काठमाडौं । चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। चिनियाँ जनकंग्रेसले एकमतले सीलाई सो पदमा अनुमोदन गरेको हो।
Advertisement
शुक्रबार भएको मतदानमा उनले सबै २ हजार ९५२ मत प्राप्त गरे।
चीनमा राष्ट्रपति दुई कार्यकाल मात्रै निर्वाचित हुने परम्परा तोड्दै सी तेस्रो कार्यकालका लागि चयन भएका हुन्।
चीनमा राष्ट्रपति धेरै हदसम्म संवैधानिक पद मात्र हो। खास शक्ति कम्युनिस्ट पार्टीको महासचिव र सैन्य आयोगको अध्यक्ष पदमा निहित हुन्छ।ती दुवै पदमा सी गत अक्टोबरको महाधिवेशनबाट चुनिइसकेका छन्।
विश्वशक्ति अमेरिकासँग टक्कर परिरहेको कठिन अवस्थामा सीले दोस्रो ठूलो अर्थतन्त्रको नेतृत्व गरिरहेका छन्।
शनिबार चीनका नयाँ प्रधानमन्त्री पनि निर्वाचित हुने बताइएको छ।