• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

निजामती अस्पताल ‘रिफर अस्पताल’को रूपमा


  •   मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित
  • काठमाडौं । निजामति कर्मचारी अस्पताललाई ‘रिफर अस्पताल’ का रूपमा विकास गर्ने तयारी गरिएको छ । अस्पतालले मंगलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा विधाननिधि पौडेलले अस्पताललाई ‘रिफर अस्पताल’ का रूपमा विकास गर्न थालिएको जानकारी दिनुभयो ।

    Advertisement

    अस्पतालको सेवा सुविधालाई सातवटै प्रदेशमा विस्तार गरेर निजामती अस्पताललाई रिफर अस्पतालका रूपमा विकास गर्ने तयारी रहेको छ । उहाँका अनुसार प्रदेश तहमा रहेका सङ्घ र प्रदेश सरकार अस्पतालसँग सम्झौता गर्ने र निजामती कर्मचारी अस्पतालको जस्तै विशिष्टकृत सेवा उपलब्ध गराउने छ ।

    उहाँले अस्पतालले सातवटै प्रदेश तहमा नै निजामती कर्मचारी र सर्वसाधारणलाई उपचारको व्यवस्था गर्ने र त्यहाँ उपचार हुन नसकेका बिरामीको उपचार मात्र निजामती अस्पतालमा गर्ने बताउनुभयो । ‘काठमाडौँ आउनुनपर्ने गरी हामीले प्रदेश तहमा रहेका अस्पतालमा नै यहाँ हुने स्वास्थ्य सेवा उपलब्ध गराउने तयारीमा रहेका छौँ’, उहाँले भन्नुभयो, ‘समायोजन भएर गएका कर्मचारी पनि प्रदेश तह र स्थानीय तहमा यहाँकै जस्तो उपचार पाएर खुसी हुने छन् । त्यहाँ उपचार हुन नसकेका बिरामीलाई मात्र निजामती अस्पतालमा उपचार गरिने छ ।’

    प्रदेश तहकै अस्पतालले निजामति कर्मचारी अस्पतालजस्तो सेवा सुविधा उपलब्ध गराउने भएपछि कर्मचारी र सर्वसाधारणलाई काठमाडौँ आउन झन्झट हट्ने उहाँको भनाइ छ । क्यान्सर, मिर्गौलाजस्ता अतिविशिष्टकृत सेवा भने निजामती अस्पतालले उपलब्ध गराउने छ । अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाले यसै वर्षदेखि सात प्रदेशमा रहेका सुविधायुक्त अस्पतालसंँग सम्झौता गरेर सेवा दिने तयारी गरेको बताउनुभयो । उहाँका अनुसार अस्पतालले कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशसँग छलफल अगाडि बढाइसकेको छ ।

    प्रदेशस्तर निजामती कर्मचारी उपचार कार्यविधि ल्याएर अस्पतालले सातै प्रदेशका अस्पतालसंँगको समन्वयमा कर्मचारीको उपचार गर्नेछ । निर्देशक डा पौडेलले अस्पतालमा आएका बिरामी कुनै पनि विशिष्टीकृत स्वास्थ्योपचारबाट वञ्चित हुन नपरोस् भनेर विशेषज्ञ अस्पताल बनाउन थालिएको बताउनुभयो । उहाँले अस्पताल आएका बिरामीलाई सिधै विशिष्टकृत चिकित्सकले स्वास्थ्योपचार गर्ने गरेको बताउनुभयो ।

    अत्याधुनिक आइसियु
    विशेषज्ञतायुक्त बनाउनका लागि अस्पतालले १६ शय्याको अत्याधुनिक सघन उपचार कक्षका ‘मोडुलर इन्सेटिभ केयर युनिट’ बनाउन थालेको छ ।

    एक शय्याबाट अर्को शय्यामा सङ्क्रमण जान नपाउने गरी उक्त ‘मोडुलर इन्सेटिभ केयर युनिट’ बनाउन थालिएको उहाँले बताउनुभयो । एउटा अत्याधुनिक सघन उपचार कक्ष (आइसियु) बनाउनका लागि रु एक करोड खर्च हुनेछ । ‘सोही प्रकारको आइसियुमा उपचार गरेबापत निजी अस्पतालले एक दिनको रु एक लाख ५० हजारसम्म लिने गरेका छन्’, निर्देशक डा पौडेलले भन्नुभयो, ‘तर हामी बढीमा रु १० हजारमा सेवा दिन्छौँ ।’

    कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग रहेको रकमले उक्त आइसियु बनाउन थालिएको हो । उहाँका अनुसार छ महिनाभित्र निर्माण कार्य सकेर आइसियु सञ्चालनमा आउने छ ।

    यस्तै रेडियो थेरापी सेवा पनि चाँडै नै सञ्चालन गर्ने तयारीमा अस्पताल रहेको छ । आगामी छ महिनाभित्र सर्वसाधारणले रेडियोथेरापी सेवा पाउने उहाँको भनाइ छ । निजामती सेवाका नायबसुब्बाभन्दा तलका कर्मचारीले ५० प्रतिशत र अधिकृतदेखि माथिका कर्मचारीले ४० प्रतिशत उपचारमा यहाँ छुट पाउँछन् । अहिले अस्पतालमा ४० प्रतिशत निजामती र ६० प्रतिशत सर्वसाधारण उपचार गर्न आउँछन् ।

    यस्तै निजामती कर्मचारीलाई लक्ष्य गरेर खोलिएको निजामती अस्पतालमा सर्वसाधारणको आकर्षण बढेपछि स्वास्थ्य क्षेत्रको अतिविशेषज्ञता अस्पताल (सुपर स्पेसियालिटी केन्द्र) का रूपमा विकास समेत गरिने अस्पतालका निर्देशक डा पौडेलले बताउनुभयो । विशिष्टकृत सेवा दिनका लागि अस्पतालले एमआरआई खरिद प्रक्रियासमेत अगाडि बढाएको छ ।

    सबै किसिमको विशेषज्ञ सेवासहितको अस्पताल बनाउन क्षमता पनि विस्तार गरी एक हजार शय्या पु¥याइने लक्ष्य लिइएको छ । सर्वसुलभ दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालले निजामती कर्मचारीदेखि सर्वसाधारणलाई साधारण उपचारदेखि विशेषज्ञ सेवा सर्वसुलभ रूपमा उपलब्ध गराउँदै आइरहेको छ । अस्पतालमा हाल १३२ शय्या भएकामा निकट भविष्यमा चाहिँ थप २३१ शय्या थपिने छ । (रासस)

    मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.