• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

लामो बिदा : विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिए


  •   बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
  • दुर्गा देवकोटा, टीकापुर ।
    टीकापुरकी नौ वर्षीया सम्झना विक कक्षा ४ मा पढ्नुहुन्छ । उहाँ दसैँ तिहारमा एक महिनाको बिदापछि विद्यालय जाँदा पहिले पढेका धेरै कुरा बिर्सिसक्नुभएको छ । लामो विदामा पहाड उक्लिएकी विक एक महिनापछि विद्यालय जाँदा धेरै कुरा बिर्सिसकेको अवस्था छ ।

    Advertisement

    ‘पढाइमा छोरी राम्रै थिइन, फरर उच्चारण गरेर पढ्ने, लेखाइ पनि राम्रो थियो, एक महिना विदामा गाउँ गयौँ’, सम्झनाकी आमा रत्ना विकले भन्नुभयो, ‘अहिले त छोरी धेरै कुरा बिर्सिसकेकी छिन्, उनलाई आफ्नै कोर्ष नयाँ लाग्न थालेको छ ।’ उहाँले शिक्षकको सल्लाहमा छोरीले बिर्सेका कुरा अध्ययनका लागि अतिरिक्त कक्षा सुरु गरेको बताउनुभयो ।

    लामो समय बालबालिका विदामा बस्दा पहिले पढाइ भएका अधिकांश कुरा बिर्सने गरेको शिक्षक बताउँछन् । दसैँ तिहारको एक महिना बिदापश्चात् यही कात्तिक १४ गतेदेखि विद्यालय पुनःसञ्चालन भएका छन् । विद्यालय आउँदा बालबालिकाले धेरै कुराहरु बिर्सेको सेतिमैया चौधरी माविका प्रधानाध्यापक पतिराम चौधरी बताउनुहुन्छ ।

    ‘बालबालिका बिदामा किताबबाट टाढा रहे, घरमा पढ्ने वातावरण भएन, अधिकाँशले पहिला पढेका कुरा बिर्सिएको पाइयो’, उहाँले भन्नुभयो, ‘अब पहिला पढेका कुरा पुनः सम्झाउने काम भइरहेको छ । साना कक्षाका बालबालिकामा यस्तो समस्या बढी पाइयो ।’

    मल्लिका विद्यापीठ टीकापुरका प्रधानाध्यापक टीकाराम आर्यको पनि यही गुनासो छ । हाल उहासँग आश्रममा चार विद्यार्थी बस्दै आउनुभएको छ । घरमा बस्दै आएका अन्य विद्यार्थी विद्यालय आउँदा पहिले पढाइ भएका धेरै कुरा बिर्सेर आएको र आफूसँगै आश्रममा बस्दै आएका विद्यार्थीको त्यस्तो समस्या नभएको उहाँ बताउनहुन्छ ।

    ‘बिदामा पनि बालबालिकालाई नियमित पढ्न लगाउनुपर्छ, विदामा बालबालिका कितावबाट टाढा रहेकाले यस्तो समस्या देखिएको हो’, उहाँ भन्नुहुन्छ, ‘यसरी महिनौँसम्म नपढेपछि साना बालबालिका बिर्सिन्छन् ।’

    जानकी गाउँपालिका–७ स्थित मोति मावि मोतिनगरका प्रधनाध्यापक दीपक दास यसको सबै अपजस शिक्षकमाथि आउने गरेको दुखेसो गर्नुहुन्छ । ‘विद्यालयमा हुँदा शिक्षक र घरमा रहँदा अभिभावकले ध्यान दिने हो, आफ्नो जिम्मेवारी महसुस गर्ने हो भने विद्यार्थीमा यस्तो कमजारी देखिँदैन’, उहाँ भन्नुहुन्छ, ‘तर अभिभावकले खासै बालबालिकालाई समय दिएको देखिँदैन । एक महिनामा बालबालिका अधिकांश पढेका कुरा बिर्सेर आउँछन् ।’

    बिदाका समयमा विद्यार्थी नियमित पठनपाठन क्रियाकलपाबाट टाढा हुने हुँदा यस्तो बेला घरमा अभिभावकले निगरानी गरी विभिन्न शैक्षिक क्रियाकलापमा व्यस्त राख्न सके बालबालिका पठनपाठनमै व्यस्त हुन्छन् र नबिर्सने हुन्छन् । अब विद्यालयमा बालबालिकालाई पहिलेका कुरा सम्झने गरी दोहो¥याएर पढाउँदा केही हदसम्म पहिले पढाइ भएका कुराहरु सम्झन सक्ने जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीको भनाइ छ ।

    ‘लामो विदापछि विद्यालयले बालबालिकाको पढाइ सुधारका लागि दोहो-याएर पढाउनु पर्छ’, उहाँ भन्नुहुन्छ, ‘बिदामा गृहकार्य दिएको हुन्छ, अभिभावकले दिएको गृहकार्य गर्न सघाउने गरेको भए पनि सहज हुन्थ्यो ।’

