रोल्पा । अखिल (छैठौं) ले संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक खारेजीको माग गर्दै रोल्पामा मसाल जुलुश प्रदर्शन गरेको छ ।
शुक्रबार साँझ लोकतान्त्रिक चोकबाट नारासहित मसाल जुलुश टुँडिखेलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
त्यसक्रममा विद्यार्थीहरुले ‘नागरिकता विधेयक खारेज गर, संघीयता खारेज गर, एमसीसी चाहिँदैन, महंगी भ्रष्टाचार नियन्त्रण गर’ लगायतका चर्का नारा लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवरले वर्तमान सरकारले एकपछि अर्को गर्दै राष्ट्रघाती काम गरेको आरोप लगाउनुभयो ।
उहाँले संसदबाट पारित नागरिकता विधेयक फिर्ता लिन र विदेशीलाई दिएको नागरिकता छानबिन गर्न माग गर्नुभयो ।
त्यस्तै राजमो रोल्पा जिल्ला अध्यक्ष मेघनाथ विष्टले पनि सम्बोधन गर्नुभएको थियो । कोणसभाको सञ्चालन अखिल (छैठौं) का महासचिव सुवास जिसीले गर्नुभएको थियो ।
अखिल (छैठौं) केन्द्रीय समितिको बैठक हाल रोल्पामा बसिरहेको उपाध्यक्ष गणेश अधिकारीले जानकारी दिनुभएको छ ।