काठमाडौं । अखिल (छैठौं) को राष्ट्रिय परिषद बैठक आगामी असोज १४ र १५ गते बस्ने भएको छ । हालै सम्पन्न केन्द्रीय समितिको भर्चुअल बैठकले राष्ट्रिय परिषद बैठक बस्ने निर्णय गरेको अध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिनुभयो ।
‘संघीयता एमसीसी र नागरिकता विधेयक खारेज गरौँ, वैज्ञानिक र जनवादी शिक्षा प्राप्तिका लागि अगाडि बढौँ’ भन्ने मूल नाराका साथ बुटवलमा रापस बैठक राखिएको अखिल (छैठौं) ले विज्ञप्तिमार्फत जनाएको छ ।
यस्तै, अखिल (छैठौं) ले राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी सम्झौता र संघीयता खारेजीको अभियानलाई अझ सशक्त बनाउने निर्णय पनि गरेको छ ।
यस्तो छ, प्रेसवक्तव्य
अखिल (छैठौं) केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक भर्चुअलमा २०७९ भदौ २५ गते सम्पन्न भयो । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नको लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।
१. राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी सम्झौता र संघीयता खारेजीको अभियानलाई अझ शसक्त बनाउने निर्णय भएको छ ।
२. त्रिभुवन विश्वविद्यालय देखिएको समस्याको मुख्य कारण राजनैतिक भागबण्डा भएको बैठकले ठहर ग-यो । यसप्रकारको विकृतिलाई रोक्नको लागि विश्वविद्यालयमा दलीय भागबण्डामा पदाधिकारी नियुक्तिगर्ने परम्पराको अन्त्य गरियोग्य र दक्ष व्यक्ति नियुक्तिको माग गर्ने निर्णय गरियो ।
३. बढ्दै गइरहेको मुल्यवृद्धि, कालो बजारी भ्रष्टचार नियन्त्रण गर्न बैठकले माग गर्दछ ।
४. आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा राजमोका उम्मेदवारहरुलाई जिताउन आ–आफ्नो ठाउँमा लाग्ने निर्णय भयो ।
५.‘संघीयता एमसीसी र नागरिकता विधेयक खारेज गरौँ, वैज्ञानिक र जनवादी शिक्षा प्राप्तिका लागि अगाडि बढौँ’ भन्ने मूलनाराका साथ असोज १४ र १५ गते बुटवलमा राष्ट्रिय परिषदको बैठक सम्पन्न गर्ने ठेगान भएको छ ।
६. भदौ २५ गतेदेखि असोज १० गतेसम्म विशेष सांगठनिक अभियानलाई व्यवस्थित गर्ने निर्णय भएको छ ।
७. अन्त्यमा बैठक भव्य र सानदार रुपमा सम्पन्न भयो ।
मिति २०७९ साउन २६
देवेन्द्र कुँवर
अध्यक्ष