• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

१० महिनामा १४ खर्ब ३१ अर्ब बढीको व्यापार घाटा


  •   मङ्गलबार, जेठ १०, २०७९ मा प्रकाशित
  • काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको वैदेशिक व्यापार घाटा रु १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ। चालु आवको पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशत भन्दा बढी हो। अघिल्लो आवको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा रु ११ खर्ब ४५ अर्ब ६३ करोड थियो।

    Advertisement

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आवको वैशाख मसान्तसम्म मुलुकको वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब बराबर पुगेको छ। यस्तो व्यापार अघिल्लो आवका तुलनामा ३० दशमलव ४९ प्रतिशतले बढी हो। गत आवको १० महिनाका अवधिमा मुलकको वैदेशिक व्यापार रु १३ खर्ब ६२ अर्ब ५८ करोड बराबको थियो।

    सार्वजनिक तथ्यांकअनुसार वैदेशिक व्यापारमा उल्यख्य वृद्धि भए पनि आयातमुखी व्यापारका कारण मुलुकको व्यापार घाटा चुलिँदो देखिन्छ। विभागका अनुसार गत आवको पहिलो १० महिनाका तुलनामा मुलुकमा आयात २७ दशमलव ९५ प्रतिशतले बढेको छ। गत आवको वैशाख मसान्तसम्ममा रु १२ खर्ब ५४ अर्ब मूल्य बराबरका बस्तु आयात भएकामा चालु आवको समीक्षा अवधिसम्म आयात रु १६ खर्ब चार अर्ब पुगेको छ।

    त्यस्तै २०७७÷७८ को पहिलो दश महिनाका तुलनामा चालु आवको निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ। गत आवको वैशाख मसान्तसम्म रु एक खर्ब आठ अर्ब ४७ करोड मूल्य बराबरका बस्तु निर्यात भएकामा चालु आवको समीक्षा अवधिमा रु एक खर्ब ७३ अर्ब बढी मूल्यका बस्तुको निर्यात भएको छ।

    विभागका अनुसार गत आवको पहिलो दश महिनासम्म कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव ०४ प्रतिशत रहेकामा यस्तो हिस्सा एक दशमलव ९४ प्रतिशतले घटेर चालु आवमा ९० दशमलव २५ प्रतिशतमा आएको छ।

    त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २२ दशमलव ४६ प्रतिशतले बढेको छ। गत आवको वैशाख मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा सात दशमलव ९६ प्रतिशत रहेकामा चालु आवमा नौ दशमलव ७५ प्रतिशत पुगेको छ। चालु आवको दश महिनामा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात धेरै रहेको देखिन्छ।

    यस आवको वैशाख मसान्तसम्म मुलुकमा रु एक खर्ब २३ अर्ब ७० करोड मूल्य भन्दा बढीको डिजेल भित्रिएको छ। त्यस्तै पेट्रोल रु ५४ अर्ब ८३ करोड तथा एलपी ग्यास रु ५२ अर्ब ५९ लाख बढीको भित्रिएको विभागले जनाएको छ। पेट्रोलियम पदार्थपछि भटमासको तेल आयात भएको तथ्याङ्कले देखाउँदछ। दश महिनाका अवधिमा रु ४९ अर्ब ४१ करोड मूल्य भन्दा बढीको भटमासको तेल आयात भएको छ ।

    त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ। विभागको तथ्याङ्कानुसार स्वदेशबाट रु ४५ अर्ब ३५ करोड मूल्यभन्दा बढीकोे भटमासको तेल निर्यात भएको छ। व्यवसायीले भटमासको कच्चापदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलको योगदान देखिन्छ। जसले मुलुकको वैदेशिक व्यापारमा निर्यातको हिस्सा अल्पकालको लागि बढाएको देखिन्छ। त्यस्तै प्रकृतिको निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो। भटमासको तेत जस्तै पाम तेल पनि कच्चापदार्थ आयात गरी प्रशोधन भएर निर्यात हुने गरेको छ।

    सार्वजनिक विवरणानुसार चालु आवको पहिलो १० महिनासम्म रु ३७ अर्ब ९४ करोड मूल्य भन्दा बढीको पाम तेल निर्यात भएको छ।

    भारतबाट मात्रै रु नौ खर्ब बढीको आयात
    सार्वजनिक तथ्याङ्कानुसार चालु आवको फागुनसम्म नेपालले भारतबाट करिब रु नौ खर्ब ९५ अर्बभन्दा बढी मूल्यमा वस्तु आयात भएको देखिन्छ, भने रु एक खर्ब ३७ अर्ब मूल्य बराबरका बस्तु निर्यात भएको छ। जसअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै आठ खर्ब ५८ अर्ब भन्दा धेरै छ। त्यस्तै नेपालले चीनबाट रु दुई खर्ब २६ अर्ब मूल्य बराबरका बस्तु आयात गरेकामा रु ६७ करोड ४४ लाख मूल्य बराबरको बस्तु निर्यात गरेको देखिन्छ।

    विभागको विवरणानुसार चालु आवको १० महिनामा सबैभन्दा धेरै वीरगन्ज नाकाबाट रु पाँच खर्ब ७६ अर्ब भन्दा बढी मूल्य बराबरको बस्तु आयात भएको छ। त्यस्तै भैरहवा नाकाबाट रु दुई खर्ब ५० अर्ब बढी मूल्य बराबरका वस्तु आयात भएको तथ्याङ्क छ।

    नेपालले वीरगन्ज भन्सारबाट रु ७३ अर्ब नौ करोड, विराटनगर भन्सारबाट रु ४९ अर्ब २८ करोड तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाकाबाट रु २६ अर्ब ४४ करोड भन्दा बढी मूल्यका वस्तु मुलुक बाहिर निर्यात भएको छ। रासस

    मङ्गलबार, जेठ १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.