खिमराज चालिसे, अम्वाला (भारत)
भारतको हरियाणा राज्य अन्तर्गत अम्बाला शहरमा मोरङका एक युवकको शव भेटिएको छ । मोरङको रंगेली नगरपालिका– २ का ४० वर्षीय दिनेश कुमार शर्माको शव वेवारिसे अवस्थामा फेला परेको हो ।
Advertisement
मृतकको साथमा भेटिएको मतदाता परिचय पत्रका आधारमा उनको पहिचान खुलेको छ । २३७४७०२ नं को मतदाता परिचय पत्रमा उनको बुवाको नाम विन्देश्वर तथा आमाको नाम चन्द्रकला उल्लेख छ भने जन्ममिति २०३६/०७/११ कायम छ । शव शनिबार (११ जनवरी २०२०) मा फेला परेको हो ।
शवबारे कचहरी रोड हिरानगर चौकी इन्चार्जले मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका अम्वाला नगर सचिव बावुराम भुसाललाई जानकारी दिएपछि अहिले मूलप्रवाह मृतक शर्माको आफन्तको खोजीमा छ । उनका आफन्तसँग यो खबर पुगेमा तत्काल बावुराम भुसालको सम्पर्क नं +91-7206432910 मा खबर गरिदिन मूलप्रवाहले आग्रह गरेको छ।