काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्न माग गर्नुभएको छ ।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद केसीले यसअघि पनि विभिन्न विषयले सदन तातिने र नयाँ काण्ड आएपछि पुरानो काण्ड सेलाउने गरेको भन्दै यस घटनामा त्यस्तो नहोस् भनेर सचेत गराउनु भयो ।
केसीले मान्छे बेचविखन गर्ने गिरोह जो सुकै भएपनि कारबाही गर्न माग गर्नुभयो ।
‘नक्कली भुटानी शरणार्थीलाई बेचबिखन गरेको त्यो पनि राज्य सत्ता को महत्वपूर्ण ठाउँबाट गरेको कुरा आयो । त्यो विषयलाई लिएर सदन तत्तिएको छ। यसभन्दा पहिले पनि नेपालका शासक हरुले राज्य सत्ता मा बस्ने हरुले गर्नु नगर्ने गरे । र यस्तै गरेर सदन तत्तिन्थ्यो । त्यसपछि नयाँ काण्डहरु आउँछन् । अनि फेरि सदनको ध्यान नयाँ काण्डतिर जान्छ’ केसीले भन्नुभयो, ‘त्यसकारणले यो जुन काण्ड उठेको छ । यो काण्ड दूधको दूध र पानीको पानी छुट्याइयोस् र यसखालका मान्छेको बिक्रीवितरण बेच्ने यी ब्यापारीहरुलाई कडा भन्दा कडा कारबाही होस् र सदनको कामकारबाही बल्ल अघि जान्छ।’