• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

मनाङमा सर्वाधिक वर्षा मापन

निरन्तर वर्षाले पाकेको धान ढल्यो

भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

अर्नबको प्रभावले देशैभरि वर्षा हुँदै, भोलिदेखि मौसम सुधार हुने

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

‘मिटरब्याजपीडित काठमाडौं आउनुपर्ने, गाउँ गाउँमा सिंहदरबार आयो भनेको यही हो ?’


  •   बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मिटरब्याज पीडित किसान काठमाडौं आएर आन्दोलन गर्नुपर्ने अवस्था ‘दुर्भाग्यपूर्ण’ भएको टिप्पणी गर्नुभएको छ । युगदर्शनसँग प्रतिक्रिया दिँदै अध्यक्ष केसीले गाउँका किसानलाई चर्को ब्याज तिर्न बाध्य बनाइनु आपत्तिजनक भएको बताउनुभयो ।

    Advertisement

    देशमा लोकतान्त्रिक गणतन्त्र आएको यतिका वर्षसम्म पनि जनता गाउँकै ठालु महाजनबाट शोषणमा पर्नुले लोकतन्त्रकै खिल्ली उडाएको केसीको टिप्पणी छ । मिटरब्याजे साहुलाई राजनीतिक दल र राज्यले नै संरक्षण गरेको केसीको आरोप छ ।

    ‘एक लाख रुपैयाँ ऋण लिएको किसानले ५ लाख तिर्दा पनि ऋण मुक्त हुँदैन । उल्टै घरखेत बेचेर ऋण तिर्नुपर्छ’ केसीले भन्नुभयो, ‘अहिलेका जमानामा पनि यस्तो चर्को शोषण हुनु लोकतन्त्र र गणतन्त्रकै उपहास हो । राजनीतिक दल र राज्यकै संरक्षणमा मिटरब्याजेहरुले यस्तो धन्दा चलाइरहेका छन् ।’

    अध्यक्ष केसीले संघीयता आएपछि गाउँ–गाउँमा सिंहदरबार आउँछ भनेको होइन ? भन्ने प्रश्न गर्दै भन्नुभयो, ‘यही हो गाउँ गाउँमा सिंहदरबार आएको ? के नवलपरासी र सप्तरीमा सिंहदरबार पुगेको छैन ?’

    उहाँले गाउँका ठालु र साहुहरु विभिन्न पार्टीको आड लागेर लुटको धन्दा मच्चाइरहेको बताउनुभयो । राजनीतिक दललाई पैसा चाहिने भएकाले साहुहरुलाई दलले नै संरक्षण गरेको केसीको आरोप थियो । उहाँले संघीयताका नाममा पटक पटक सिंहदरबार छिरेकाहरुको ‘व्यवस्थापन’ गर्न मात्रै दलहरुको ध्यान गएको बताउनुभयो ।

    केसीले भन्नुभयो, ‘बारम्बार सिंहदरबार छिरेकाहरुको व्यवस्थापन गर्न मात्रै दलहरुको ध्यान छ । संघीयता ल्याएकै धेरैलाई पदमा पुर्याउनका लागि हो । मजदुर, किसान, शोषित, पीडितप्रति खोइ राज्यको ध्यान ?’

    मिटरब्याज विरुद्ध पटक पटक संघर्ष गर्दै आएका विभिन्न जिल्लाका पीडित किसानहरु अघिल्लो महिना काठमाडौं आएर माइतीघर मण्डलामा धर्ना दिएपछि सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रण गर्न ६ सदस्यीय कार्यदल गठन गरेको थियो। गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसालको संयोजकत्वमा बनेको कार्यदललाई भदौ २७ गतेसम्म प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

    त्यस्तै, गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयमा उजुरी दिन आह्वानसमेत गरेको थियो । भदौ ५ गतेसम्म पीडितले उपलब्ध भएका प्रमाणसहित निवेदन दिन आह्वान गरेको थियो। त्यो समयलाई हाल थप गरिएको छ। अहिलेसम्म विभिन्न निकायमा करिब २ हजारभन्दा बढी उजुरी परिसकेको छ ।

    कानुनले तोकेको भन्दा बढी रकम तोकेको ब्याजदर भन्दा बढी ऋण दिनु नै मिटरब्याज हो ।

    ग्रामिण क्षेत्रमा खासगरी तराईमा घरब्यवहार चलाउन, छोरीछोरी विदेश पठाउन तथा औषधि उपचारका लागि सामान्य किसान साहुसँग ऋण लिन बाध्य हुन्छन् । बैंकिङ क्षेत्रमा हुने लामो र झन्झटिलो प्रक्रिया, धितो अभाव लगायतका कारण उनीहरु बैंकमा जानुभन्दा साहुकोमा जाँदा सजिले पैसा पाइने हुनाले साहुबाट ऋण लिने गर्छन् ।

    तर, ऋण दिने टाठाबाठा व्यक्तिले ऋण लिनेको सोझोपनको फाइदा उठाउँदै चलाखीपूर्वक रकम बढाएर तमसुक बनाउने, घर खेत दृष्टिबन्धक राखिदिने र चर्को ब्याज लिने, ब्याजलाई पनि सावाँमा जोड्दै ब्याज थप्दै जाँदा ऋण लिएभन्दा दशौँ गुणा बढी तिर्नुपर्ने हुन्छ ।

    बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध
    भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित
    मनाङमा सर्वाधिक वर्षा मापन
    निरन्तर वर्षाले पाकेको धान ढल्यो
    भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै
    बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

    • २.
      भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

    • ३.
      मनाङमा सर्वाधिक वर्षा मापन

    • ४.
      निरन्तर वर्षाले पाकेको धान ढल्यो

    • ५.
      भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

    • ६.
      बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

    • ७.
      अर्नबको प्रभावले देशैभरि वर्षा हुँदै, भोलिदेखि मौसम सुधार हुने

    • ८.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.