काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ ।
Advertisement
बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाएको हो ।
बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल रमट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ ।
यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो।
खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ।