    हरके वर्ष वर्षे, हिउँदे र दसैँ बिदामा लामो समय विद्यालय बन्द हुन्छ । विद्यालय बन्दपश्चात् विद्यालयमा पुनः पठनपाठन हुँदा विद्यार्थी पहिले पढाएका धेरै कुरा बिर्सेर आउने भएकाले लामो विदाबारे पनि सोच्न आवश्यक रहेको अभिभावक बताउँछन् । कतिपय स–साना बालबालिकाहरुलाई त झन् शुन्यबाटै शुरु गर्नुपर्ने शिक्षकको गुनासो रहेकाले विदाका समयमा घरमा अभिभावकले ध्यान दिन सके यो अवस्था नआउने शिक्षकको सुझाव छ ।

    बिदाको समय कसैको सामान्य, कसैको सिर्जनशील
    लामो बिदाको यो समय कैलालीका मावि तहमा अध्ययनरत बालबालिकाले सामान्य तवरले मनाएका छन् भने कसैले सिर्जनात्मक काममा खर्च गरेका छन् । विद्यार्थी सिजर्नशील हुन्छन् । उनीहरुका लागि रहेक समय सिर्जनात्मक हुनु आवश्यक छ । कैलालीका केही विद्यार्थीले दसैँ तिहार विदाको एक महिनाको समय सिर्जनात्मक बनाएका छन् भने केहीले सामान्य रुपमा मनाएका छन् ।

    पढाइको रफ्तार चलिरहेका बेला एक महिन बिदा हुँदा विद्यार्थीलाई विद्यालयले गृहकार्य दिने तथा घरमा पढ्नका लागि समय निकाल्न सुझाएका हुन्छन् । कक्षा १० मा अध्ययनरत महेश साउँदले दसैँ तिहार बिदामा पढ्नमै समय बिताउनुभयो । ‘‘पढ्ने विद्यार्थीका लागि एक महिना पर्याप्त हो । मैले पढाइमा मात्र ध्यान दिए’, उहाँ भन्नुहुन्छ, ‘घरबाट बाहिर जान अनुमति थिएन, त्यसैले घरमै बसेर पढाइमा ध्यान दिए ।’

    वीरेन्द्र विद्या मन्दिरमा अध्ययनरत रीतिका शाहले बिदाको समय पढाइसँगै नयाँ सीप सिक्ने, घरको काममा सघाएर बिताउनुभयो । ‘मैले घरको काम सिके, भान्सामा नयाँ परिकार बनाउन सिके’, उहाँ भन्नुहुन्छ, ‘पढाइमा पनि ध्यान दिए, पेन्टिङ गर्न, चित्र बनाउन सिके । यो समय मेरा लागि सिर्जनशील रह्यो ।’

    लामो समयसम्म पढाइ लेखाइबाट टाढा रहँदा, सिर्जनात्मक काम नगर्दा पढाइप्रतिको रुचि घट्न सक्छ । त्यसैले बिदाको समयलाई हरेक विद्यार्थीले सिर्जनात्मक बनाउनुपर्छ । बिदाको समयमा कोही विद्यार्थी पढाइ र नयाँ कुरा सिकाइमा व्यस्त रहन्छन् भने कोही पूरा समय खानपान र घुमफिरमा बिताउँछन् । कक्षा १० मै अध्ययनरत प्रकृति बोगटीले पनि घरको काम, अभिभावकलाई पसलको काममा सघाउने, नयाँ सीप सिक्ने गरी समय सदुपयोग गर्नुभयो ।

    ‘घरको काम सिके, पसलको काममा सघाए, यसपटक रक्षा धागो बनाउन सिके’, उहाँले भन्नुभयो, ‘तिहारमा पकाइने परिकार बनाउनसमेत सिकेकी छु ।’

    अङ्कित तिमिल्सिनाले पनि पसल र घरको काममा सघाउने, आफ्नो पढाइलाई समय दिनुका साथै रमाइलो गरी बिताउनुभयो । जनजागृति मावि सितापुरमा कक्षा ९ मा अध्ययनरत रविना परियार र रेखा परियारले पनि पढाइमै केन्द्रित भएर बिदाको सदुपयोग गरे । बिदाको समयमा विद्यार्थीले पढाई सुधारका साथै सामाजिक कार्य, सिर्जनात्मक सीप सिक्न सक्ने भएकाले शिक्षकले समेत त्यहीअनुसार गर्न सुझाव दिने र गृहकार्य दिने गरेको त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्रबहादुर कठायत बताउनुहुन्छ ।

    ‘हामीले बालबालिकालाई सामाजिक कार्यमा सक्रिय हुन सिकाएका हुन्छौँ, नयाँ सीप सिक्न, जस्तै नृत्य सिक्न, गीत गाउन, रमाइला कार्यक्रममा सहभागी हुन सक्छन्’, उहाँ भन्नुहुन्छ, ‘विद्यार्थीलाई पढ्न प्रेरित गर्नुका साथै सामाजिक जिम्मेवारी पनि सिकाउन आवश्यक छ ।’रासस

    बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.