काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा लागुऔषध खैरो र सेतो हेरोइन बरामद गरेको छ।
Advertisement
बिहीबार फ्लाइ दुवइको जहाजबाट काठमाडौं आएका सात अफ्रिकन महिलाको साथबाट प्रहरीले ५१ किलो हेरोइन बरामद गरेको हो।
प्रहरीले ती महिलालाई पक्राउ गरेको छ।
उनीहरुको साथबाट ४९ किलो सेतो र २ किलो खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। बरामद भएको लागुऔषधको मूल्य करिब १ अर्ब २ करोड रुपैयाँ पर्ने प्रहरीले जनाएको छ।
प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी पक्राउ परेका महिला र बरामद लागुऔषध सार्वजनिक गरेको छ।