धनगढी । राष्ट्रिय जनमोर्चाको समानुपातिक उम्मेदवार प्रचार टोलीद्वारा २०७९ कात्तिक १९ गते बर्दियाको बाँसगढी र भुरीगाउँ तथा कैलालीको चिसापानीमा कोणसभा सम्पन्न गरेको छ ।
टोलीले बिहान १० बजे बर्दियाको बासगढीमा चुनावी सभा सम्पन्न गरेको थियो । सभालाई राजमो कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष जनकराज शर्मा र रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाहीले सम्बोधन गर्नुभएको थियो ।

राजमो केन्द्रीय सदस्य तारा थापा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल सुकुम्बासी सङ्घका अध्यक्ष तुलसीराम सापकोटा र अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय सदस्य ज्ञानचन्द अर्यालको समेत आतिथ्य रहेको उक्त कार्यक्रमको सञ्चालन राजमो बर्दियाका लोकबहादुर रानाले गर्नुभएको थियो भने अध्यक्षता तोयनाथ अधिकारीले ।
दिउँसो १ः३० बजे बर्दियाकै भुरीगाउँमा केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको विशेष उपस्थितिमा कोणसभा सम्पन्न भएको थियो ।

सभालाई राजमो केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा, केन्द्रीय सदस्य तारा थापा र अखिल नेपाल सुकुम्बासी सङ्घका अध्यक्ष तुलसी सापकोटाले सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी र रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाहीको पनि आतिथ्य रहेको थियो ।

सोही दिन साँझ कैलाली जिल्लाको चिसापानी राजमोको समानुपातिक टोलीले कोणसभा सम्पन्न गरेको थियो ।
कार्यक्रममा राजमो केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा र राजमोका सुदूर पश्चिम समानुपातिक उम्मेदवार धर्मराज उपाध्यायले मन्तव्य राख्नुभएको थियो ।