• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

संसदमा चित्रबहादुरको प्रश्न : ८–८ वटा संसद र मन्त्रिमण्डल कसरी पाल्नुहुन्छ ?(भिडिओसहित)


  •   सोमबार, बैशाख २५, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अब मुलुकले संघीयता धान्न नसक्ने भन्दै जतिसक्दो छिटो खारेज गर्नुपर्ने बताउनुभएको छ ।

    Advertisement

    प्रतिनिधि सभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८०–८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै सांसद केसीले देशको आर्थिक अवस्था टाट पल्टिँदै गएको अवस्थामा ८ ठाउँमा मन्त्रिमण्डल र संसद कसरी पाल्नुहुन्छ भनि प्रश्न पनि गर्नुभयो ।

    उहाँले जनताका छोराछोरी विदेश पठाएर आएको रेमिटेन्सले दलका कार्यकर्तालाई तलब भत्ता खुवाउन नसकिने भन्दै संघीय प्रणाली खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रियतामा आधारित एकात्मक शासन प्रणाली कायम गर्नुपर्ने, उद्योग धन्दा कलकारखाना खोल्नुपर्ने, भ्रष्टाचार निवारण गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

    यस्तो छ, केसीको भनाईको सम्पादित अंश
    ‘अर्थमन्त्रीले यो सदनमा विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकताका बारेमा पेस गर्नु भएको विधेयक माथि आज छलफल हुँदैछ । हामी सबैलाई थाहा छ, नेपालको अर्थतन्त्र कमजोर छ । किनभने हामीले सबभन्दा ठूलो लगानी उद्योग धन्दा कलकारखानामा भन्दा अन्यन्त्र लगाइरहेका छौँ । यस्तो कृषिप्रधान देशमा अहिलेसम्म आफ्नो मुलुकमा हामीले एउटा मल कारखाना बनाउन सकेका छैनौं । हरेक संसदमा यस्ता बेलामा हामीले धेरै कुराहरु ल्याउँछौ । हरेक पटक मल कारखानाका कुरा गर्छौं । किसानहरुलाई ठूला ठूला आश्वासन बाँड्छौँ । अहिले मुलुकको अवस्था कस्तो छ ? सम्पूर्ण खाद्यान्न, फलफूल यी सबै हामीले बाहिरबाट ल्याउँछौँ । आफ्नो देशका खेतबारी सबै बाँझा छन् । त्यो हामी सबैलाई थाहा छ।

    राष्ट्रिय जनमोर्चाले संविधान निर्माण गर्दा नेपालको अवस्था, नेपालको भौगोलिक अवस्था, यहाँको आर्थिक अवस्था, यो अवस्थाको कारणले नेपाल संघात्मक प्रणाली, यसले धान्नै सक्दैन यो दुस्साहस नगरौं । यो गल्ती नगरौं। भनेर राष्ट्रिय जनमर्चाले एक्लै लड्यो । सबैले खिसिटिउरी गरे । यो कुराको मजाक उडाउनु भयो । अहिले सबैभन्दा बढी सबलाई संघीयता घाँडो भएको छ। पहिले पहिले नेपाली जनताले यही सिंहदरबारमा एकठाउँमा आएर देख्थ्ये । पटक पटक २ वर्ष ३ वर्ष,१ वर्ष ६ महिना ३ महिनामा सरकारहरू बदलिएको, सांसदहरु खरिद बिक्री, त्यसपछि सत्ता र सरकारमा जानको लागि सिद्धान्त नीति सब परित्याग गरेर लहरो लागेर सत्ता पक्षमा अनि भने जस्तो भएन भने फेरि पार्टी बदल्ने त्यस्तो प्रवृत्ती थियो । हामीले त्यस्तो भन्दाखेरी सबै साथीहरुले उल्ली विल्ली पार्नु भयो। हामीले संविधानको सीमाभित्र बसेर आफ्नो मत राखेका छौं। त्यसकारणले सबै भन्दा ठूलो कुरा तपाईं हरुले अहिले जुन एउटा संसद को संख्या राख्नु भएको छ प्रदेशहरुको संख्या राख्नु भएको छ । त्यसको खर्चको बारेमा तपाईँहरुको यहाँ त खै कुरा त भएन । कति संकट छ अहिले कसरी पाल्नु हुन्छ तपाईंहरू ८ – ८ ठाउँ पार्लियामेन्ट ? ८–८ ठाउँ मन्त्रिमण्डल, ८–८ ठाउँ मुख्यमन्त्री ? ल भन्नुस् त्यो पनि हरेक २ महिना ४ महिनामा बदली रहने ।

    त्यसकारणले सबैभन्दा पहिले त यसमा हामीले विचार गरौं। यो मेरो विचार हो । मैले तपाईं हरुलाई पहिले देखिनै भन्दै आएको छु ।अहिले नेपाली जनताको मनस्थिती के छ भन्दाखेरी सबैभन्दा घाँडो, सबैभन्दा पाल्न नसकिने सक्दै नसकिने संघीय प्रणाली सम्भवै छैन । कसरी कुन खर्चले तपाईं हरु धान्नु हुन्छ ? कृषि लथालिङ्ग छ । उद्योगधन्दा लथालिङ्ग छ । हामीले निर्यात गर्ने मान्छे मात्रै । दिनको २ हजार–१५ सयको दरले मान्छे निर्यात गरेर तिनले पठाएको रेमिटेन्सले तपाईंले यो खर्च चलाउन सक्नु हुन्छ ? यो देश धान्न सक्नु हुन्छ ? त्यसकारणले उद्योग, कृषि, यातायात सबै कुरामा लथालिङ्ग छ। तैपनि यसलाई हामीले समेटेर लाग्नु पर्छ ।

    अहिले यो संसद्को गतिविधि, यो क्रियाकलाप उत्साहजनक छैन । ४/४ महिना हुन्छ हामीले सरकारलाई पूर्णता दिन सक्दैनौं । हामीले जुनसुकै हालतमा सरकारमा जान पाउनु पर्छ, बस्नु पर्छ, भनेर एकचोटि सबै पार्टी हरु सरकारको पक्षमा फेरि चित्त बुझेन भने सबै त्यहाँबाट फेरि प्रतिपक्षमा । यस्तो हालतले यो व्यवस्था, यो लोकतन्त्र, यो गणतन्त्रमा कालो बादल मडारिया छ। लोकतन्त्र ल्याउने साथीहरुबाटै लोकतन्त्र खतरामा छ मैले पहिलो दिनमै भनेको थिएँ । त्यसकारणले अहिले पनि लोकतान्त्रिक गणतन्त्रको पक्षमा एकैठाउँ उभिऊँ ।’

    नक्कली शरणार्थी प्रकरणमा तातेको संसद नयाँ काण्ड आएपछि नसेलाओस् : केसी

    सोमबार, बैशाख २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.