काठमाडौं । काठमाडौंका विभिन्न १० स्थानमा हैजाका बिरामी देखिएका छन् । ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १० स्थानमा गरी हैजाका बिरामीको संख्या १४ पुगेको छ ।
Advertisement
१० स्थानमा हैजाका बिरामी देखा परेसँगै उपत्यकामा हैजा फैलिएको देखिएको महाशाखाले जनाएको छ ।
बागबजार, डिल्लीबजार, कपन, बालाजु, थानकोट, नैकाप, बल्खु, कलंकी, कोटेश्वर, र सानेपामा बस्ने ब्यक्तिमा हैजा देखिएको हो ।
हैजा लागेर अस्पताल पुगेका १२ जना डिस्चार्ज भएका छन् भने २ जनाको टेकू अस्पतालमा उपचार भइरहेको छ ।
हैजाबाट सुरक्षित हुन पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्रै प्रयोग गर्न र व्यक्तिगत सरसफाइमा पनि विशेष ध्यान दिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । हैजा फैलिएसँगै उपचार र रोकथाममा प्रभावकारी कदम चालिएको पनि मन्त्रालयले जनाएको छ ।

