• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

अमेरिकी साम्राज्यवाद मानवजातिकै दुश्मन : केसी (भिडिओ)

"मेची महाकाली अभियानको समापन "

  •   सोमबार, जेठ १५, २०८० मा प्रकाशित
  • जगतप्रसाद रेग्मी, काठमाडौं ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी साम्राज्यवाद मानवजातीको एक नम्बर दुस्मन भएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाले जेठ १ गतेदेखि सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची महाकाली अभियान’ को सोमबार काठमाडौंमा समापन गर्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो ।

    Advertisement

    ‘अमेरिकी साम्राज्यवाद मानवजातिको १ नं दुश्मन हो । अमेरिका जहाँ जहाँ पस्छ, चाहे त्यो इराक होस्, चाहे भियतनाम भन्नुस्, कोरियालाई त दुइटा बनाएरै छोड्यो’ केसीले भन्नुभयो, ‘त्यसकारणले नेपालमा जुन खालको उसको घुसपैठ भएको छ, व्यवस्थित ढंगले आएको छ, नेपाली जनताहरुले ठूला राजनीतिक पार्टीहरुका रिसले अमेरिकाका एजेन्टहरूले जे गरे पनि ठीक छ ठीक छ भनेर ताली त बजाएका छन् । तर यसको दुष्परिणाम धेरै चाँडै देशले भोग्नुपर्नेछ ।’

    केसीले अमेरिकी साम्राज्यवादी योजनाविरुद्ध राष्ट्रिय जनमोर्चाले मेचीदेखि महाकालीका जनता हरुलाई सजक र सतर्क गराएको बताउनुभयो । अध्यक्ष केसीले ठूला पार्टीहरुले राष्ट्रलाई जेसुकै नोक्सान परोस्, वेवास्ता गरेर शक्तिराष्ट्रको एजेण्डा एमसीसी पास गरेको आरेप लगाउनुभयो ।
    नेपालकै राजनीतिक दलहरुको आड लागेर अमेरिकी साम्राज्यवाद नेपालमा घुसपैठ गरेको आरोप पनि लगाउनुभयो ।

    ‘अमेरिकी साम्राज्यवादको नेपालभित्र घुसपैठ भएको छ । नेपालप्रति उसको गिद्धे दृष्टिकोण रहेको छ’ केसीले भननुभयो, ‘नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा सामेल गरेर त्यसबाट नेपालको राष्ट्रियता सार्वभौमसत्ता र अखण्डतालाई ध्वस्त पार्ने षडयन्त्र गरिरहेको छ।’

    फरक प्रशंगमा उहाँले जनताले बलिदानीपूर्ण संघर्ष गरेर प्राप्त गणतन्त्र फेरि खतरामा परेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘आजभन्दा करिब १५ वर्षपहिले नेपालमा गणतन्त्र भित्र्याएका थियौं । त्यो गणतन्त्रलाई दुरुपयोग गर्ने, भ्रष्टाचार गर्ने, नेपाली जनतालाई विदेशी नागरिक बनाएर, नेपाली चेलीबेटीहरुलाई अरबका विभिन्न मुलुकमा, भारतका विभिन्न ठाउँमा शासकहरूको आडमा दलालहरुले जुनखालको संसारको अगाडि जुनखालको नेपाललाई बदनाम गराएका छन् त्यो बादनामबाट नेपालीहरुले कैयौं वर्ष लगाएर ल्याएको गणतन्त्र लोकतन्त्र खतरामा छ ।’

    उहाँले गणतन्त्रमाथिको खतरा अरुबाट भन्दा पनि गणतन्त्रकै लागि लडेका, लोकतन्त्र ल्याउने दलहरुबाटै रहेको बताउनुभयो ।

    केसीले राष्ट्रहित विपरितको नागरिकता विधेयक अघि बढाउने, भ्रष्टाचार, कुशासन र विदेशीसँग लम्पसार पर्ने दलहरुको प्रवृतिका कारण देश अप्ठेरोमा परेको बताउनुभयो ।

    अमेरिकाले नेपालमा पार्टी नै गठन गर्यो : पुरी

    नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले नेपालमा अमेरिकाले राजनीतिक पार्टी निर्माण गरेको आरोप लगाउनुभयो। उहाँले अमेरिकाले आफ्नो नीति लागू गर्नको लागि र धार्मिक द्वन्द्व सिर्जना गर्न ठूलो रमक लगानी गरेर क्रिश्चियन धर्मको प्रचार गरिरहेको बताउनुभयो ।

    उहाँले एमसीसी पक्षधरलाई नै जनताले पनि जिताएर फेरि सत्तामा पुर्याएको बताउनुभयो ।

    प्रवक्ता पुरीले भन्नुभयो, ‘नेपाललाई सिंगापुर र स्विजरल्यान्ड बनाउने भन्नेले नेपालमा एमसीसी लादियो । एमसीसीको पैरवी गर्नेलाई अहिले जनताले जिताएका छन् । यो खतरा हो ।’

    व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन : अधिकारी


    राजमो पूर्वसचिव कृष्ण अधिकारीले व्यवस्था बदलिए पनि सरकारको काम गर्ने तरिकामा परिवर्तन नआउँदा जनताको जीवनस्तरमा परिवर्तन आउन नसेको पनि स्पष्ट पार्नुभयो ।

    गणतन्त्रको कारण भैंसी चराउने किसानको छोराछोरी राज्यको महत्वपूर्ण ठाँउमा पुगेको भन्दै यो गणतन्त्रको सबल पक्ष भएको बताउनु भयो । सार्वभौमसत्ता जनतामा हस्तान्तरण भएको अवस्थामा विदेशीको चलखेलले फेरि देशै नरहने हो कि भन्ने खतरा पैदा भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, अमेरिकाले ‘तेलको खानी देखाएर इराक खतम बनायो। आज जेलन्स्कीलाई रूसका विरुद्ध उस्काएर युक्रेन खतम बनाउँदै छ । कोरिया, चीन, इराक, रुसलाई खतम पार्न पश्चिमाहरु लागेका छन्। नेपाललाई पनि यस्तै बनाउने हो कि भन्ने चिन्ता थपिएको छ ।’

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमलाई राजमो यूवा नेता आनन्द शर्मा, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल महिला संघका अध्यक्ष मीना पुन, अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए।

    जनमोर्चाले अमेरिकी साम्राज्यवादविरुद्ध जेठ १ गते कञ्चनपुर र बागलुङबाट एकसाथ अभियान सुरु गरेको थियो। बागलुङको टोलीले काठमाडौंमा र कञ्चनपुरको टोलीले बुटवलमा अभियान समापन गरेको हो।

    सोमबार, जेठ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.