काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले बागलुङ क्षेत्र नं १ बाट निर्वाचित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई बधाई दिनुभएको छ ।
केसीको विजयलाई प्रतिगमनविरुद्धको जितको रुपमा अर्थ्याउँदै महामन्त्री सिंहले उहाँको संसदमा उपस्थितीले राष्ट्रियता, गणतन्त्र, जनजीविकाको संघर्षलाई अगाडि बढाउन मद्दत गर्ने बताउनुभएको छ ।
साथै सिंहले गठबन्धनका तर्फबाट विजयी सबैलाई बधाई पनि दिनुभएको छ ।
यस्तो छ वक्तव्य :
‘राष्ट्रिय जनमोर्चाका अध्यक्षका. चित्रबहादुर केसीको बाग्लुङ्ग क्षेत्र नं. १ को निर्वाचन क्षेत्रमा भएको विजयलाई नेकपा (मसाल) ले स्वागगर्दै उहाँलाई हार्दिक बधाई दिन्छ ।
उहाँको सफलताको लागि हामीले पाँच दलीय गठबन्धन वाचुनावी तालमेलका सबै पक्षधरहरु तथा बाग्लुङ्गका पार्टीका सबै कार्यक्रर्ता र जनतालाई समेत धन्यवाद दिन चाहान्छौँ ।
उहाँ विजय प्रतिगमनका विरुद्धको विजयहो र संसदमा उहाँको उपस्थितिले देशमा गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता तथा जनजिवनसित सम्बन्धित विषयहरुमा आवाज र आन्दोलन लाई अगाडि बढाउन मदत गर्नेछ भन्ने हामीले विश्वास गर्दछौँ ।
संघर्षका संदर्भमा गठबन्धन वा पाँच दलीय चुनावी तालमेलका तर्फबाट विजय भएका अन्य सबै उम्मेदवारहरु तथा उनीहरुलाई विजय गराउने जनतालाई पनि हामीले धन्यवाद दिन चाहान्छौँ ।’
मोहनविक्रम सिंह
महामन्त्री