टेकराज भुसाल (टेकु),बुटवल ।
अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघ तिलोत्तमा नगरको प्रथम नगर भेला सम्पन्न भएको छ। सोमबार सम्मपन्न भेलाले यज्ञ प्रसाद उपाध्यायको अध्यक्षतामा ७ सदस्यीय अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ तिलोत्तमा नगर समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा मुक्ति आचार्य, सचीव प्रेमनाथ आचार्य र कोषाध्यक्ष हुमाकान्त न्यौपाने रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा कल्पना गैरे,टंक आचार्य र सन्तोष गिरी रहनु भएको छ।
ब्यापार संघका जिल्ला सचिव गंगालाल सापकोटाको प्रमुख आतिथ्यता तथा अतिथीहरु राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव टान बहादु केसी र राजमो नगर अध्यक्ष रुक बहादुर पराजुलीले संगठनलाई शसक्त र ब्यापक बनाउनु पर्ने आवश्यकता भएको भन्दै सम्पूर्ण ब्यवसायी एक ढिक्का हुनुपर्ने बताउनु भयो । यज्ञ प्रसाद उपाध्यायको अध्यक्षता तथा टंक प्रसाद आचार्यको सञ्चालनमा भेला सम्पन्न भएको थियो।