काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ४५६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। सो अवधिमा ३ हजार ८३८ जनाको नमूना परीक्षण गरिएको थियो। २ हजार १६८ जनाले पीसीआर र एक हजार ६७० जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ८० जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। यससँगै संक्रमण मुक्त हुनेको संख्या नौ लाख ६८ हजार ३०८ पुगेको छ। संक्रमण मुक्त हुने दर ९८ दशमलव पाँच प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
सो अवधिमा तीन लाख ८६ हजार ७८२ जनाले कोभिड विरुद्धको खोप लगाएका छन्। हाल सक्रिय संक्रमितको संख्या दुई हजार ८४१ रहेको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ। होम आइसोलेसनमा दुई हजार ७०८, संस्थागत आइसोलेसन १३३ र आइसियू २२ जना संक्रमित रहेका छन्।
हाल देशभरमा ५०० भन्दाबढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौँ र २०० भन्दाबढी संक्रमित रहेको ललितपुर रहेको छ। सून्य संक्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, जुम्ला, बाजुरा र डढेलधुरा रहेका छन्। उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा एक हजार ५४९ र ललितपुर २५३ र भक्तपुरमा ८० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

