त्र) को विद्यार्थीले आविष्कार गरेका छन् ।

    पहाडका घुम्तीहरुमा सवारी साधन ओभरटेक गर्दा हुने दुर्घटनालाई लक्षित गरेर विद्यार्थीले सेन्सर सहितको प्रोजेक्ट बनाएका हुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका भलवारीस्थित लुम्बिनी ईन्जिनियरिङ कलेजका विद्यार्थीको टिमले बनाएको यो प्रोजेक्ट एसी र डिसी चार्ज मार्फत सञ्चालन हुन्छ ।

    बर्जर र लाईट जडान गरिएको प्रोजेक्टमा सवारी साधन घुम्तीमा ओभरटेक गर्न खोज्दा बर्जर बज्नुका साथै लाईट पनि अटोमेटिक रुपमा बल्ने गर्दा दुर्घटना हुन नपाउने विद्यार्थी कमल थापाले बताउनु भयो

    सभिल ईन्जिनियर अध्ययन गरिरहेका पांचौ सेमेष्टरका विद्यार्थीले प्राजेक्ट तयार पारेका हुन । त्यस्तै एक्स्पोमै राखिएको अल्कोहल डिटेक्सन सेन्सरमा पनि आर्कषण बढेको छ । विश्वास खरेल, मन्दिरा न्यौपाने, आचल श्रेष्ठ, सन्ध्या आचार्य र विशाल खत्रीले बनाएको यो प्रोजेक्टमा अडिनो सेन्सर र आडिनो प्रोगामिङ जडान गरिएको छ । जसले मदिराको मापन गर्ने गरिन्छ ।

    कलेजले दुईदुई वर्षमा विद्यार्थीले तयार गरेका प्रोजेक्टहरु प्रदर्शन गर्दै आएको छ । कलेजका निर्देशक तुल्सी प्रसाद सापकोटाले विशेषगरी कक्षा १२ मा अध्ययनरत विद्यार्थी तथा रुपन्देहीवासीलाई लक्षित गरि प्रदर्शन गरिएको बताउनु भयो । प्रदर्शनी हेर्न नीजि र सरकारी विद्यालयका विद्यार्थीको भीड नै लागेको थियो । प्रदर्शनीमा ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक तर्फ १९, कम्प्यूटर तर्फ ९ र सिभिलतर्फ २२ गरि कुल ५० वटा प्रोजेक्ट प्रदर्शन गरिएको छ ।

    त्यस्तै प्रदर्शनीको लागि रोबर्टदेखि आर्कब्रिज, हाईड्रोपावर, थ्रिडि प्रिन्टर, मोबाईल एप लगायत अन्य यन्त्र पनि राखिएको छ । २०५२ सालमा स्थापना भएको कलेजबाट उत्तिर्ण भएका विद्यार्थी दुरसंचार संस्थान, नेपाल विद्युत प्राधिकरण, भौतिक पूर्वाधार विकास, स्थानीय तह लगायत जर्मन, जापान, अमेरिका लगायतका महत्वपूर्ण निकाय तथा संस्थाहरुमा कार्यरत रहेको कलेजका सहायक प्रिन्सिपल नारायण ढकालले जानकारी दिनुभयो ।

    कलेजका निर्देशक तुल्सीप्रसाद सापकोटाले कलेजले देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गरेको बताउंदै यो जनशक्तिलाई स्वदेशमै प्रयोग गर्न सकिए विकासको गतिमा देश अगाडी बढ्न सक्ने बताउनु भयो ।

    मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.