• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

आशावादी हुन गुटेरेसको आग्रह

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. सर्वदलीय बैठक जारी

  • ९. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपाललाई


  •   शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित
  • काठमाडौं । लाओस बिरुद्ध २–१ को जित निकालेपछि नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

    Advertisement

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनल खेलमा पहिलो हाफमा बराबरी खेल्दा दोस्रो हाफमा भने पुनरागमन गर्न सफल भएको हो । पछि परेको नेपालका लागि आयुष घलान र मनिष डाँगीले गोल गर्दै नेपाललाई उपाधि दिलाउन सफल भएका हुन् ।

    प्रतिष्पर्धात्मक बनेको खेलमा पाहुना टोली लाओसले शुरुवात भने आक्रामक गरेको थियो । सो क्रममा १७ औं मिनेटमा फौटाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । बाउनफाचन बाउनकोङले डिबक्स बाहिरबाट मिलाइिदएको पासलाई सदुपयोग गर्दै साङभिलेले नेपालका गोलकिपर किरण चेम्जोङलाई बिट गर्दै उत्कृष्ट फिनिसिङ गरेका थिए ।

    त्यसपछि दबाबमा परेको घरेलु टोलीले केही राम्रा बनाएपनि सदुपयोग गर्न असफल भएको थियो । २४ औं मिनेटमा आयुष घलानले नेपाललाई बराबरीमा ल्याए । एरिक बिष्टले उपलब्ध गराएको पासलाई आयुषले पेनाल्टी क्षेत्रबाट अगाडि बढाउँदै जाली चुमाउन सफल भएका थिए ।

    ९ हजार दर्शक भन्दा उपस्थिति रहेको खेलमा साथ पाएको नेपाली टोलीले त्यसपछि पनि केही मौका बुनेको थियो । तर अग्रपंक्तिले सदुपयोग गर्न असफल भयो । २२ औं मिनेटमा नविन लामाको फ्रिकिकमा सनिश श्रेष्ठको प्रहार लाओसका गोलरक्षक सेसाभाथले बचाएका थिए ।

    दोस्रो हाफमा भने नेपालले लाओसलाई दबाब दिएर खेल्न सफल भयो । ५६ औं मिनेटमा मनिष डाँगीको क्रसमा नेपालका आयुष र दीपक सिंह ठकुरीबीच तालमेल अभावमा अवसर खेर जान पुग्यो ।

    ५८ औं मिनेटमा नेपालका नविन लामाको कर्नरमा अनन्त तामाङको हेडरले गोलको दिशा लिन सकेन । खेलको ६१ औं मिनेटमा नेपालका आयुष घलान गोल गर्न चुके । नवीनको पासमा खाली पोस्टमा अनमार्क रहेका आयुषको हेडर प्रयास पोस्टमाथिबाट बाहिरिएको थियो ।

    त्यसको सात मिनेटमा निशान खड्काको फ्रिकिक पोस्ट बारमा लाग्दै फर्किएको थियो । ७४ औं मिनेटमा नेपालका नवीन लामाको पासमा अञ्जन बिष्टको कडा प्रहार रिबाउन्डमा मनिष डाँगीले गोल गरे पनि रेफ्रिले अफसाइडको इसारा गरे ।
    खेलको ८७ औं मिनेटमा मनिषले अञ्जन बिष्टले उपलब्ध गराएको पासमा उत्कृष्ट गोल गरे । बाँकी सयम पनि थप गोलका लागि प्रयास भएपनि हुन सकेन र नेपालले घरेलु भूमिमा उपाधि उचाल्न सफल भयो ।

    यस जितसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ भने लाओसले ३ हजार डलर प्राप्त गरेको छ । फाइनलमा खेलमा मनिष डाँगी म्यान अफ दि म्याच चुनिँदै नगद २ सय ५० डलर प्राप्त गरे । यस्तै प्रतियोगितामा आयुष घलान सर्वोत्कृष्ट खेलाडी हुँदै नगद ५ सय डलर हात पारे । प्रतियोगितामा तीन टोलीको सहभागित रहेको थियो । भुटान समूह चरणबाटै बाहिरिँदा नेपाल र लाओसले उपाधिका लागि प्रतिष्पर्धा गरेका हुन् ।

    शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग
    निर्वाचन पराजयपछि मर्जमाथि दबाब
    इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • २.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ३.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ४.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ५.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ६.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    • ७.
      इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

    • ८.
      आशावादी हुन गुटेरेसको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.