• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जी.डी.पी. मा सञ्चार क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य निर्धारित


  •   शनिबार, असार ०४, २०७९ मा प्रकाशित
  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको समयानुकूल विकाससँगै दुई वर्षभित्र कुल गार्हस्थ्य उत्पादन (जी.डी.पी.) मा सञ्चार क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य राखिएको बताउनुभएको छ ।

    Advertisement

    आइसिटी फाउन्डेसन नेपालले २०७९ असार ४ गते आयोजना गरेको “हुवावे डिजिटल नेपाल कम्क्लेभ इन एसोसिएसन विथ इन्फो डेभलपर्स एन्ड कनेक्टेड बाई एनसेल” विषयक कार्यक्रममा मन्त्री कार्कीले सूचना प्रविधिको पहुँच वृद्धि र उच्चतम उपयोगमार्फत गुणस्तरीय जीवनसँगै सूचना प्रविधियुक्त राष्ट्र बनाउनेतर्फ सरकारका कार्यहरू लक्षित रहेको बताउनुभयो ।

    सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले सरकारको डिजिटल नेपाल फ्रेमवर्क–२०७६ को सफल कार्यान्वयनका लागि आर्थिक र रणनीतिक योजना तयार गरी कार्यान्वयनको बाटोमा अगाडि बढाइएको उल्लेख गर्दै फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत, कानुनी, प्राविधिक, तथा संरचनागत व्यवस्था गर्दै लगिएको बताउनुभयो ।

    सरकारले देशको सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सूचना प्रविधि र सञ्चार प्रविधिको विकाससँगै शासकीय सुधार र सुशासनको अभिवृद्धिलाई विशेष जोड दिएको उहाँको भनाइ थियो ।

    तीनै तहका सरकारले सार्वजनिक सेवालाई प्रभावकारी बनाउनका लागि सूचना प्रविधिको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री कार्कीले सार्वजनिक सेवासँगै सरकारले डिजिटल फाउन्डेसन शिक्षा, स्वास्थ्य, कृषि, वित्त, ऊर्जा, पर्यटन, सहरी, पूर्वाधारलगायत क्षेत्रमा सूचना प्रविधिको उच्चतम प्रयोगलाई बढावा दिन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

    सूचना प्रविधिको विकास र विस्तारका लागि सरकारले राष्ट्रिय सुरक्षा रणनीति–२०७८, को मस्यौदालाई अन्तिम रूप दिनुका साथै सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन निर्देशिका–२०७८, नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका–२०७८ र सरकारी एकीकृत कार्यालय व्यस्थापन प्रणाली निर्देशिका–२०७८ कार्यान्वयनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।

    सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले जतिसक्दो चाँडो राष्ट्रिय साइबर सुरक्षा नीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्ने तयारीमा सरकार रहेको जानकारी दिनुभयो ।

    सोल्टीमोडस्थित द सोल्टी होटलमा आइतबारसम्म सञ्चालन हुने सो कार्यक्रममा नेपालको सूचना प्रविधिको क्षेत्रको विकास र विस्तारका लागि नीतिगत तथा कार्यान्वयनको विश्लेषण र भावी कदमबारे छलफल हुने छ ।

    कार्यक्रममा डिजिटल नेपालसम्बन्धी विभिन्न पाँच थिममा १० भन्दा बढी सेशन सञ्चालन हुने छन् । दुईदिने कार्यक्रममा विभिन्न पाँच देशका ६० जनाभन्दा बढी वक्ता र सरोकारवालाको सहभागिता छ ।

    शनिबार, असार ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.