• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

पुर्वाग्रही ‘ताजाखबर’ को झुठको पुलिन्दा


  •   शुक्रबार, माघ ०३, २०७६ मा प्रकाशित
  • हाम्रो पार्टीको सरकारमा जाने नीति खुला भएपनि वर्तमान सरकारमा सामेल हुने हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन । त्यसैले वर्तमान सकारमा जानका लागि प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले कुनै प्रयत्न नै भएको छैन । यसरी पार्टीको निर्णय बेगर को ? सरकारमा जाने वा नजाने भन्ने कुरा कोही कसैले कही बोल्ने र चर्चा गर्ने विषय नै बन्न सक्दैन ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाको तर्फबाट उपसभामुख वा सरकारमा जाने भन्ने काल्पनिक सन्दर्भलाई जोडेर बाहिर आएका एवम विभिन्न पत्र पत्रिका तथा अनलाइनमा प्रकाशन भएका कुरा सबै झुठ, कपोल कल्पित एवम सृजित भएको व्यहोरा स्पष्ट गर्न चाहन्छु । यस प्रति मेरो प्रथमरुपमै गम्भिर आपत्ति रहेको व्यहोरा समेत स्पष्ट पार्न चाहन्छु ।

    सन्दर्भको उठान यो छ की काठमाडौंबाट प्रकाशित हुने ताजाखबर साप्ताहिक पत्रिकामा, ‘मन्त्री माग्दै मोहनविक्रम खुमालटारमा’ भन्ने शिर्षकको मुल व्यानर समाचार बनाई विल्कुलै झुट्ठा समाचार प्रकाशित गरिएको रहेछ ।

    यो झुठको पराकाष्ठाको ताजाखबर साप्ताहिक काठमाडौ जि.का. द.नं. ७९/०५९/६० ले २०७६ पौष १ गते मंगलबार प्रकाशित गरिएको पत्रिकाको भित्रि पृष्ठमा ‘प्रचण्डको कमाण्डमा चन्द र भट्टराई फर्कने मन्त्री माग्दै मोहन विक्रम खुमलटारमा’ भन्ने लेखको रुपमा प्रकाशित गरिएको रहेछ ।

    यो प्रकाशित समाचारबाट म, मेरा पति र हामीहरुको पार्टीको मान सम्मानमा आँच पुग्ने गरी कपोलकल्पित, झुट्ठा, वनावटी एवम सृजित लेख प्रकाशित गर्ने सम्पादक एवम पत्रिका प्रति गम्भिर आपत्ति प्रकट गर्न चहान्छु ।

    उक्त लेखमा लेखिएको छः ‘माओवादीले जनयुद्ध शुरु गर्दा त्यसैका विरुद्ध पर्चा छापेर देशभर फाल्दै हिंडेका क्रान्तिकारी नेता मोहन विक्रमलाई अहिले श्रीमती दुर्गा पौडेललाई मन्त्री बनाउनु छ ।’

    उक्त लेखमा समावेश भएको वाक्य ‘महामन्त्री मोहन विक्रम सिंहले प्रथमतः शुरु गरेर विज्ञप्ती प्रकाशित गर्दै समाचारलाई झुट भने पनि अनौठो नमाने हुन्छ । किनकी उनी पहिला प्रधानमन्त्री केपी ओलीसँग श्रीमतीलाई मन्त्री बनाईदिन निकै धाए । ओलीले वेवास्ता गरे पछि खुमलटार धाउन थालेको प्रमाण समाचार सुत्रले गोप्य राखेको छ ।’

    यी माथि उदृत गरिएका वाक्य एवम उक्त पुरै समाचार अति नै गम्भीर आपतिको विषय छ । म, मेरो पार्टीमा रहेको लामो आवद्धता एवम योगदानलाई अबमुल्यन गर्दै म, महिला भएको नाताले मलाई यो वा त्यो प्रकारले उक्त समाचारमा जोडेर पत्रकारज्यूले पितृसत्तात्मक मानसिकताले ग्रसित भएर महिला प्रतिको हेपाहा, निरुत्साहित गर्ने एवम कुनै पनि किसिमले महिलाको नेतृत्व स्वीकार गर्न नसक्ने एवम विकास हुन नदिने मनोभावना प्रस्तुत गर्नु भएको छ ।

    उहाँले नेपालमा गणतन्त्र स्थापना गर्न विभिन्न चरण र कालखण्डमा भएका आन्दोलन, विरोध, सभा एवम जुलुसमा नेपाली महिलाले खेलेको गरिमामय भूमिका, योगदान र वलिदानलाई विर्सिएर नेपाली महिलाको सघर्षशील छविलाई गम्भीर प्रकारको अपमान गर्दै नेपालको संविधानले परिकल्पना गरेको हरेक पक्षमा महिलाको सहभागिता, समावेशिता, महिला हक अधिकार र महिलाको पहुँच समेतको सुनिश्चिताका विरुद्धमा भएको व्यहोरा प्रति दृढतापुर्वक खेद प्रकट गर्न चाहान्छु ।

    एकातर्फ यो सरकारमा जाने हाम्रो पार्टीले निर्णय गरेको छैन भने अर्कोतर्फ प्रधानमन्त्री ओलीसँग उनी प्रधानमन्त्री भए पछि मोहनजीको प्रत्यक्ष एवम परोक्ष रुपबाट भेट नै भएको छैन । पूर्व सभामुख कृष्ण बहादुर महराले राजिनामा दिए पछि उपसभामुखको प्रसंग सुरु भएको हो । यो समयमा मोहनजीको प्रचण्डसँग कुनै भेटघाट वा फोनमा कुरा समेत नभएको व्यहोरा मोहनजीले पहिले नै स्पष्ट पारि सक्नु भएको छ । माथि उल्लेखित भएको वाक्य पत्रकारको अडकल, अनुमान र कल्पना मात्र हो । यो प्रेस काउन्सिल ऐन, २०४८ र पत्रकार आचार संहिता, २०७३ को पूर्ण विपरित छ ।

    दुर्गा पौडेल, उपाध्यक्ष, सांसद एवम् प्रवक्ता राष्ट्रिय जनमोर्चा

    शुक्रबार, माघ ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.