कैलाली । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघको सुदूरपश्चिम क्षेत्रीय समिति गठन भएको छ । सोमबार कैलालीमा सम्पन्न भेलाले प्रदेशस्तरीय समिति गठन गरेको हो ।
Advertisement
संघका संस्थापक अध्यक्ष तथा अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीको विशेष उपस्थितीमा सम्पन्न भेलाले नरेन्द्र सिंह विष्टको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । समितिको सचिवमा रङ्ग बहादुर चौधरी र कोषाध्यक्षमा जगदीश राना रहनुभएको छ । सदस्यहरुमा भिमराज जोशी, योगेश विक, खेमराज बडु र अर्जुन बोहोरा रहनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यद्वय मनोज भट्ट र लोकेन्द्र लम्साल, किसान महासंघका केन्द्रीय सदस्य हरिकुष्ण पाण्डेलगायतले भेला सफलफको सुभकामना दिनुभएको थियो । भेलाले अगामी चैत्र मसान्त भित्र हरेक जिल्लामा साधारण सभा गर्ने समेत निर्णय गरेको छ ।

